सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भिजिट भिसा वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयको सरोकारको विषय होइन’: महानिर्देशक भट्टराई

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भ्रमण भिसामा विदेश जाने विषय श्रम मन्त्रालय र यसअन्तर्गतका निकायहरूको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका छन्।

शुक्रबार विभागमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भ्रमण भिसा लिएर विदेश जाने व्यक्तिहरूसँग मन्त्रालय वा मातहतका निकायको कुनै सम्बन्ध नरहने बताए। उनले भने, “भ्रमण भिसा अध्यागमन विभागको क्षेत्राधिकारभित्र पर्छ। हाम्रो मन्त्रालय र विभागको सरोकार केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने कामदारहरूसँग मात्र हुन्छ।”

महानिर्देशक भट्टराईले श्रम स्वीकृति प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाउन विभागले तीव्र रूपमा काम गरिरहेको जानकारी दिए। उनले भने, “वैदेशिक रोजगारमा जाने कामदारले आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका छौँ। यो प्रक्रियालाई अझ चुस्त बनाउन प्रयासरत छौँ। यसले बिचौलियाहरूको सञ्जाल तोड्न सहयोग पुर्‍याउँछ। हामी समग्र सुधारका लागि निरन्तर काम गरिरहेका छौँ।” सञ्चारकर्मीले कोरियासम्बन्धी भिसाबारे सोधेको प्रश्नमा भट्टराईले इ–९ र इ–७ भिसाबारे स्पष्ट पार्दै यी दुई फरक प्रकृतिका भिसा भएको बताए। उनले भने, “इ–९ र इ–७ भिसाबारे कतिपयमा अन्योल देखिएको छ। यी दुवै भिसा फरक–फरक उद्देश्यका लागि हुन्। इ–९ भिसा कोरिया सरकारको श्रम तथा रोजगारी मन्त्रालयले जारी गर्छ भने इ–७ भिसा कोरियाकै न्याय मन्त्रालयले जारी गर्छ। यी दुवै भिसामार्फत कोरिया जाने अवसर प्राप्त हुन्छ। हालै कोरियाबाट आएका प्रतिनिधिसँग हामीले गम्भीर छलफल गरेका छौँ।” महानिर्देशक भट्टराईले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सुधारका प्रयासहरूले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे।

  • ९ जेष्ठ २०८२, शुक्रबार १२:२१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU