दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
खेम राज खनाल १ भाद्र । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको समुपस्थितिमा तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८३।०४।२८ गतेको निर्णयानुसार मिति २०८३।०५।०१ गतेबाट लागु हुने गरी प्रहरी नियमावली, २०७१ संशोधन सहित को नियम १२९ को उपनियम २ र (२क) को देहाय (ख) बमोजिम जनपद तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक हरिशरण पौडेलज्यूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
केहि तस्विरहरुः

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया