नेपाली कांग्रेस पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न ।

धनबहादुर बिक, पुनर्वास १५ असोज । नेपाली कांग्रेसको देउवा प्यानलअन्तर्गत पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न भएको छ।
भेलाले आगामी असोज २०/२१ गते हुने नगर अधिवेशन र क्षेत्रीय अधिवेशन , जिल्ला अधिवेशन तथा आगामी मंसिर २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशन का लागि देउवा पक्षलाई समर्थन जनाउदै वडा अधिवेशन सम्पन्न गरेको हो ।
बिहिवार वडा सभापति बुद्धि माया तामाङ को नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
आगामी २०/२१ गते सम्पन्न हुने नगर अधिवेशन का लागि उक्त कार्यसमिति चयन गरिएको नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि कृष्णबहादुर तामाङले जानकारी दिनुभयो ।
बिहीबार वडा नम्बर ३ आई बि आर डी मा सम्पन्न अधिवेशन व्यवस्थापन पार्टीका क्षेत्रीय प्रतिनिधि भगवती रेग्मिको बिशेष सक्रियता रहेको थियो ।

अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीको संगठन विस्तार, कार्यकर्ताबीचको एकता, जनताका समस्यालाई प्राथमिकताका साथ उठाउने तथा आगामी दिनमा पार्टीलाई थप सक्रिय बनाउने विषयमा छलफल भएको थियो क्षेत्रीय प्रतिनिधि बिन्दु कुमार श्रेष्ठले बताउनुभयो ।
अधिवेशनका सहभागीहरूले स्थानीय तहमा पार्टीको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया