सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

तोरीको तेलमा नयाँ मापदण्ड प्रस्ताव : प्रत्यक्ष खान नमिल्ने तेल खुद्रा प्याकमा बेच्न नपाइने ।

तोरीको तेलसम्बन्धी नेपाल गुणस्तरको दोस्रो संशोधन मस्यौदाले तेललाई पाँच श्रेणीमा वर्गीकरण गर्दै मिसावट, अफ्लाटक्सिन, हेक्सेन, विषाक्त धातु, प्याकेजिङ, लेबलिङ र अतिरञ्जित विज्ञापनसम्बन्धी मापदण्ड प्रस्ताव गरेको छ।

काठमाडौँ ५ असोज । नेपाल गुणस्तर तथा नापतौल विभागले तोरीको तेलसम्बन्धी नेपाल गुणस्तर ०३:२०३५ को दोस्रो संशोधन, २०८३ को अन्तिम मस्यौदा तयार गरेको छ। मस्यौदामा खाने प्रयोजन तथा प्रशोधित तोरीको तेल उत्पादनमा प्रयोग हुने तेलको गुणस्तर, नमुना संकलन र परीक्षण विधिसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ।

मस्यौदा अनुसार तोरीको तेललाई उत्पादन विधिका आधारमा थिचेर निकालिएको र विलायक प्रयोग गरी निकालिएको गरी दुई प्रकारमा विभाजन गरिएको छ। थिचेर निकालिएको तेलअन्तर्गत प्रशोधित, प्राकृतिक र एक्सपेलर गरी तीन श्रेणी तथा विलायक प्रयोग गरी निकालिएको तेलअन्तर्गत प्रशोधित र श्रेणी–१ गरी दुई श्रेणी प्रस्ताव गरिएको छ।

थिचेर निकालिएका तीनवटै श्रेणी तथा विलायक प्रयोग गरी निकालिएको प्रशोधित तोरीको तेल प्रत्यक्ष खाने प्रयोजनका लागि उपयुक्त हुने प्रस्ताव छ। तर विलायक प्रयोग गरी निकालिएको श्रेणी-१ तेल प्रत्यक्ष खान नमिल्ने र त्यसलाई प्रशोधित तेल बनाउन मात्रै प्रयोग गर्न सकिने उल्लेख छ।

मिसावटसँगै आर्जिमोनमा पनि रोक
मस्यौदाअनुसार तोरीको तेल राम्रो गुणस्तरको तोरीको पिना वा सफा र स्वस्थ तोरीको बीउबाट उत्पादन गरिएको हुनुपर्नेछ। विलायक प्रयोग गरी निकालिने प्रशोधित र श्रेणी-१ तेलमा खाद्यस्तरको हेक्सेन प्रयोग गर्नुपर्ने प्रस्ताव छ।

तेल सफा हुनुपर्ने र त्यसमा मिसावट, थेग्रान, तैरिएका वा अन्य बाह्य पदार्थ, छुट्टिएको पानी तथा थपिएको रङ र स्वादजन्य पदार्थ हुनु नहुने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदाले आर्जिमोन मेक्सिकानासमेत हुनु नहुने स्पष्ट गरेको छ। तेलको पेरोक्साइड मान प्रतिकिलो १० मिलिइक्विभ्यालेन्ट पेरोक्साइड अक्सिजनभन्दा बढी हुन नहुने प्रस्ताव छ।

तेलमा अखाद्य तेल तथा अन्य मिसावट हुनु नहुने र अफ्लाटक्सिन प्रतिकिलो ३० माइक्रोग्रामभन्दा बढी हुन नहुने प्रस्ताव छ। धातुजन्य प्रदूषक र विषादी अवशेष पनि सरकारले तोकेको अनिवार्य खाद्य गुणस्तरको सहनशीलता सीमाभित्र रहनुपर्नेछ।

हेक्सेन अधिकतम ५ पीपीएम
मस्यौदाको तालिका-१ मा विभिन्न श्रेणीका तोरीको तेलका लागि चिस्यान तथा अघुलनशील अशुद्धता, रङ, अपवर्तनाङ्क, साबुनीकरण मान, आयोडिन मान, अम्लीय मान, साबुन नबन्ने पदार्थ, प्राकृतिक आवश्यक तेल, धमिलोपन तापक्रम, प्रज्वलन बिन्दु र हेक्सेनलगायतका प्राविधिक सीमा प्रस्ताव गरिएका छन्।

विलायक प्रयोग गरी निकालिएको प्रशोधित तेलमा हेक्सेन अधिकतम ५ पीपीएम प्रस्ताव गरिएको छ। पोलिब्रोमाइड परीक्षणको नतिजा ऋणात्मक हुनुपर्ने व्यवस्था पनि मस्यौदामा छ।

विषाक्त धातुको सीमा पनि प्रस्ताव
तोरीको तेलमा सिसा र आर्सेनिक अधिकतम ०.१-०.१ मिलिग्राम प्रतिकिलो, क्याडमियम १ मिलिग्राम प्रतिकिलो र कुल पारो ०.२५ मिलिग्राम प्रतिकिलो भन्दा बढी हुन नहुने प्रस्ताव गरिएको छ।

प्रत्यक्ष खान नमिल्ने तेल उपभोक्ता प्याकमा राख्न नपाइने
एक पटक प्रयोग भइसकेका टिन वा प्लास्टिकका भाँडा खाने तेल तथा बोसो प्याक गर्न पुनः प्रयोग गर्न नपाइने प्रस्ताव छ। प्रत्यक्ष खाने प्रयोजनका लागि उपयुक्त नभएका प्रकार तथा श्रेणीका तेललाई उपभोक्ता प्याकमा राख्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।

तेलको भाँडामा नाम, प्रकार र श्रेणी, खुद परिमाण, उत्पादकको नाम र ठेगाना, दर्ता व्यापारचिह्न भए त्यसको विवरण, ब्याच वा लट नम्बर तथा उत्पादन भएको महिना र वर्षलगायतका विवरण उल्लेख गर्नुपर्नेछ।

प्रत्यक्ष खान नमिल्ने विलायकबाट निकालिएको श्रेणी-१ तेलमा ‘प्रत्यक्ष खाने प्रयोजनका लागि होइन’ भन्ने चेतावनी कम्तीमा ५० मिलिमिटर आकारको अक्षरमा स्पष्ट रूपमा राख्नुपर्ने प्रस्ताव छ।

अतिरञ्जित दाबीमा रोकको प्रस्ताव
मस्यौदाले खाने तेलको प्याकेट, लेबल वा विज्ञापनमा अति प्रशोधित, अतिरिक्त प्रशोधित, सूक्ष्म प्रशोधित, दोहोरो प्रशोधित, अत्यधिक प्रशोधित, कोलेस्ट्रोलविरोधी, कोलेस्ट्रोल नियन्त्रण गर्ने, मुटुका लागि हितकर, कोलेस्ट्रोलमैत्री र सन्तृप्त बोसोरहित जस्ता उत्पादनको गुणस्तरलाई अतिरञ्जित गर्ने अभिव्यक्ति प्रयोग गर्न नपाइने प्रस्ताव गरेको छ।

मस्यौदामा अफ्लाटक्सिन, हेक्सेनको अवशेष तथा पोलिब्रोमाइड परीक्षणका विस्तृत विधिसमेत समावेश गरिएका छन्।

  • ५ आश्विन २०८३, सोमबार १८:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    मौलापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहद्वारा कार्यभार ग्रहण ।
    Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’
    गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    ताजा अपडेट

    मौलापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहद्वारा कार्यभार ग्रहण ।

    प्रेमचन्द्र झा,रौतहट १९ असोज । मौलापुर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव...

    लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन ।

    प्रेमचन्द्र झा, रौतहट  १९ असोज । लालबकैया नदीको कमजोर बन्दै गएको तटबन्धका कारण वर्षायाममा...

    • रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै संघर्ष समिति, निर्णायक आन्दोलनको चेतावनी ।
    • भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहितको परिवार अलपत्र ।
    • Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’
    • गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU