सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेपालमा पहिलो पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ सम्पन्न

काठमाडौं १५ भाद्र । नेपालमै पहिलो पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ सम्पन्न भएको छ ।

गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा नेपाली सङ्गीत प्रवर्द्धनमा क्रियाशील गोल्डेन क्रियसनको आयोजनामा उक्त उत्सव भएको हो ।

उत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सहकार्य गरेका छन् ।

उत्सवमा सातवटै प्रदेशका स्रष्टाका राष्ट्रिय भावमा लेखिएका गजलहरूलाई विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले आफ्नै सङ्गीत र स्वरमा प्रस्तुत गरेका थिए । सुदूरपश्चिम प्रदेशबाट भुवन निस्तेज, कर्णालीबाट कुशलनाथ योगी, लुम्बिनीबाट सन्तोष श्रेष्ठ, गण्डकीबाट देवेन्द्र के। सी। ुदेवुु, बाग्मतीबाट राधा कणेल, मधेशबाट विवश पौडेल र कोसीबाट रश्मि असफलका तथा आयोजक संस्था अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कार र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाका गजलहरू प्रस्तुत गरिएका थिए ।

गाइएका गजलहरूमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ुथुम्केलीु तथा प्राज्ञ परिषद् सदस्यहरू अरुणा हिङमाङ्ग, सौरगङ्गा दर्शनधारी, संजय वान्तवा, प्रदीप अधिकारी (सुशान्त), दिनेश्वर महतो र पाल्साङ्मो लामाले चित्र बनाएका थिए ।

कार्यक्रम संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले नेपाली वाङ्मयका ३ विधा गजल सङ्गीत र साहित्यलाई एकै थलोमा प्रस्तुत गरिएको र त्यसमाथि राष्ट्रिय भावका गजलको गायन नेपालमै पहिलो भएको जानकारी दिए ।

कवि, समालोचक प्रा. डा. देवी नेपालले सातै प्रदेशका राष्ट्रिय भावका गजलहरू समेटेर गायनमा प्रस्तुत गर्नु र त्यसमा सान्दर्भिक चित्रसमेत बनाउनु ऐतिहासिक कार्य भएको भन्दै आयोजक संस्थालाई बधाई दिए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा (प्रगति) ले यस्तो ऐतिहासिक कार्यक्रममा सहकार्य गर्न पाउँदा प्रतिष्ठानले गर्व अनुभव गरेको बताइन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सबै भूगोल समेटेर प्रतिनिधि रूपमा गजलकार छनोट गरी साहित्य, सङ्गीत र ललितकलालाई एकै थलोमा प्रस्तुत गर्ने काम महत्त्वपूर्ण रहेको र त्यसमा प्रतिष्ठानसमेत जोडिन पाउँदा खुसी लागेको बताए ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रम सौहार्द, भव्य र सफल भएको भन्दै गजल, सङ्गीत र ललितकलाको अभूतपूर्व सङ्गमको साक्षी र सहभागी हुन पाएकामा हर्ष व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरूले नेपाली वाङ्मयको विकासमा अर्थपूर्ण योगदान दसने बताए ।

  • १५ भाद्र २०८२, आईतवार २१:२५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    चक्रप्रसाद बाँस्तोला: बौद्धिकता र विद्रोह’ वार्तालाप पुस्तक
    सुदूरपश्चिमका चलचित्रकर्मी संगठित, सरस्वती खड्काको अध्यक्षतामा सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU