सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर

काठमाडौं १३ साउन  । साउन १० गते राती सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वार्ड न . ३ कप्तानगन्ज मा फरक समुदायबीच भएको विवादका सन्दर्भमा सुरक्षाकर्मीले गोली चलाउँदा १ जनाको मृत्यु भएको र झन्डै दुई दर्जन घाइते भएको घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ ।

सोही स्थानमा केही साता अगाडी उत्पन्न विवाद निरूपण हुन नसकेको पृष्ठभूमिमा सो घटना घटेको देखिन्छ । शान्ति समाजका सुनसरी स्थित सदस्यहरू वाट प्राप्त विवरण अनुसार मध्यरातमा स्थिति नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने विकल्प छँदाछँदै आवेगमा आएर सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको देखिन्छ । राज्य, सरकारको प्रमुख दायित्व नागरिकको जीवन रक्षा गर्नु हो ।नागरिक कै जीवन हरण हुने गरी भएको यो गोली काण्डको शान्ति समाज निन्दा गर्दछ र घटनाको स्वतन्त्र एवं निष्पक्ष छानबिनका लागि शीघ्र उच्च स्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पुन आग्रह गर्दछ । यसै गरी दोषीलाई कारबाही, पीडितलाई न्याय र घाइतेहरूको उपचार लगायत राहतको व्यवस्था सुनिश्चित गर्नु पर्दछ ।

शान्ति समाजले समुदायबीच सुमधुर सम्बन्ध, सद्भाव प्रवर्द्धनका लागि सदैव व्यापक साझेदारी र सहकार्य मा जोड दिँदै आएको छ । देशमा कुनै पनि समूह, समुदायले अन्याय, असुरक्षा अनुभूत गर्नु नपरोस्, अहिंसा, शान्ति, सद्‌भाव र सहिष्णुता सदैव जीवन धारा बनोस् भन्नका खातिर सबै क्षेत्रबाट इमानदार पहल र योगदान अहिलेको आवश्यकता हो । तसर्थ बलको अत्यधिक प्रयोग वाट समस्या समाधान हुन्छ भन्ने आत्मघाती एवं रुखो व्यवहार त्यागेर संवाद, सह‌मति र सहकार्यको मार्ग अवलम्बन गर्न सरकार लाई शान्ति समाज आग्रह गर्दछ । यसै गरी घरमा आगो लागेको वेला त्यस्तो आगो निभाउन परिवारका सबै सदस्यको कर्तव्य भएकोले सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धनका लागि आआफ्नो क्षेत्र वाट विशेष योगदान गर्न राजनीतिक समाज ,नागरिक समाज, सञ्चार जगत् सबै नागरिक लाई शान्ति समाज आह्वान गर्दछ ।

समाजका तर्फबाट मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमितिका सभापति रेनुका पौडेलव्दारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

  • १३ श्रावण २०८३, बुधबार १६:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU