साइकल यात्रामार्फत क्यान्सर सचेतना, १८ सय किलोमीटर यात्रा

काभ्रेपलान्चोक २२ माघ । क्यान्सर रोग विरुद्धको सचेतनाका लागि राज्यले अनेक तामझामका साथ भब्य लगानीसहितका कार्यक्रम गर्ने गर्छ। यस्ता गतिविधि क्यान्सर दिवसका सन्दर्भमा त झनै बढी हुन्छन्। धुलिखेल अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको साइकल यात्रामा भने त्यो भन्दा फरक शैली थियो। उपचारमा आर्थिक अभाव झेलिरहेका बिरामीलाई नै सहयोग गर्ने उद्देश्यसहित दुई जना त्यस्ता ब्यक्ति क्यान्सर विजेता एवं लिड राइडरको अगुवाइमा क्यान्सर बिरुद्धको सचेतनाका लागि लामो दुरीको साइकलयात्रा भयो। उनीहरुले साइकलबाटै सर्वसाधारणलाई क्यान्सर...

मानसखण्डकै सबैभन्दा पुरानो प्राचीन शक्तिपीठ: निङ्गलाशैनी
-उमीद बागचन्द

कंचनपुर ५ माघ । बैतडी जिल्लाको देहिमाण्डौमा अवस्थित निङ्गलाशैनी मन्दिरलाई मानसखण्ड क्षेत्रकै सबैभन्दा पुरानो, प्राचीन तथा ऐतिहासिक भगवती मन्दिरका रूपमा मानिन्छ। निङ्गलाशैनी भगवती स्फुटित भगवतीका रूपमा पूजित रहँदै आएकी छन् भने यहाँ वैदिक सनातन विधिअनुसार नित्य पूजा–आराधना हुँदै आएको छ। ऐतिहासिक अभिलेखअनुसार विक्रम संवत् १९४५ मा तत्कालीन प्रधानमन्त्री वीर शमशेर राणाको पालामा निङ्गलाशैनी मन्दिरलाई नेपाल सरकारको धार्मिक स्थलका रूपमा सूचीकृत गरिएको थियो। त्यसपछि विक्रम संवत् १९८४ मा प्रधानमन्त्री चन्द्र शमशेर...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-उमीद बागचन्द

काठमाडौँ २० भाद्र । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधरणतया बदली रहने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भू-भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधरणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...

नेपालमा पहिलो पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ सम्पन्न
-उमीद बागचन्द

काठमाडौं १५ भाद्र । नेपालमै पहिलो पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ सम्पन्न भएको छ । गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा नेपाली सङ्गीत प्रवर्द्धनमा क्रियाशील गोल्डेन क्रियसनको आयोजनामा उक्त उत्सव भएको हो । उत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सहकार्य गरेका छन् । उत्सवमा सातवटै प्रदेशका स्रष्टाका राष्ट्रिय भावमा लेखिएका गजलहरूलाई विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले आफ्नै...

शान्तिश्री सहितका ३ गीतविरुद्ध साइबर ब्यूरोमा उजुरी
-उमीद बागचन्द

काठमाडौं २९ असार । सामाजिक सद्भाव भड्काउने बताउँदै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली-अस्मिता थापा-लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध संस्थाले उजुरी दिएको हो । आइतबार अपराह्न संस्थाका पदाधिकारीले ब्यूरोको कार्यालयमा पुगेर उजुरी दिएका हुन् । तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको...

गर्भा दरबार पुरातात्त्विक महत्वको दरबारमा ठेकेदारको मनोमानी, वास्तविक सिमाना एकातिर,पर्खाल अर्कोतिर
-उमीद बागचन्द

धनगढी,२४ जेष्ठ ।  कैलालीको चुरो गाउँपालिका प्राकृतिक मात्र होइन ऐतिहासिक महत्त्व बोकेको पालिका हो। कृषि, पर्यटन, फलफूल जातका खेती र बाख्रा उत्पादनका हिसाबले यो सुदूरपश्चिमकै लोभलाग्दो क्षेत्रका रूपमा प्रमाणित हुँदै गएको यस क्षेत्रमा रहेका सरकारी निकायले नै ठहर गरिसकेको क्षेत्र हो। त्योभन्दा कैलालीको चुरे गाउँपालिका–४ मा रहेको १९८४मा निमार्ण भएको पुरानो राणाकालीन दरबार यस क्षेत्रका लागि मात्र होइन सुदूरपश्चिम प्रदेशकै लागि पुरातात्त्विक महत्वको गहनाका रूपमा रहेको छ। साविक खैराला ४ मा...

एसपिए कलेजकी टेरेसा जोराव्दारा सुदूरपश्चिम टप
-उमीद बागचन्द

धनगढी १७ जेष्ठ । सुदूर पश्चिमाञ्चल क्याम्पस, एसपीए कलेजमा अध्ययनरत छात्रा टेरेसा जोराले त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको बिबिएस दोस्रो वर्षको नतिजामा सुदूरपश्चिम प्रदेशमै सर्वोत्कृष्ट अंकसहित टप गर्न सफल भएकी छन्। उनले ७५ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशभरबाट उत्कृष्ट नतिजा ल्याएकी हुन्। उक्त सफलतालाई सम्मान गर्नका लागि एसपीए कलेजले एक विशेष कार्यक्रम आयोजना गरेको थियो। कलेजको सभा हलमा आयोजित सो कार्यक्रममा टेरेसालाई अबिर, फूल मालासहित सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै टेरेसाका...

भिजिट भिसा वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयको सरोकारको विषय होइन’: महानिर्देशक भट्टराई
-उमीद बागचन्द

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भ्रमण भिसामा विदेश जाने विषय श्रम मन्त्रालय र यसअन्तर्गतका निकायहरूको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका छन्। शुक्रबार विभागमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भ्रमण भिसा लिएर विदेश जाने व्यक्तिहरूसँग मन्त्रालय वा मातहतका निकायको कुनै सम्बन्ध नरहने बताए। उनले भने, “भ्रमण भिसा अध्यागमन विभागको क्षेत्राधिकारभित्र पर्छ। हाम्रो मन्त्रालय र विभागको सरोकार केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने...

“मिसेस नेपाल अस्ट्रेलिया हुदै ” आवेदन फारम खुल्ला अस्ट्रेलियाः हिमाली कल्चरग्रुप मेलवन
-उमीद बागचन्द

काठमाडाैं २० बैशाख अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल अस्ट्रेलिया ” आयोजना गर्ने घोषणा भएको छ । उक्त कार्यक्रमको लागि आवेदन पनि खुल्ला भइसकेको छ । विबाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन...

एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले थाल्यो काम
-उमीद बागचन्द

काठमाडौं २४ मंसिर ।  सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले आज (आइतवार)देखि कार्य प्रारम्भ गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले एनसेनको शेयर खरिद बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजश्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका विषय अध्ययन तथा छानविन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले आजदेखि...