सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जापानमा व्यवसायसँगै जन्मभूमिसँग जोडिँदै दिलेन्द्र जोशी: लेकममा ‘प्रथम दशैं कप भलिबल’ आयोजना हुने ।

 

भवानी भट्ट, टोकियो १३ असोज । 

दार्चुलाको लेकम गाउँपालिकामा पहिलोपटक ‘लेकम गाउँपालिका दशैं कप–२०८३’ पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। जापानमा व्यवसायसँगै सामाजिक सेवामा सक्रिय नेपाली व्यवसायी तथा समाजसेवी क्रियाशील उद्यमी एवम् सामाजिक अभियन्ता दिलेन्द्र प्रसाद जोशीको पहलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

बडादशैंको अवसरमा गाउँ फर्किने तथा स्थानीय युवालाई खेलकुदमार्फत एकै ठाउँमा जोड्ने, स्थानीय खेलप्रतिभाको पहिचान गर्ने र विभिन्न वडाबीच आपसी सद्भाव तथा भाइचारा बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिता २०८३ असोज २९ गते लेकम–स्थित श्री हुनैनाथ माध्यमिक विद्यालय, रातामाटामा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले असोज २८ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ। दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।

प्रतियोगिताको विजेता टोलीले ३३ हजार ३३३ रुपैयाँ, उपविजेताले २२ हजार २२२ रुपैयाँ र तृतीय हुने टोलीले ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

खेलकुदसँगै सामाजिक अभियान

दशैं कपसँगै जोशीको पहलमा ‘युथ स्पोर्ट्स एन्ड सोसल क्लब’ स्थापना गर्ने तयारीसमेत गरिएको छ। क्लबमार्फत खेलकुदका अतिरिक्त शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, कला–संस्कृति तथा युवा प्रतिभा पहिचानका क्षेत्रमा दीर्घकालीन रूपमा काम गर्ने योजना रहेको जोशीले बताएका छन्।

करिब १३ वर्षदेखि जापानमा बस्दै आएका जोशी रेस्टुरेन्ट, ट्राभल तथा आयात–व्यापार क्षेत्रमा व्यवसाय गर्दै आएका छन्। जापानमा व्यवसाय विस्तारसँगै उनले नेपालमा शिक्षा, कृषि तथा सामाजिक क्षेत्रमा समेत लगानी र सहयोग गर्दै आएका छन्। आफूले अध्ययन गरेको विद्यालय तथा लेकम क्षेत्रका विभिन्न शैक्षिक र सामाजिक गतिविधिमा पनि उनको सहयोग रहँदै आएको छ।

विदेशमा रहे पनि जन्मभूमि र स्थानीय युवासँग निरन्तर जोडिनुपर्ने धारणा राख्दै जोशीले भने, विदेशमा बसेर व्यवसाय गर्नु वा सफलता हासिल गर्नु मात्रै पर्याप्त होइन। आफू जन्मिएको ठाउँ, आफूले पढेको विद्यालय र आफू हुर्किएको समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सोचले यो अभियान सुरु गरेका हौँ।

उनका अनुसार दशैंका बेला गाउँ फर्किने युवालाई खेलकुदमार्फत जोड्दै आगामी दिनमा लेकममा विभिन्न खेलकुद तथा सामाजिक गतिविधिलाई निरन्तरता दिइनेछ।

‘प्रथम लेकम गाउँपालिका दशैं कप–२०८३’ जोशीको जन्मभूमिसँग जोडिने अभियानको पहिलो ठूलो कार्यक्रमका रूपमा अघि बढाइएको हो। नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा एउटै वडाका खेलाडीले मात्र सम्बन्धित वडाको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

प्रतियोगितालाई भव्य रूपमा सफल पार्न आयोजक समितिले लेकम गाउँपालिकाका सम्पूर्ण वडा, स्थानीय खेलप्रेमी, युवा, अभिभावक तथा संघ-संस्थाहरूलाई उपस्थितिका लागि हार्दिक आह्वान गरेको छ।

  • १३ आश्विन २०८३, मंगलवार १०:१४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’
    ‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’-मन्त्री बादी ।
    बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता हुँदैन: मन्त्री सिता बादी

    ताजा अपडेट

    रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै संघर्ष समिति, निर्णायक आन्दोलनको चेतावनी ।

    प्रेमचन्द्र झा, रौतहट १९ असोज । रौतहटको परोहा नगरपालिका–९ स्थित रामपुर खाप छोटी भन्सार...

    भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहितको परिवार अलपत्र ।
    " रौतहटको इँटाभट्टामा अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार "

    प्रेमचन्द्र झा, रौतहट  १९ असेज । रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका...

    • Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’
    • गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।
    • जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।
    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU