सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्माण शुरु भएको १६ वर्षपछि उत्पादन थाल्यो ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतले ।

काठमाडौं १० असोज । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको १६ वर्षपछि ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

२०६७ मा निर्माण कम्पनी आईभीआरसीएलले ठेक्का पाएर निर्माण कार्य शुरु गरेकोमा लक्ष अनुसार काम नगरेपछि ठेक्का रद्ध गरिएको थियो।

रघुगंगा गाउँपालिका निर्माण भएको आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटा टर्बाइनबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।

आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरको कुस्माको २२० केभी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार परीक्षण उत्पादन १५ दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक एवम् रघुगंगा हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दीर्घायुकुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोभिड–१९ महामारी, बाढीलगायतका चुनौतीका बाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताए ।

उनले विद्युत्‌को उच्च माग हुने साँझको समयमा (पिक) दैनिक दैनिक चार घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुक्खायाममा विद्युत् माग व्यवस्थापनमा आयोजनाले महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जामध्ये करिब ३४ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुनेछ।

निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ रहेको छ। आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरण लगानी र भारतको एक्जिम बैंकको लाइन अफ क्रेडिटअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणबाट वित्तीय व्यवस्थापन गरिएको हो ।

आयोजनाको सिभिल संरचना तथा हाइड्रोमेकानिकल कार्य इन्जिनियरिङ, खरिद तथा निर्माण ९ईपीसी० ढाँचामा गर्न जयप्रकाश एसोसिएट्स लिमिटेड, भारतसँग ५ मंसिर २०७४ मा ठेक्का सम्झौता गरिएको थियो।

उक्त सम्झौता १० जेठ २०७५ देखि कार्यान्वयनमा आएको थियो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भारत हेभी इलेक्ट्रिकल लिमिटेडसँग २८ असोज २०७६ मा ठेक्का सम्झौता गरिएको थियो भने उक्त सम्झौता १८ मंसिर २०७६ देखि कार्यान्वयनमा आएको थियो । आयोजनाको निर्माण सुपरीवेक्षण वाप्कोस लिमिटेड, भारतले गरेको हो ।

सुरुमा नेपाल विद्युत् प्राधिकरण आफैँले निर्माण सुरु गरेको राहुघाट जलविद्युत् आयोजनाको प्रारम्भिक क्षमता ३२ मेगावाट थियो।

निर्माणका क्रममा निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का रद्द गरिएको थियो। त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट कायम गरी प्राधिकरणको सहायक कम्पनीमार्फत कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरिएको थियो।

  • १० आश्विन २०८३, शनिबार १९:०४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमा ।
    पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा ।
    तीन वर्षदेखि सरकारी दराजमा थन्किएको दलित थर सूचीकरण स्वीकृत, पहिलो पटक ‘दलित’ शब्द परिभाषित ।

    ताजा अपडेट

    रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै संघर्ष समिति, निर्णायक आन्दोलनको चेतावनी ।

    प्रेमचन्द्र झा, रौतहट १९ असोज । रौतहटको परोहा नगरपालिका–९ स्थित रामपुर खाप छोटी भन्सार...

    भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहितको परिवार अलपत्र ।
    " रौतहटको इँटाभट्टामा अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार "

    प्रेमचन्द्र झा, रौतहट  १९ असेज । रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका...

    • Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’
    • गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।
    • जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।
    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU