सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिमका चलचित्रकर्मी संगठित, सरस्वती खड्काको अध्यक्षतामा सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन

धनगढी ५ साउन । चलचित्र तथा चलचित्रकर्मीको हक, हित, संरक्षण र प्रवर्द्धनका लागि सुदूरपश्चिमका चलचित्रकर्मी संगठित भएका छन् ।
प्रदेशमा चलचित्र क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन गरिएको हो ।
वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीको अध्यक्षता तथा वरिष्ठ चलचित्रकर्मी खडकबहादुर मल्लको विशेष उपस्थितिमा सम्पन्न चलचित्रकर्मीहरूको भेलाले चलचित्रकर्मी सरस्वती खड्का भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा वीरेन्द्र सिंह ‘बिरु’, महासचिवमा सुरेन्द्र संगम, सचिवमा विनोद बोहरा ‘बोक्टानी किङ्ग’ र कोषाध्यक्षमा जयन्ती पाण्डेयलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरूमा रोबर्टसिंह बडैला, संगत थारू चौधरी, प्रदीप चनारा, सतीस सिन्हा, माया खड्का र ज्ञानेन्द्र कुँवर रहेका छन् ।
भेलाले वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीको संयोजकत्वमा खडकबहादुर मल्ल सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।
सुदूरपश्चिमका चलचित्रकर्मी लामो समयपछि संगठित भएको भन्दै भेलामा सहभागी चलचित्रकर्मीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूले चलचित्र क्षेत्रको विकास, चलचित्रकर्मीको पेशागत अधिकार तथा समस्या समाधानका लागि संघले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भेलामा चलचित्र पत्रकार संघ नेपाल, कैलालीका संस्थापक अध्यक्ष पुष्पराज जोशीले पछिल्लो दुई वर्षदेखि चलचित्र पत्रकार संघले चलचित्रकर्मीहरूसँग विभिन्न कार्यक्रम गर्दै आएको स्मरण गर्दै चलचित्रकर्मीहरू संगठित भएकोमा शुभकामना व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष सरस्वती खड्का भट्टले सुदूरपश्चिमका सबै चलचित्रकर्मीलाई समेटेर संघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले चलचित्र क्षेत्रको विकास र चलचित्रकर्मीका साझा समस्याको समाधानका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताइन् ।

  • ५ श्रावण २०८३, मंगलवार २०:२२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।
    बङ्कुल नाकामा ठूलो ‘राजस्व खेल’को संकेत : १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद ।
    राजनीतिक दलका कार्यक्रममा शिक्षक सहभागी भएको भन्दै शिक्षा विकास इकाइले माग्यो कारबाही ।

    ताजा अपडेट

    गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः१० बजेको समयमा स्थानीय अतिउल्लाको धान खेतमा सोही स्थानका...

    जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।

    प्रेमचन्द्र झा, रौतहट १७ असोज  । मधेश प्रदेशका पूर्वअर्थमन्त्री जितेन्द्र यादव (सुनिल यादव) को...

    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।
    • बङ्कुल नाकामा ठूलो ‘राजस्व खेल’को संकेत : १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद ।
    • नेपाली कांग्रेस पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न ।
    • ‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’-मन्त्री बादी ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU