अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा ।

काठमाडौँ १४ असोज । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन र सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले Disability Management Information System (DMIS) लाई Social Information Management System (SIMS) मा प्राविधिक रूपमा एकीकृत गरिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र UNICEF को सहकार्यमा सामाजिक संरक्षण नागरिक समाज सञ्जाल (SPCSN) मार्फत कार्यान्वयन गरिएको DMIS को SIMS मा एकीकरण कार्य सम्पन्न भएसँगै...

निर्माण शुरु भएको १६ वर्षपछि उत्पादन थाल्यो ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतले ।

काठमाडौं १० असोज । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको १६ वर्षपछि ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। २०६७ मा निर्माण कम्पनी आईभीआरसीएलले ठेक्का पाएर निर्माण कार्य शुरु गरेकोमा लक्ष अनुसार काम नगरेपछि ठेक्का रद्ध गरिएको थियो। रघुगंगा गाउँपालिका निर्माण भएको आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटा टर्बाइनबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरको कुस्माको...

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा ।

—प्रेमचन्द्र झा यस वर्ष असोज ११ देखि २४ गतेसम्म सोह्रश्राद्ध, असोज २४ गते महालया औँसी तथा पितृ विसर्जन फोटो : नदीमा पितृ तर्पण गर्दै श्रद्धालु । राजदेवी नगरपालिकामा सोह्रश्राद्धको पहिलो दिन नदी तथा जलाशयका किनारमा पितृलाई तर्पण गर्ने श्रद्धालुको भीड देखिन्थ्यो। पुरुषहरू जलपात्र बोकेर नदीतर्फ जाने र कुश, तिल तथा जल अर्पण गर्दै पूर्वजको स्मरण गर्ने क्रम चलिरहेको थियो। तर त्यही भीडमा एउटा दृश्य केही फरक थियो।   पुरुषहरू तर्पण गरेर फर्किंदै गर्दा गीता...

तीन वर्षदेखि सरकारी दराजमा थन्किएको दलित थर सूचीकरण स्वीकृत, पहिलो पटक ‘दलित’ शब्द परिभाषित ।

काठमाडौँ  ८ असोज । वर्षौँदेखि आफ्नो पहिचान प्रमाणित गर्न राज्यका विभिन्न निकाय धाइरहेका दलित समुदायका नागरिकका लागि सरकारले महत्त्वपूर्ण निर्णय गरेको छ । राष्ट्रिय दलित आयोगले सिफारिस गरेको करिब तीन वर्षपछि सरकारले दलित समुदायका थर सूचीकरण गरेको छ । मन्त्रिपरिषद्को निर्णयपछि राजपत्रमा प्रकाशित भएसँगै दलित समुदायका करिब १४ सय थर औपचारिक रूपमा सूचीकरण भएका छन् । थर सूचीकरणसँगै सरकारले पहिलो पटक दलित समुदायको परिभाषासमेत स्पष्ट रूपमा तोकेको छ । यसले...

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन ।

काठमाडौं ८ असोज । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ। मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य/सामाजिक विकास मन्त्रालय, स्वास्थ्य...

ट्राफिकको कार्यशैली परिवर्तन हुनुपर्छ, चालकलाई दोष थोपरेर हुन्नः सांसद क्रान्तिशिखा ।

काठमाडौं ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले कार्यशैली परिवर्तन गर्नुपर्ने बताएकी छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा सोमबार त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गरेको घटनाबारे उनले मनोसामाजिक अवस्थाबारे हेर्नुपर्ने बताइन्। “पुलिसिङको शैली कत्तिको मिलेको छ?,” उनले भनिन्, “चालकको मनोसामाजिक अवस्था कस्तो छ?” न्यून तबल र आत्मसम्मानमा छाडिदिएका कारण पनि यस्तो भएको हुनसक्ने उनको भनाइ छ। “धेरै घण्टा काम गराउने, आराम नदिने, कति कमाएर ल्यायौँ भन्ने ह्युमिलेट गर्ने विषय...

समाज कल्याण परिषद्को ४९औँ स्थापना दिवस तथा ४७औँ सामाजिक सेवा दिवसमा मन्त्री बादीको शुभकामना ।

काठमाडौं, ६ असोज। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा समाज कल्याण परिषद्की अध्यक्ष सिता बादीले सामाजिक संघसंस्थाको योगदानलाई थप प्रभावकारी, समन्वयित, पारदर्शी र दिगो बनाउनुपर्ने बताउनुभएको छ। परिषद्को ४९औँ स्थापना दिवस तथा ४७औँ सामाजिक सेवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले सेवाभावलाई केन्द्रमा राखी विशेषगरी ग्रामीण तथा सीमान्तकृत समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको हो। नेपाल सरकारका नीति तथा प्राथमिकतासँग समन्वय गरी...

रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट (मिति:- २०८३ असोज ५ गते, साँझ ७:०० बजेसम्म)

रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट (मिति:- २०८३ असोज ५ गते, साँझ ७:०० बजेसम्म) ...

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा,
"सुरक्षित आवास, उपचार, मनोसामाजिक सहयोग र पुनर्मिलनसम्मको सेवा "

काठमाडौं, ४ असोज। विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका र विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ। योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्ले सञ्चालनमा ल्याएको ठेचोस्थित केन्द्र विपद् प्रभावित तथा विशेष संरक्षण आवश्यक बालबालिकाका लागि तत्काल सुरक्षित...

युवतीलाई प्रलोभनमा भारत पुर्‍याई शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि छानबिन प्रक्रिया अघि बढाइयो ।

काठमाडौं ४ असोज । नेपाली महिला तथा युवतीलाई प्रलोभनमा भारत पुर्‍याई शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि छानबिन प्रक्रिया अघि बढाइएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले घटनामा संलग्नता पुष्टि हुने व्यक्ति तथा सञ्जालमाथि कानूनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ। मन्त्रालयले असोज ४ गते जारी गरेको विज्ञप्तिमा सार्वजनिक विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयसँग आवश्यक समन्वय गरिसकिएको र सम्बन्धित सुरक्षा तथा अनुसन्धान...