लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा
धनकुटा, २८ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार स्थितबाट ४५९ किलो ९६५ ग्राम लागु औषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । पुस २७ गते राती ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ भेडेटार नजिक सडक साईडमा संकास्पद अवस्थामा रहेको ना. ४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँचको क्रममा एम्वुलेन्स भित्र प्लास्टिकको पोकामा ४ सय ५९ किलो ९ सय ६५ ग्राम गाँजा बरामद भएको थियो । लागु औषध गाँजा ओसार पसारमा संलग्न व्यक्तिको खोजी कार्य भईरहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया