काठमाडौँ १ असोज । वीर अस्पतालमा कार्यरत दुई स्टाफ नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ। अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार स्टाफ नर्स सातौँ तहकी सुनिता सिंह डंगोल २०८२ असोज १९ गतेदेखि र स्टाफ नर्स सातौँ तहकी सुनिता थापा २०७९ असोज २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन्। अस्पतालले बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित रहेको भन्दै उनीहरूलाई विभागीय सजाय किन...
काठमाडौं ३० साउन । दैनिक भान्सामा मसला तथा धार्मिक अनुष्ठानमा प्रयोग हुँदै आएको लौंग स्वास्थ्यका लागि पनि उपयोगी हुने दाबी गरिएको छ। सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सामग्रीमा लौंगको नियमित सेवनले विभिन्न स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्ने उल्लेख गरिएको पाइन्छ। उक्त सामग्रीमा दैनिक दुई दाना लौंग सेवन गर्दा विभिन्न रोगबाट राहत मिल्ने दाबी गरिएको छ। विशेषगरी खोकी, मुखबाट दुर्गन्ध आउने समस्या तथा पेट दुख्ने समस्यामा लौंग उपयोगी हुने बताइएको...
काठमाडौं ६ चैत्र । अन्तर्राष्ट्रिय खुसी दिवस प्रत्येक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जीवनको आधारभूत लक्ष्य र अधिकारका रूपमा मान्यता दिँदै यो दिवस मनाउन सुरु गरेको हो । सन् २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले खुसीलाई मानवको आधारभूत लक्ष्य मान्ने प्रस्ताव पारित गरेको थियो भने सन् २०१३ देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । यो दिवसको अवधारणा अघि बढाउन छिमेकी देश भुटानको महत्वपूर्ण...
धनकुटा, २८ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार स्थितबाट ४५९ किलो ९६५ ग्राम लागु औषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । पुस २७ गते राती ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ भेडेटार नजिक सडक साईडमा संकास्पद अवस्थामा रहेको ना. ४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँचको क्रममा एम्वुलेन्स भित्र प्लास्टिकको पोकामा ४ सय ५९ किलो ९ सय ६५ ग्राम गाँजा बरामद भएको थियो...
काठमाण्डौ १३ पुष । टोखा नगरपालिका वडा नं. ९ अन्तर्गत गोंगबु मंगलटोलस्थित एक घरबाट लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। आज दिउँसो करिब १७:२५ बजे प्रहरी प्रभाग बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त घरमा डेरा गरी बस्दै आएका कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–२ स्थायी घर भएका २४ वर्षीय धनबहादुर विष्टको शरीर तथा डेरा कोठा चेकजाँच तथा खानतलासी गरेको थियो। खानतलासीका क्रममा लागू औषधजन्य...
काठमाडौं १२ मंसिर । मानिसलाई जाडो मौसममा विभिन्न रोगले सताउने गरेको पाईन्छ। जाडो मौसममा बढी चिसो हुने हुँदा दम, छालाको समस्या, जोर्नी दुख्ने, रुघाखोकी लाग्ने, मुटुसम्बन्धी समस्या र निमोनिया, हृदयघातलगायतका समस्या हुने गरेको पाईन्छ। जाडो महिनामा दमका रोगहरु बल्झिने हुन्छ। दमको विरामीहरुलाई जाडो र चिसोले गर्दाखेरी स्वासप्रश्वास नलीहरु साँघुरो भएर दमहरु बल्झिने गरेको हो। जाडोमा रुघाखोकीको प्रकोपहरु भाइरस, टन्सिलाइटिस समेत हुने गरेको छ। साना बालबालिका र इम्युनिटी पावर कम भएका...
काठमाडौं ११ भाद्र । वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ । सहरभरी हैजा फैलिएका कारण थप संक्रमणवाट जाेगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्याहरू बन्द आह्वान गरेको थियो । मंगलबार एक सूचना जारी गर्दै महानगरले १३ भदौसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जनाएको हो । ...
काठमाडौं २ असार । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । उनलाई बालाजुमा फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् । प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए । अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याउँदै गरेको जनाइएको छ । उनले केही घन्टा अगाडी सामाजिक सञ्जालमा अलबिदा लेख्दै लामो...
राधेश्याम पटेल, परवानीपुर । एक देशबाट अर्को देशमा सामान आयात–निर्यात गर्न अन्तर्राष्ट्रियस्तरमा हरेक देशले भन्सार डेटाबेस (भन्सार शीर्षक, उपशीर्षकहरू)को व्यवस्था कार्यान्वयनमा ल्याएको हुन्छ । अन्तर्राष्ट्रिय मापदण्डको डेटाबेसलाई छेडछाड गर्न पाइँदैन । तर नेपालमा केही रिफाइनरी उद्योगलाई फाइदा हुने गरी क्रूड पामोलिन आयलको भन्सार उपशीर्षक (एचएस कोड) परिवर्तन गर्ने चलखेल भइरहेको चर्चा छ । व्यवसायीहरूका अनुसार नेपाल उद्योग वाणिज्य महासङ्घका दुईजना पूर्वपदाधिकारी नै यस कार्यमा संलग्न रहेको आरोप छ । विगत...
अम्बा दत्त तिवारी, ११ जेष्ठ धनगढी । विरमा लौरो टेकेर आएकी ८० वर्षिया घुलिया चौधरी असाध्य खुसी थिईन । आर्थिक अवस्था कमजोर रहेको र जीवनको उत्तरार्धमा रहेको स्वास्थ्यका कारण अस्पताल जान नसकेकी चौधरीले निशुल्क उपचार पाएपछि यस्तो खुसी ब्यक्त गरेकी हुन । औषधी पनि निशुल्क पाएपछि त उनमा खुसीको सीमा थिएन । घुलिया चौधरी मात्र होईन, निशुल्क स्वास्थ्य शिविरमा ७८ वर्षका विपत् राम चौधरीले पनि निशुल्क उपचार पाए । हाडजोर्नी...


