सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन हुनुपर्छ : डा. समीम अख्तर

काठमाडौं ६ चैत्र । अन्तर्राष्ट्रिय खुसी दिवस प्रत्येक वर्ष मार्च २० तारिखका दिन विश्वभर मनाइन्छ । संयुक्त राष्ट्रसंघले खुसीलाई मानव जीवनको आधारभूत लक्ष्य र अधिकारका रूपमा मान्यता दिँदै यो दिवस मनाउन सुरु गरेको हो ।

सन् २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले खुसीलाई मानवको आधारभूत लक्ष्य मान्ने प्रस्ताव पारित गरेको थियो भने सन् २०१३ देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

यो दिवसको अवधारणा अघि बढाउन छिमेकी देश भुटानको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । भुटानले सन् १९७० को दशकदेखि आर्थिक वृद्धिभन्दा ‘कूल राष्ट्रिय खुसी’लाई प्राथमिकतामा राख्दै आएको छ ।

यसै सन्दर्भमा क्यान्सर विशेषज्ञ तथा अन्कोलोजी फिजिसियन डा. समीम अख्तरले खुसीलाई व्यक्तिको अनुभव, अवस्था र परिवेशअनुसार फरक–फरक रूपमा व्याख्या गर्न सकिने बताएका छन् ।

उनका अनुसार खुसी मनभित्रबाट उत्पन्न हुने प्रसन्नता र सकारात्मक अनुभूतिको अवस्था हो, जसले व्यक्तिको सोच र व्यवहारलाई प्रभाव पार्छ ।
डा. अख्तरले एउटै घटना फरक व्यक्तिका लागि फरक अनुभूति दिने उदाहरण दिँदै भने, ‘एउटा खेलमा एक टिमको जित अर्को टिमका लागि हार हो । त्यसैले एउटै परिस्थितिमा पनि खुसीको अनुभूति फरक हुन सक्छ ।’

उनका अनुसार खुसी दुई प्रकारको हुन सक्छ–क्षणिक र दीर्घकालीन । कुनै उपलब्धि हासिल गर्दा प्राप्त हुने खुसी क्षणिक हुन सक्छ भने जीवनको स्थायित्व, परिवारको सफलता वा सन्तानको प्रगति जस्ता कुराले दीर्घकालीन सन्तुष्टि प्रदान गर्छ ।

उनी भन्छन्, ‘सुख र दुःख जीवनका दुई पाटा हुन् । जसरी रातपछि दिन र दिनपछि रात आउँछ, त्यसरी नै जीवनमा सुख–दुःख आइरहन्छन् । त्यसैले सन्तुलनमा रहनु नै वास्तविक खुसी हो ।’

डा.अख्तरका अनुसार खुसी प्राप्तिका लागि सामाजिक सम्बन्ध अत्यन्तै महत्वपूर्ण हुन्छ । मानिसले एकअर्कासँग हेरचाह र साझेदारी गर्दा मात्र वास्तविक सन्तुष्टि प्राप्त गर्न सक्छ । ‘मानिस सामाजिक प्राणी भएकाले एक्लोपनले दीर्घकालीन खुसी दिन सक्दैन,’ उनले भने ।

उनले डिजिटल युगले जीवन सहज बनाए पनि मानिसबीचको प्रत्यक्ष सम्बन्ध कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण गराए । ‘पहिले मानिसहरू भेटघाट गरेर सम्बन्ध सुदृढ बनाउँथे, अहिले धेरै कुरा प्रविधिमा सीमित भएका छन्, जसले आत्मीयता घटाएको छ,’ उनले भने ।

मानसिक स्वास्थ्य सन्तुलनका लागि नियमित व्याम, योग, ध्यान तथा सामाजिक क्रियाकलापमा सहभागिता आवश्यक रहेको उनले सुझाए । उनका अनुसार शरीरमा डोपामिन, सेरोटोनिन, अक्सिटोसिन र एन्डोर्फिन जस्ता हर्मोनहरूको सन्तुलनले पनि खुसीको अनुभूति बढाउँछ । उनी भन्छन्, ‘तनाव पनि दुई प्रकारको हुन्छ डिस्ट्रेस (हानिकारक) र युस्ट्रेस (फाइदाजनक)। सकारात्मक गतिविधिले युस्ट्रेस बढाउँछ, जसले स्वास्थ्य र खुसी दुवैमा सुधार ल्याउँछ ।’

डा. अख्तरले आर्थिक अस्थिरता, स्वास्थ्य समस्या, सामाजिक दबाब र अपेक्षाहरू पूरा नहुनुजस्ता कारणले मानिसहरू दुःखी हुने गरेको उल्लेख गर्दै यस्तो अवस्थामा सीप विकास, आत्मनिर्भरता र सकारात्मक सोच आवश्यक रहेको बताए ।

उनले सबैलाई सन्देश दिँदै भने, ‘आफूलाई माया गर्न सिकौँ, स्वास्थ्य जीवनशैली अपनाऔँ, समाजप्रति जिम्मेवार बनौँ र एकअर्कालाई सहयोग गरौँ । सानो–सानो सकरात्मक प्रयासले नै समृद्ध र खुसी समाज निर्माण सम्भव हुन्छ ।’

डा. अख्तरका अनुसार खुसी जन्मजात मात्र नभई सिकेर विकास गर्न सकिने क्षमता पनि हो । जीवनमा अनुशासन, सकारात्मक सोच र निरन्तर अभ्यासमार्फत मानिसले आफूलाई खुसी बनाउने तरिका सिक्न सक्छ । खुसी एकाएक प्राप्त हुने अवस्था होइन । यसका लागि खेलाडी वा संगीत साधकजस्तै नियम, अनुशासन, अभ्यास र निरन्तर प्रयास आवश्यक हुन्छ ।

गास, बास, कपासजस्ता आधारभूत आवश्यकतासँग जोडिएको खुसी प्रायः क्षणिक हुने उनले उल्लेख गरे । आम्दानी, खर्च र आर्थिक अस्थिरताले मानिसको मनोस्थिति प्रत्यक्ष प्रभाव पार्ने बताए ।

उनले भने, ‘प्रायःजस्तो खुशी भनेको एक किसिमको भावना हो । खुसी जन्मजात मात्र नभई सिकेर विकास गर्न सकिने क्षमता पनि हो । यो क्षणिक पनि हुन सक्छ । कुनै खुशी जुन हुन्छ मन भित्रबाट आउने मन प्रफुल्लित हुने प्रसन्न हुने एक चरणमा पुगिसकेपछि मान्छेको अवस्था अथवा उमेर एउटा चरणमा पुगिसकेपछि खुशी भनेको बेग्लै कुरा हुन्छ ।’

अन्तर्राष्ट्रिय खुसी दिवसले व्यक्तिगत मात्र नभई सामूहिक रूपमा पनि सुखी जीवनको महत्त्वलाई उजागर गर्दै आपसी सहकार्य, सद्भाव र मानवीय सम्बन्ध सुदृढ गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

  • ६ चैत्र २०८२, शुक्रबार ०९:२५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU