सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित

काठमाडौँ ३० श्रावण । दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान)को अध्यक्षमा कृष्ण गहतराज (कृष्णबहादुर सुनार) सर्वसम्मत निर्वाचित भएका छन्।

शनिबार काठमाडौँमा भएको संघको चौँथो साधारणसभाले गहतराजको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। आगामी दुई वर्षका लागि निर्वाचित नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता चिजामाया विश्वकर्मा, महासचिव बीरमान विक र कोषाध्यक्षमा सीमा नेपाली चयन भएका छन्।

संघको सदस्यहरूमा किरण पासवान, सुस्मिता विक, सुनिता वादी, सुस्मिता विक र बाबुलाल विक चयन भएका छन्।

विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व गराई भौगोलिक आधारमा समेत समावेशी हुने गरी साधारणसभाले कार्यसमिति चयन भएको नवनिर्वाचित अध्यक्ष गहतराजले बताए। ‘अपांगता भएका, त्यसमाथि दलित समुदायका व्यक्तिहरू दोहोरो-तेहोरो विभेद र पीडा भोगिरहेका छन्। अपाङ्गता अधिकारको मुलधारको आन्दोलनमा उनीहरूको प्रतिनिधित्व छैन, उनीहरू पछि छुटेका छन्। त्यसकारण दलित समुदायका अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गर्ने, सशक्तिकरण र विकास गर्ने हाम्रो संघको उद्देश्य हो, हामी त्यही अभियानलाई अगाडि बढाउँछौँ,’ अध्यक्ष गहतराजले भने।

साधारणसभाले सातै प्रदेशमा फोकल पर्सनहरू पनि तोकेको छ। जसअनुसार कोशीमा उमेश परियार र सीता बराइली, मधेशमा हिरादेवी दास र रमणकुमार दास, बागमतीमा मनमाया विक र सिर्जना सेञ्चुरी, गण्डकीमा बिशाल विक र संगीता विक, लुम्बिनीमा सीता दर्नाल र सुस्मा विक, कर्णालीमा विकास टमट्टा र सुदुरपश्चिममा लक्ष्मण विक र राधिका भुल फोकल पर्सन र सहायक फोकल पर्सन तोकिएका छन्।

त्यस्तै, साधारण सभाले एल्बिनो उपसमितिको संयोजकमा रामबहादुर बिक र उपसंयोजकमा संगीता रसाइलीलाई चयन गरेको छ।

साधारणसभाले संघको गत आर्थिक वर्षको सांगठनिक र आर्थिक प्रतिवेदनहरू पारित गरेको छ भने आगामी वर्षको कार्ययोजना समेत तय गरेको छ।

साधारणसभाको अवसरमा संघले संरक्षक तथा सल्लाहकारहरू राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, संविधानसभा सदस्य विनोद पहाडी र अधिकारकर्मी डा. प्रतिमा गुरुङलाई सम्मान गरेको छ।

सभामा बोल्दै प्रतिनिधिसभा सदस्यत्रय गणेश विक, प्रेम वयक र यशुदाकुमारी बरालले अपाङ्गता अधिकारसम्बन्धी कानून निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरू भित्रको विविधतालाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए।

  • ३० श्रावण २०८३, शनिबार २१:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’
    ज्योति महतसँग मन्त्री सिता बादीको भेट, उपचार र आत्मनिर्भरताका लागि आवश्यक सहयोग गर्ने

    ताजा अपडेट

    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    राष्ट्रिय भेलामा समूहगत प्रस्तुतीकरण, प्रदेशगत छलफल तथा व्यापक सुझाव संकलनपछि ती सुझावलाई समेटेर अन्तिम...

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित

    काठमाडौँ ३० श्रावण । दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान)को अध्यक्षमा कृष्ण गहतराज...

    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    • जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’
    • जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU