श्रीमान् का हरेक कार्यको श्रीमितिहरू चाल पाउँछन्
पुरुषले जे जति भन्छन् वा गर्छन्, त्यसका पछाडिका कथाहरू स्त्रीहरूले चाल पाइहाल्छन्। जब पुरुषहरू मुखरित भएर तारिफ गर्छन्, वा मक्खन लगाउँछन्, वा फकाउने भरमग्दुर प्रयास गर्छन्, तिनका पछाडिका मनपरीतन्त्रहरू स्त्रीहरूले चाल पाइहाल्छन्।
तिनीहरू चाल पाउँछन्, हरेक नभनिएको सत्य, जब पुरुषहरू भित्रभित्रै आँधी बोकेर हिँड्न थाल्छन्। तिनीहरू चाल पाउँछन् हरेक भनिएको झूट, जसलाई भन्दा तिनको घाँटी सुक्छ र बेफिक्री हाँसोले भित्रको छटपटी ढाक्ने प्रयास गर्छन्।
स्त्रीहरू पुरुषका अनुहार पढ्न सक्छन्। तिनीहरू पढ्न सक्छन्— निधारका धर्सामा आएका खुम्च्याइहरू, उठेका भौँहरू, अतीतका दागहरू, भविष्यका छायाँहरू, आँखाको चमक वा ओसिलोपन, ओठमा सजाइएका अनेकौँ मुस्कानहरू र ती मुस्कानमा लुकेका विचारहरू, स्त्रीहरूले चाल पाइहाल्छन्। तिनीहरू भावहीन सपाट अनुहारमा काँप्ने आवाजहरू सुन्छन्।
सपाट अनुहार र सन्तुलित आवाजमा लरबराउँदै गरेको तीव्र वा मन्द धड्कन, प्रवाह जैविक हो कि अजैविक? जुन धार बगिरहेको छ, त्यस बहावको ताप नाप्छन्। हो! स्त्रीहरू चाल पाइहाल्छन्। पेटको गडबडी सुन्छन् र थाली सजाउँछन्। समय र परिस्थिति बुझेर चिया पहिले नै बसाउँछन्। पुरुषका तत्कालका आवश्यकता मात्र होइन, तिनका सम्भावित आवश्यकताको पनि भेउ पाउँछन्। आफ्ना साथीसँग अनगिन्ती भूमिका निर्वाह गर्छन्।
कहिले मित्र, कहिले पत्नी वा आमा बन्नुपर्छ? स्त्रीहरूले चाल पाइहाल्छन्। चुपचाप बस्यो भने ठगिन्छन्, र मनको सत्य बोल्यो भने कठघरामा उभ्याइन्छन्। जेसुकै होस्, स्त्रीहरू जब प्रेममा हुन्छन्, चाल पाइहाल्छन्। स्त्रीहरू जब प्रेममा हुँदैनन्, तब पनि चाल पाइहाल्छन्।
चढ्दो-ओर्लंदो प्रतिक्रिया, आचार-विचार, सञ्चार र सम्बन्धमा पलाउने हरेक नयाँपन, तिनीहरू सधैँ चाल पाइहाल्छन्। तैपनि तिनीहरू आफ्ना लागि त्यही पुरुष रोज्छन् जसलाई मन सुम्पिए, आत्मसमर्पण गरे, सर्वस्व दिए। बारम्बार, हरपल्ट सबै कुरा चाल पाएर पनि तिनीहरू रोज्छन्।
यसकारण होइन कि विकल्प छैन, बरु यसकारण कि तिनीहरू थाकिसकेका हुन्छन्— ठगिनबाट, कठघरामा उभिनबाट, झूट सुन्नबाट; तिनीहरू विकल्प खोज्दा-खोज्दा थाकिसकेका हुन्छन्, तिनीहरू चाल पाउँदा-पाउँदा थाकिसकेका हुन्छन्। र जब चाल पाएका कुराहरूलाई नै झुठो साबित गर्न थालिन्छ, तब तिनीहरू जाने समयको चाल पाउँछन्, धागो काट्न थाल्छन्, ऊर्जा बटुल्न थाल्छन्। स्त्रीहरू सामान धेरै पछि बटुल्छन्।
स्त्रीहरू सबैभन्दा पहिले चाल पाउँछन्, नाप्छन्, तौलन्छन्। स्त्रीहरू जानुभन्दा धेरै पहिले नै गइसकेका हुन्छन्, तर स्त्रीहरू तैपनि अडिन्छन्, एउटा आशाको सहारामा । जुन दिन त्यो आशाले

सोनालीको मोजमस्तीबाट ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया