सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

दीपा नेपाली ।

माननीय खगेन्द्र सुनार ज्यू, मैले तपाईलाई भेट्छु भन्नुपर्ने रहेछ। तर प्रधानमन्त्रीसँग भेट गराइदिनुस भन्नु मेरो ठूलै गल्ती भएको हो र ? माननीयज्यू तपाईले न सदनमा बोल्ने आँट गर्नुभयो, न सडकमा आउने आँट गर्नुभयो, न  प्रधानमन्त्रीबाट हाम्रा माग सम्बोधन गराउने पहल गर्नुभयो। अनि तपाईं मिडियालाई भन्नुहुन्छ, ‘दिपाले प्रधानमन्त्रीलाई मात्र भेट्ने भनेकी छन्, म नै प्रधानमन्त्री बनेपछि मात्र माग सम्बोधन गरौंला भनेको छु।’

वास्तवमा मेरो न उहाँसँग फोन कल भएको छ न भेट नै। धर्नाको ३०औँ दिनमा उहाँले माइतीघर मण्डलामा श्रीकृष्ण विकको आमालाई भेट्न आउनुभएको बेला सामान्य कुराकानी भएको थियो। त्यही भेटमा मैले दुई वटा कुरा उहाँसँग राखेको थिएँ :-

१) धर्नाको विषयमा सदनमा उठाइदिन
२) प्रधानमन्त्रीबाट हाम्रा मागहरु सम्बोधन गर्ने पहल गरिदिन।

उहाँले तीन मिनेट मेरो कुरा सुनेर हुन्छ, सदनमा शून्य समयमा बोल्छु भन्नुभयो। प्रधानमन्त्रीसँग भेट गराउने कुरामा पनि गराउँछु भन्नुभयो। मलाई थाहा थिएन उहाँको के कुरामा चित्त दुख्यो ? अथवा कुन कुरा उहाँलाई मन परेन ? तर मलाई माननीयज्यूप्रति ठूलो विश्वास थियो, उहाँले वार्ताको लागि पहल गर्दै हुनुहुन्छ।

ढिलो भएपनि राम्रै पहल गर्दै हुनुहुन्छ भन्ने लागेको थियो। तर उहाँ मुख बाँधेर, क्रोध बोकेर बस्नुभएको रहेछ। धेरैले भनेको सुनेको थिएँ, दिपाले प्रधानमन्त्रीबाहेक अरुलाई भेट्न चाहेकी छैनन् भन्दै रास्वापामा रहेका दलित सांसदले भन्नुहुन्छ भनेको। यो वास्तविकता आज प्रमाणित भयो।

सरकारले ११७ दिनसम्म पनि किन हाम्रो मागहरू सुन्न नचाहेको होला ? भन्ने लागिरहेको थियो। आज थाहा भयो- रास्वपाभित्र दलित समुदायकै सांसदहरूले पहल नगर्नुभएको रहेछ।

एकछिन सोच्नुहोस् त ! यो लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीलाई भेटेर हाम्रा मागहरुको विषयमा भन्छु’ भन्नु अपराध हो र ? प्रधानमन्त्रीलाई भेट्न नमिल्ने हो भने पनि के कारणले भेट्न नपाइने हो ? कारण भनिदिए हुन्थ्यो नि ! मैले त हाम्रो पनि प्रधानमन्त्री हुनुहुन्छ भनेर पो भेटेर हाम्रा पीडा सुनाउँछु भनेको हो।

फेरि प्रधानमन्त्रीलाई भेटेर हामीलाई जागिर, पद दिनुस् भन्नको लागि भेट्ने भनेको पनि होइन। हजारौं वर्षदेखि यो राज्यले खोसेको र दबाइएको हाम्रो आत्मसम्मान दिनुस् भन्नलाई भेट्छु भनेको हो। सामाजिक न्यायसहितको विभेदरहित समाजमा बस्न पाउने अधिकार कानूनीरुपमा व्यवस्था गरिदिनुस् भन्न पो खोजेको हो।

जातीय विभेदको मुद्दामा दिपा नेपाली, खगेन्द्र सुनारहरु सधैं सडकमा बोल्नु भन्दा एक पटक हाम्रो प्रधानमन्त्री बोलिदिनुभयो भने राष्ट्रिय रूपमा समस्या समाधान हुने थियो। र देशभरका विभेद गर्नेहरूको सोच, व्यवहार र विचार बद्लिनेथियो कि भन्ने हो मलाई लागेको हो। त्यसैले पनि हाम्रा मागहरु प्रधानमन्त्रीबाट सम्बोधन हुनुपर्छ भनेको हो।

वास्तवमा यो समस्या समाधान गर्न र नेपाली जनतामा गुड म्यासेज दिन प्रधानमन्त्रीलाई मन नै छैन होला र ? मलाई त्यस्तो लाग्दैन।

सरकारले जातीय विभेदसम्बन्धी अस्पष्ट कानूनलाई स्पष्ट बनाओस् भन्ने मेरो चाहना हो। जातका आधारमा कोही कसैलाई विभेद, छुवाछुत, हिंसा, बहिस्कार, निषेध र अपमान नहोस्, यो सबै भोग्नु नपरोस्। यो मेरो मात्रै व्यक्तिगत अनुभव, मुद्दा वा भोगाइ होइन, यो ४० लाख मान्छेहरूले भोगिरहेको समस्या हो।

के थाहा हाम्रो प्रधानमन्त्रीको एउटा स्टाटसले त्यो विभेदको अन्त्य गर्न सकारात्मक सन्देश दिन्थ्यो कि ?  त्यो विषयमा प्रधानमन्त्रीले बोल्नै नमिल्ने हो र ?

मैले प्रधानमन्त्रीलाई यसकारण भेट्न चाहेको हुँ कि उहाँको सानो पहलले यो देशमा  हजारौँ दलितले आत्मसम्मानसहितको जीवन बाँच्न पाउने थिए। राजधानीमा दलितले जात लुकाएर बस्नपर्ने थिएन। दलितले जातकै कारण दिनैपिच्छे कुटाइ खानुपर्थेन। मेरो भेटको चाह त्यत्तिका लागि मात्रै हो।

हाम्रो राजधानीलाई जातधानी किन बनाइयो ? जहाँ घरबहालमा दलित समुदायले जात लुकाएर, थर परिवर्तन गरेर, गैरदलितको नागरिकताबाट बस्नुपर्ने र जनै लगाएर बस्नुपर्ने, बहालमा बसिसकेपछि पनि जातकै कारण निकालिनु्पर्ने यो अवस्था अहिले पनि किन छ ?

त्यसको अभ्यास देशभरका शहरहरूमा भइरहेको छ। जब कि शहर सभ्य, शिक्षित, समतामुलक हुन सकेको छैन भने दूरदराजका गाउँहरूमा जहाँ सञ्चार माध्यमको पहुँच छैन। त्यहाँका दलित समुदायले भोगिरहेको जातीय विभेद कति क्रुर र हिंसात्मक छ होला ?

मेरो बुझाइमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई यो अभूतपूर्व अवसर छ-  जातीय भेदभाव र छुवाछुतजस्तो कुप्रथा हटाएर इतिहास रच्ने। के यही माग माननीय खगेन्द्र सुनारज्यूको होइन र ? कि तपाई चाहानुहुन्नँ दलितहरूमाथिको अन्यायको अन्त्य ?

कि प्रधानमन्त्रीसँग तपाईले समन्वय गर्न नसक्ने भएर यो भन्नुभएको हो ? हिजो तपाई माइतीघरमा ४५ दिनसम्म धर्ना दिँदा गृहमन्त्रीसँग मात्रै वार्ता गर्छु भन्नुभएको हामीले पनि सुनेका छौँ।

गृहमन्त्रीबाट मात्रै यो समस्या समाधान भएन, अब प्रधानमन्त्रीले गर्नुपर्छ भन्न नमिल्ने हो र ?

माननीयज्यू, दलित समुदायको अधिकारका लागि तपाईले सांसद भएपछि के पहल गर्नुभयो ? हामीले उठाएका विषयमा न्याय दिलाउन के गर्नुभयो ? के पहल लिनुभयो ? तपाई संसद्‌मा एउटा सांसदकोरुपमा बोल्न सक्नुहुन्नँ भने सांसदको पद त्यागेर सडकमा आउनुहोस्।

प्रधानमन्त्री बन्न सक्ने योग्यता तपाईसँग पनि छ। तपाईलाई प्रधानमन्त्री बनाउन हामी युवाहरू साथमा हुनेछौँ। तर बाहना बनाएर जिम्मेवारीबाट नभाग्नुस्।

-समता प्रेसबाट ।

  • ३० श्रावण २०८३, शनिबार १०:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    ज्योति महतसँग मन्त्री सिता बादीको भेट, उपचार र आत्मनिर्भरताका लागि आवश्यक सहयोग गर्ने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU