सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

धनबहादुर बिक, पुनर्वास २४ साउन । पुनर्वास नगरपालिका ९ स्थित स्थानीय परोपकार समाज का युवाहरू आफ्नो गाउँ टोल तथा सडक सरसफाइमा सक्रिय भएका छन ।
साउने बरसात सुरु भए संगै सडक छेउछाउ तिब्र रूपमा झाडी जंगल बढेपछि स्थानीय युवाहरू सरसफाइमा जुटेका हुन ।

शनिबार स्थानीय परोपकार समाजको वडा नम्बर ९ अन्तर्गतका मुख्य तथा सहायक सडक छेउका झाडी सरसफाइ गर्नु का साथै सडकमा हुने खाल्डाखुल्डी पुर्ने कार्यमा जुटेका छन ।
“स्वच्छ बाटो, सुरक्षित समाज र सकारात्मक युवा — हाम्रो साझा जिम्मेवारी” भन्ने मुल नारा सहित युवाहरू सरसफाइमा जुटेका हुन ।

 

उनिहरू ले बिशेष गरि सुदूरपश्चिम कै ऐतिहासिक पर्यटन क्षेत्र प्याराताल परिसर तथा राष्ट्रिय मा.वि. जाने गेटदेखि खड्डा जाने बाटो आसपास रहेका भगालो, बयर लगायतका झाडी सफाइ सम्पन्न गरेका छन ।
परोपकार समाजको आव्हान मा खड्का कङ्कड प्रहरी चौकी बिचफाटा, सशस्त्र प्रहरी बल (APF) BOP पोस्ट बिचफाँटा, संस्थाका सल्लाहकार संयोजक नारायण प्रसाद जैशी, सदस्य कमल प्रसाद उपाध्याय लगायत , समाजसेवी तथा स्थानीयहरूको सहभागितामा रहेको थियो ।
संस्थाले सञ्चालन गरेको सरसफाइ अभियानको स्थानीयले प्रशंसा गर्दै समाजहितमा हुने यस्ता सकारात्मक कार्यका लागि धन्यवाद व्यक्त गरेका थिए। साथै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सरसफाइ अभियानमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए।


कार्यक्रममा परोपकार समाजका अध्यक्ष नवराज बुढाले सरसफाइ अभियानमा उपस्थित भई सहयोग गर्ने प्रहरी, सशस्त्र प्रहरी, संस्थाका पदाधिकारी, युवा, समाजसेवी तथा स्थानीयवासीलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भगालो तथा बयरका झाडीका कारण बाटो आसपासको क्षेत्र असुरक्षित र अव्यवस्थित हुनुका साथै त्यस क्षेत्रको गलत प्रयोगले युवाहरूमा समेत नकारात्मक असर परेको बताउनुभयो।
अध्यक्ष बुढाले समाजलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले आगामी दिनमा सकेसम्म प्रत्येक शनिबार र आइतबार यस्ता सरसफाइ तथा सामाजिक सुधारका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।
उहाँले समाज सुधार कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएकाले सबैको निरन्तर सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो।

  • २४ श्रावण २०८३, आईतवार २०:०० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    तीनदिन देखि सम्पर्क विहिन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह जंगलमा मृत फेला

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU