सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’-मन्त्री बादी ।

काठमाडौँ १५ असोज । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।

३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका सम्पूर्ण ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी हुन् ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा “दीर्घायुको युग: दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ” रहेको उल्लेख गर्दै मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा भएको बताएकी छिन् ।

बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण, हेरचाह र एक्लोपनका विषय थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले संविधान तथा प्रचलित कानूनबमोजिम सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण तथा हेरचाहसम्बन्धी कार्यक्रम र सेवा प्रदान गर्दै आएको बताएकी छिन् ।

मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले “ज्येष्ठ नागरिक अनुभव बैंक” स्थापना गरी त्यसलाई संस्थागत रूपमा विकास गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिने घोषणा गरिन् ।

डिजिटल प्रविधिको उपयोगमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवको अभिलेखीकरण तथा पुस्तान्तरण गर्दै उनीहरूको अनुभवलाई समाज र राष्ट्रको विकासमा उपयोग गर्ने अवधारणासहित अनुभव बैंकलाई अगाडि बढाइने सन्देशमा उल्लेख छ।

यसैगरी, भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा विपद्का कारण ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति मन्त्री बादीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छिन्  । घाइते तथा प्रभावित ज्येष्ठ नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले उद्धार, राहत, संरक्षण तथा पुनर्स्थापनाका लागि मन्त्रालयले आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

“ज्येष्ठ नागरिकलाई केवल संरक्षणको विषयका रूपमा नभई ज्ञान, अनुभव र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो,” मन्त्री बादीको शुभकामना सन्देशमा उल्लेख छ।

ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र अधिकारलाई व्यवहारमा रूपान्तरण गर्दै उनीहरूको जीवनलाई सुरक्षित, मर्यादित, सक्रिय र अर्थपूर्ण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको मन्त्री बादीले बताइन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हरेक वर्ष अक्टोबर १ मा विश्वभर मनाइँदै आएको छ।

Tags :अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसज्येष्ठ नागरिक
  • १५ आश्विन २०८३, बिहीबार १२:१७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’
    बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता हुँदैन: मन्त्री सिता बादी
    जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार ।

    ताजा अपडेट

    भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहितको परिवार अलपत्र ।
    " रौतहटको इँटाभट्टामा अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार "

    प्रेमचन्द्र झा, रौतहट  १९ असेज । रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका...

    Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’

    Devi sapkota Dolma Ghale from Timure in Gosaikunda Rural Municipality was in Kathmandu on...

    • गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।
    • जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।
    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।
    • बङ्कुल नाकामा ठूलो ‘राजस्व खेल’को संकेत : १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU