सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

फिल्मको सेटमा दुर्व्यवहार भएको काजल कर्णको दाबी, घटनाको निष्पक्ष छानबिन गर्न उषा रजकको आग्रह

काठमाडौँ  २७ असार । कलाकार काजल कर्णले नेपाली फिल्म ‘चिरञ्जीवी भव:’ को छायाङ्कनका क्रममा आफूले मधेसी भएकै कारण जातीय तथा क्षेत्रीय विभेद, अपमान र मानसिक दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै कर्णले फिल्ममा अनुबन्ध भएपछि निकै उत्साहित भए पनि छायाङ्कन सेटमा पुगेपछि कलाकारका रूपमा होइन, विभेदको सिकारका रूपमा व्यवहार गरिएको दाबी गरेकी हुन् ।

उनका अनुसार सुरुमै आफूलाई पोसाक व्यवस्थापनदेखि यातायातसम्मको विषयमा समस्या सिर्जना गरिएको थियो । छायाङ्कनका क्रममा मेकअप रुममा अपमानजनक व्यवहार गरिएको, आफ्नो स्क्रिप्टमा नभएका दृश्य गर्न बाध्य पारिएको तथा आफूलाई ‘मधेसी’ भन्दै बारम्बार होच्याइएको आरोप उनले लगाएकी छन् ।

कर्णले मेकअप आर्टिस्टले जानीजानी अनुहारमा कालो मेकअप लगाएको, आफूलाई ‘आश्रममा काम गर्ने’, ‘गाई–गोठालो हेर्ने’ पात्र भन्दै अपमान गरिएको तथा ‘तराईको मान्छे’ भन्दै भैँसी र गाई बोलाएर देखाउनसमेत भनिएको उल्लेख गरेकी छन् । सेटमा आफूलाई ‘यो मधेसी’ भन्दै मजाक बनाइएको उनको दाबी छ ।

उनले स्क्रिप्टमा उल्लेख नभएका फोहोर उठाउने र कुचो लगाउने दृश्य गराइएको तथा दुई दिनसम्म कलाकारभन्दा मजदुरजस्तो व्यवहार गरिएको पनि आरोप लगाएकी छन् ।

पारिश्रमिकको विषयमा पनि कम्पनीले बेवास्ता गरेको उनको भनाइ छ । बाँकी पारिश्रमिक र लुगा खर्च माग्दा इटहरी बोलाएर आफ्नो स्थानमा अर्कै कलाकार राखिएको थाहा पाएको तथा कुनै जानकारीबिनै निर्देशक दीपकप्रसाद आचार्यको निर्देशनमा फिल्मबाट हटाइएको दाबी कर्णले गरेकी छन् ।

उनले यो घटना व्यक्तिगत पीडा मात्र नभई नेपाली फिल्म उद्योगभित्र मधेसी कलाकारले भोग्नुपरेको विभेदपूर्ण मानसिकताको उदाहरण भएको उल्लेख गर्दै ‘मधेसी हुनु नै हाम्रो गल्ती हो’ भन्ने प्रश्न गरेकी छन् । एउटा भूमिका खोसिँदैमा आफ्नो सपना नसकिने भन्दै उनले आफू र आफूजस्ता मधेसी कलाकारका अधिकारका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

यसैबिच, काजल कर्णको स्ट्याटस सेयर गर्दै सामाजिक अभियन्ता उषा रजकले घटनाले चलचित्र क्षेत्र मात्र होइन, अधिकांश कार्यस्थलमा देखिने संरचनागत विभेदलाई उजागर गरेको टिप्पणी गरेकी छन् ।

रजकले मुख्य र सहायक कामदारबिचको विभेद, जातीय तथा क्षेत्रीय भेदभाव, जानकारीबिनै कलाकार वा कर्मचारी प्रतिस्थापन, पारिश्रमिक सम्बन्धी अन्याय तथा गरिएका प्रतिबद्धता पूरा नगर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उल्लेख गरेकी छन्।

साथै, निर्देशक दीपकप्रसाद आचार्यलाई सृजनशील र व्यावसायिक व्यक्तित्वको रूपमा उल्लेख गर्दै उनले यस्तो व्यवहारबारे निर्देशकलाई जानकारी थियो वा थिएन भन्ने प्रश्न उठाएकी छन् । यदि जानकारी नभएको भए अब पीडितसँग माफी माग्दै भविष्यमा नेपाली फिल्म क्षेत्रमा मधेसी तथा अन्य समुदायमाथि यस्ता व्यवहार दोहोरिन नदिने वातावरण बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव पनि उनले दिएकी छन्।

यस विषयमा निर्देशक दीपकप्रसाद आचार्य वा फिल्म निर्माण पक्षको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।

  • २७ असार २०८३, शनिबार १४:०८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU