सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

उपन्यासकार वसन्त पराजुलीको ‘बखान’ माथि वालिङमा विमर्श

वालिङ, १३ वैशाख । युवा लेखक एवम् पत्रकार वसन्त पराजुलीद्वारा लिखित पछिल्लो उपन्यास ‘बखान’ माथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा आइतबार वालिङस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्टमा उक्त विमर्श कार्यक्रम सम्पन्न भएको हो ।

विमर्शमा सहभागी वक्ताहरूले ‘बखान’ उपन्यासलाई इतिहासको एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा चित्रण गरेका छन् । पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले यो उपन्यास प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीमा मात्र सीमित नरही एउटा सिंगो कालखण्डको इतिहास भएको बताउनुभयो । समीरले उपन्यासमा सात सालको क्रान्तिको कथा, तत्कालीन जीवनको यथार्थ चित्रण, नेपाली काँग्रेसको इतिहास, सहकारी आन्दोलन र चितवनको बस्ती विकासको इतिहासलाई पर्यावरणीय चेतका साथ उधिनिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा आफ्ना धारणा राख्दै उपन्यासकार वसन्त पराजुलीले ऐतिहासिक तथ्यहरूलाई साहित्यमा उतार्नु जोखिमपूर्ण भए पनि आफूले बखानसिंह गुरुङको योगदानलाई लिपिबद्ध गर्न यो प्रयास गरेको बताउनुभयो । उहाँले चितवनको राजनीति, समाज र सहकारी क्षेत्रमा गुरुङले पुर्‍याएको ऐतिहासिक योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउनु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै, समाजसेवी तथा साहित्यकार ध्रुव शर्मा पंगेनीले ‘बखान’ उपन्यासले एउटा बिर्सिएको इतिहासलाई पुनः जीवित गराएको बताउनुभयो । यसले तत्कालीन समयको राजनीतिक चेतना मात्र नभएर सामाजिक संरचना बुझ्न भुमिका खेलेको बताउनुभयो ।नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङजस्ता ओझेलमा परेका पात्रको योगदानलाई पुस्तकका रूपमा ल्याएर लेखकले महत्त्वपूर्ण सामाजिक दायित्व पूरा गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कवि तथा निबन्धकार शम्भु अर्यालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा लेखकको साहित्यिक व्यक्तित्वमाथि पनि चर्चा गरिएको थियो । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष समेत रहनुभएका पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रीमी आइज’ जस्ता कथासङ्ग्रहहरू पाठकमाझ लोकप्रिय छन् ।

  • १६ बैशाख २०८३, बुधबार ११:२६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU