आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न ।

विराटनगर ७ असोज । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल तथा कोशी प्रदेश अन्तरगत रहेका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश अन्तरगतका अन्य मातहत कार्यालय प्रमुखहरू बिच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

साथै नेपाल प्रहरी संगठन प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुख बिच आर्थिक वर्ष २०८२/०८३ मा भएको वार्षिक कार्य सम्पादन सम्झौतामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ८६.३६ प्रतिशत लक्ष हाँसिल गरी सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय हुन सफल भएको छ भने कोशी प्रदेश प्रहरी प्रमुख र कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु बिच आर्थिक वर्ष २०८२/०८३ मा भएको वार्षिक कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय संखुवासभाले ९४.३८ प्रतिशत लक्ष हासिल गरी सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय हुन सफल भएको छ ।


"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया