सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन ।

प्रेमचन्द्र झा, रौतहट  १९ असोज । लालबकैया नदीको कमजोर बन्दै गएको तटबन्धका कारण वर्षायाममा रौतहटका विभिन्न बस्ती तथा खेतीयोग्य जमिन डुबानमा पर्ने समस्या समाधान गर्न दुईतर्फी तटबन्धको मर्मत, स्तरोन्नति तथा विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ।
रौतहटको देवाही गोनाही नगरपालिका–४ खापटोल निवासी भाग्य नारायण बैठाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा निवेदन दिँदै लालबकैया नदीको तटबन्ध तत्काल मर्मत सम्भार तथा स्तरोन्नति गर्न माग गरेका हुन्।
बैठाले प्रधानमन्त्रीसमक्ष दिएको निवेदनमा खापटोलको पश्चिमतर्फ बग्ने लालबकैया नदीमा वर्षायाममा आउने बाढीका कारण सयौँ गाउँ डुबानमा पर्ने गरेको उल्लेख गरेका छन्। बाढीका कारण किसानको घर, खेतीपाती तथा सम्पत्तिमा ठूलो क्षति पुग्दै आएको र यसबाट सर्वसाधारणको जनजीवनसमेत प्रभावित भइरहेको निवेदनमा जनाइएको छ।
निवेदनअनुसार २०६८ सालभन्दा अगाडि नेपाल सरकारको तर्फबाट लालबकैया नदीको दुवैतर्फ तटबन्ध निर्माण गरिएको थियो। तर लामो समयदेखि आवश्यक मर्मत सम्भार तथा स्तरोन्नति हुन नसक्दा उक्त तटबन्ध अहिले कमजोर अवस्थामा पुगेको दाबी गरिएको छ। वर्षायाममा नदीमा पानीको बहाव बढ्दा कमजोर तटबन्ध भत्किने र आसपासका बस्तीमा बाढी पस्ने जोखिम बढेको निवेदनमा उल्लेख छ।
बैठाले लालबकैया नदीको पुल क्षेत्रदेखि देवाही गोनाही नगरपालिका–४ को दक्षिणतर्फ भारतको सीमासम्म तथा उत्तरतर्फ जंगलसम्म दुवैतर्फको तटबन्ध विस्तार गर्न माग गरेका छन्। साथै विद्यमान तटबन्धको स्तर उन्नति गरी आवश्यक स्थानमा कालोपत्रेसहित मर्मत सम्भार गर्नुपर्ने उनको माग छ।
नदी नियन्त्रण तथा तटबन्ध निर्माणका लागि आवश्यक बजेट तत्काल विनियोजन गरी सम्बन्धित निकायलाई काम अघि बढाउन निर्देशन दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ। निवेदनमा तटबन्धको कमजोर अवस्थाका कारण हरेक वर्ष बाढी र डुबानको जोखिममा रहेका स्थानीय बासिन्दाको सुरक्षा तथा कृषि क्षेत्रको संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरिएको छ।
बैठा केन्द्रीय अध्यक्ष रहेको तराई स्वतन्त्र न्याय मञ्चका तर्फबाट समेत उक्त माग अघि सारिएको हो। स्थानीयस्तरमा वर्षेनी दोहोरिँदै आएको डुबानको समस्या समाधान गर्न नदी नियन्त्रणका लागि स्थायी संरचना निर्माण र पुराना तटबन्धको वैज्ञानिक ढंगले पुनःनिर्माण गर्नुपर्ने माग निवेदनमार्फत गरिएको छ।

  • १९ आश्विन २०८३, सोमबार २२:४७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै संघर्ष समिति, निर्णायक आन्दोलनको चेतावनी ।
    भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहितको परिवार अलपत्र ।
    जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।

    ताजा अपडेट

    मौलापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहद्वारा कार्यभार ग्रहण ।

    प्रेमचन्द्र झा,रौतहट १९ असोज । मौलापुर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव...

    लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन ।

    प्रेमचन्द्र झा, रौतहट  १९ असोज । लालबकैया नदीको कमजोर बन्दै गएको तटबन्धका कारण वर्षायाममा...

    • रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै संघर्ष समिति, निर्णायक आन्दोलनको चेतावनी ।
    • भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहितको परिवार अलपत्र ।
    • Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’
    • गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU