सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा ।

काठमाडौँ १४ असोज । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन र सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले Disability Management Information System (DMIS) लाई Social Information Management System (SIMS) मा प्राविधिक रूपमा एकीकृत गरिएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र UNICEF को सहकार्यमा सामाजिक संरक्षण नागरिक समाज सञ्जाल (SPCSN) मार्फत कार्यान्वयन गरिएको DMIS को SIMS मा एकीकरण कार्य सम्पन्न भएसँगै अपाङ्गता सम्बन्धी सूचना र सामाजिक संरक्षण व्यवस्थापनलाई एउटै डिजिटल प्रणालीमा जोड्ने आधार तयार भएको हो।

प्रणालीको औपचारिक हस्तान्तरण २८ सेप्टेम्बर २०२६ मा सम्पन्न भएको छ। हाल उक्त प्रणाली नेपालका ७५३ वटै स्थानीय तहमा विस्तार भइसकेको छ। यससँगै देशभर अपाङ्गता परिचयपत्र वितरण तथा सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई थप व्यवस्थित र एकीकृत ढङ्गले अघि बढाउन सकिने भएको छ।

एकीकृत प्रणालीले अपाङ्गता परिचयपत्र वितरणका मापदण्डलाई मानकीकरण गर्न, तथ्याङ्कको अभिलेखीकरण तथा व्यवस्थापन सुधार गर्न र प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ। स्थानीय तहदेखि संघीय तहसम्म आवश्यक सूचना सहज रूपमा उपलब्ध हुने भएकाले अपाङ्गता भएका व्यक्तिका लागि लक्षित सामाजिक संरक्षण कार्यक्रमको योजना निर्माण, सेवा प्रवाह र अनुगमनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार डिजिटल प्रणालीको विस्तारले अपाङ्गता भएका व्यक्तिसम्बन्धी तथ्याङ्कलाई विश्वसनीय, व्यवस्थित र प्रमाणमा आधारित निर्णय प्रक्रियासँग जोड्ने महत्वपूर्ण आधार तयार गरेको छ। यसबाट आवश्यकता पहिचान गरी सेवा तथा कार्यक्रमलाई थप लक्षित बनाउनसमेत सहयोग पुग्नेछ।

७५३ वटै स्थानीय तहलाई एउटै डिजिटल प्रणालीमा जोड्दै गरिएको यो एकीकरण अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक संरक्षण सेवालाई थप एकीकृत, तथ्यमा आधारित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि बनेको छ।

  • १४ आश्विन २०८३, बुधबार १४:४१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    निर्माण शुरु भएको १६ वर्षपछि उत्पादन थाल्यो ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतले ।
    पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा ।
    तीन वर्षदेखि सरकारी दराजमा थन्किएको दलित थर सूचीकरण स्वीकृत, पहिलो पटक ‘दलित’ शब्द परिभाषित ।

    ताजा अपडेट

    भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहितको परिवार अलपत्र ।
    " रौतहटको इँटाभट्टामा अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार "

    प्रेमचन्द्र झा, रौतहट  १९ असेज । रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका...

    Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’

    Devi sapkota Dolma Ghale from Timure in Gosaikunda Rural Municipality was in Kathmandu on...

    • गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।
    • जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।
    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।
    • बङ्कुल नाकामा ठूलो ‘राजस्व खेल’को संकेत : १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU