गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः१० बजेको समयमा स्थानीय अतिउल्लाको धान खेतमा सोही स्थानका नाजिर मियाँका छोरा सफि आलम मृत अवस्थामा फेला परेका हुन्। आलम मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी चौकी बरियारपुरबाट प्रहरी सहायक निरीक्षक संजय झाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा SOCO...

रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।

प्रेमचन्द्र झा, रौतहट १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन्। स्थानीयका अनुसार फतुवा विजयपुर–१ बैरगिनिया टोलका रामहरी दासका करिब २८ वर्षीय छोरा राजेश दास सोही स्थानका अरबिन्द यादवको पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। राजेश पोखरीमा घोप्टो परेको अवस्थामा रहेको भन्दै स्थानीयले बिहान प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सन्तपुर लक्ष्मिनियाबाट प्रहरी नायब निरीक्षक विनोद पासवानको...

नेपाली कांग्रेस पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न ।

धनबहादुर बिक, पुनर्वास १५ असोज । नेपाली कांग्रेसको देउवा प्यानलअन्तर्गत पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न भएको छ। भेलाले आगामी असोज २०/२१ गते हुने नगर अधिवेशन र क्षेत्रीय अधिवेशन , जिल्ला अधिवेशन तथा आगामी मंसिर २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशन का लागि देउवा पक्षलाई समर्थन जनाउदै वडा अधिवेशन सम्पन्न गरेको हो । बिहिवार वडा सभापति बुद्धि माया तामाङ को नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । आगामी...

किटजन्य रोग नियन्त्रणका लागि समुदायमा जनचेतना कार्यक्रम ।

धनबहादुर बिक, पुनर्वास १३ असोज । समुदायमा डेंगु, मलेरिया तथा जापानिज इन्सेफलाइटिसजस्ता किटजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। मंगलबार पुनर्वास नगरपालिका ६ स्थित प्रतिभानगर बजारका होटल , खाजा पसल मा थुपारिएर राखिएका सरसामान को अवलोकन गरि प्रभातफेरि सहित उक्त कार्यक्रम को आयोजना गरिएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले लामखुट्टेको टोकाइबाट सर्न सक्ने रोगहरूबाट बच्ने उपायबारे स्थानीयवासीलाई जानकारी दिएका थिए। सहभागीहरूलाई घर वरपर पानी जम्न...

भारत रत्न सम्मानित लता मंगेशकरको जन्मजयन्ती समारोह सम्पन्न ।

सविता झा,पटना १२ असोज ।  विश्वकै चर्चित स्वरकी धनी तथा भारत रत्नबाट सम्मानित स्वरकोकिला लता मंगेशकरको जन्मजयन्तीको अवसरमा पटना सिटीस्थित जगदीश जग्गीको चौराहामा रहेको सरस्वती डिजिटल स्टुडियोमा संगीत श्रद्धाञ्जली कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्वराञ्जली संस्थाको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमको उद्घाटन नालन्दा कलेजको शिक्षा शास्त्र विभागका अध्यक्ष डा. ध्रुवकुमार, वरिष्ठ रंगकर्मी तथा प्रांगण नाटक संस्थाका सचिव अभय सिन्हा, मुख्य चिकित्सा पदाधिकारी तथा गायक डा. बसन्त पंचानन र वरिष्ठ...

बाजुरामा जिप दुर्घटना, चालकसहित नौ जना घाइते ।

काठमाडौं १० असोज । बाजुराको हिमाली गाउँपालिका-५ स्थित कुवाडी-क्युडी भित्री कच्ची सडकमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ः२५ बजे सुदूरपश्चिम प्रदेश ०१-००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा हिमाली गाउँपालिका-२ नातीखोलाका २५ वर्षीय चालक जनवीर बुढासहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य...

नेपालमा पेस्तोल बोकेर घुम्दै गरेका भारतीय नागरिक पक्राउ ।

बारा ७ असोज । प्रहरीले रौतहटबाट बुधबार कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी श्रीपुर ग्रामका ३७ वर्षीय गोविन्द दास रहेका छन् । पेस्तोल बोकेर हिँडिरहेको सूचना पाएपछि प्रहरी चौकी नरकटिया मोतिपुरका प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर श्रेष्ठ र सशस्त्र प्रहरीको बंकुलस्थित पोष्टका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार उमेशप्रसाद यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले दासलाई पक्राउ गरेको हो । दासको साथबाट १२ बोरे पेस्तोल फेला परेको...

आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न ।

विराटनगर ७ असोज । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल तथा कोशी प्रदेश अन्तरगत रहेका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश अन्तरगतका अन्य मातहत कार्यालय प्रमुखहरू बिच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । साथै नेपाल प्रहरी संगठन प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुख बिच आर्थिक वर्ष २०८२/०८३ मा भएको वार्षिक कार्य सम्पादन सम्झौतामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले...

गाडी किन्न नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमै अटो लोन दिने ।

काठमाडौं ७ असोज । नेपाल बैंक लिमिटेडले नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै विशेष आकर्षणसहितको अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले न्यूनतम ४.९४ प्रतिशतको प्रारम्भिक ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकले सवारी साधनको मूल्यको ६० प्रतिशतसम्म फाइनान्स (कर्जा) सुविधा प्राप्त गर्न सक्नेछन् । कर्जाको भुक्तानी अवधि ५ वा ७ वर्षसम्म तोकिएको छ । बैंकका अनुसार सरल प्रक्रिया र सुलभ ब्याजदरमा मुलुकभरका सम्पूर्ण...

टोयोटाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग ।

काठमाडौं ६ असोज । टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । यूटीएसले टोयोटा मोटर एसिया तथा टोयोटा त्सुशो एसिया प्यासिफिकसँगको समन्वयमा उक्त रकम कोषमा योगदान गरेको जनाएको छ । प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनःस्थापनामा सहयोग पु-याउने उद्देश्यले उक्त योगदान गरिएको हो । कम्पनीका अनुसार यस पहलमार्फत नेपाल र नेपाली समुदायलाई आवश्यक...