सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गर्भा दरबार पुरातात्त्विक महत्वको दरबारमा ठेकेदारको मनोमानी, वास्तविक सिमाना एकातिर,पर्खाल अर्कोतिर

धनगढी,२४ जेष्ठ ।  कैलालीको चुरो गाउँपालिका प्राकृतिक मात्र होइन ऐतिहासिक महत्त्व बोकेको पालिका हो। कृषि, पर्यटन, फलफूल जातका खेती र बाख्रा उत्पादनका हिसाबले यो सुदूरपश्चिमकै लोभलाग्दो क्षेत्रका रूपमा प्रमाणित हुँदै गएको यस क्षेत्रमा रहेका सरकारी निकायले नै ठहर गरिसकेको क्षेत्र हो।

त्योभन्दा कैलालीको चुरे गाउँपालिका–४ मा रहेको १९८४मा निमार्ण भएको पुरानो राणाकालीन दरबार यस क्षेत्रका लागि मात्र होइन सुदूरपश्चिम प्रदेशकै लागि पुरातात्त्विक महत्वको गहनाका रूपमा रहेको छ।

साविक खैराला ४ मा अवस्थित ऐतिहासिक गर्भा दरबारको संरक्षण भने हालसम्म पनि हुन सकेको छैन। यद्यपि राजनीतिक स्वार्थ र कमिसनका अनेक लोभमा यो ऐतिहासिक दरबारमा बेलाबखत प्रदेश सरकारले सानातिन बजेट छुट्याउने गरेको छ। तर ती बजेटहरू दरबारको संरक्षण र प्रवर्धनभन्दा पनि अनियमितताका लागि खर्च गरिने गरेको गुनासो उच्च छ।

यस पटक पनि प्रदेश सरकारको पर्यटन मन्त्रालयले दिएको १० लाखको बजेट त झन् दरबारको क्षेत्रफल नै खुम्च्याइने प्रयोजनका लागि खर्च भएको गुनासो स्थानीय शिक्षक भिमलोक चन्दको छ। चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीका अनुसार आफूहरूसँग जानकारी र समन्वय नै नगरेर दिइएको योजनाले दरबारको वास्तविक सिमाना बाहिर छोडेर पर्खाल लगाइएको छ ।

प्रदेश सरकारको पर्यटन मन्त्रालयको बजेटबाट दरबारको संरक्षणका लागि भन्दै १० लाख रुपैयाँ विनियोजन गरेर पर्खाल निर्माणको काम भइरहेको छ। तर पर्खाल यसरी निर्माण गरिँदै छ कि दरबारको वास्तविक सिमाना बाहिर छोडेर पर्खाल लगाइएको छ। जसले दरबारको नाममा रहेको केही जग्गा पर्खालबाहिरै छुटेको छ।

अध्यक्ष बोगटी भन्छन्, ‘हामीले प्राविधिक पठाएर सिमाना छुट्याउने काम गरेका हौँ, तर स्थानीय जनताको केही घर समेत दरबारको जमिन मिचेर बनाइएको पाइयो, हामीले त्यो हुनु हुँदैन भनेपछि स्थानीय प्रदेशको बजेटमा भइरहेको काममा प्रदेशकै प्राविधिक र नापी टोली चाहिने माग गरे, अनि हामी पछि हट्यौँ।’

अध्यक्ष बोगटीको अनुसार प्रदेश सरकारको उक्त योजना कसरी, कहाँबाट र कुन उद्देश्यका लागि आएको त्यसबारे आफूहरूसँग कुनै जानकारी र समन्वय भएको छैन।पालिकाले अमिन बोलाएर सिमाना छुटाएको भए पनि त्यसअनुसार काम नभएको चुरे गाउँपालिका–४ का अध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले बताए । ‘मैले त सीमा भन्दा दायाँबायाँ पर्खाल लगाउनु हुँदैन भनेको थिएँ। तर त्यहाँका जनताहरूले नै हामी गर्छौँ भने तँलाई के चासो भनेपछि केही गर्न सकिन’, उनले दुखेसो गरे।

दरबार क्षेत्रफलभित्र केही स्थानीयको घरसमेत पर्ने अवस्था छ । ‘कतिपयको घर र गोठ सीमाभित्रै पर्छन्। पछि पुरातत्त्व विभागले हेरेपछि यो पर्खाल भत्काउनुपर्ने अवस्था आउन सक्छ,’ वडा अध्यक्ष लामिछाने मगरले भने।

अध्यक्ष बोगटी भने यो विषय पुरातत्त्व विभागले हेर्ने भएकाले यसमा आफूहरूको दायित्व नरहने दाबी गर्छन्। पर्खाल लगाउने काममा स्थानीय श्रमिक नसमेटिएको भन्दै स्थानीयवासी असन्तुष्ट छन्। ‘काम गर्ने मान्छेहरू सबै बाहिरबाट ल्याइएका छन्। स्थानीय एक जना पनि छैनन्, न त स्थानीय जनताले लाभ पाएका छन्, न त स्थानीय पालिकाको सम्पत्तिमाथि न्याय हराएको छ’, शिक्षक चन्दले भने।

पर्यटन इकाइका प्रमुख डबल बोहरा भने यसलाई संरक्षणको प्रयास मात्र भएको जिकिर गर्छन्। ‘अहिलेको उद्देश्य दरबारको संरक्षण गर्ने मात्रै हो, सिमाना छुट्याउने होइन’, पुरानै पर्खाल भत्काएर नयाँ बनाइएको दाबी उनले गरे। जबकि पुरानो पर्खालभन्दा निकै भित्र रहेर नयाँ पर्खाल निर्माण गरिएको स्थानीयको गुनासो छ। सिमाना छोडिएको विषयमा पालिका जिम्मेवार हुने पर्यटन इकाइका प्रमुख डबल बोहराको जिकिर छ।

उनले भने ‘ दरबार क्षेत्रको सीमा अतिक्रमण भएको छ भने हामीले हटाउन मिल्दैन। पालिकाले पनि हटाउँदैन’,संरक्षण जिम्मेवारी कसको भन्नेमा अन्योल छ। स्थानीय तह, वडा कार्यालय, प्रदेश सरकार वा पुरातत्त्व विभागमध्ये कसले मुख्य भूमिका खेल्ने भन्ने प्रस्ट नभएको बोहराको भनाइ छ। तर प्रदेश सरकारले विकासका नाममा दिने योजनाले सिर्जना गर्ने विवादको जिम्मेवार को रु भन्ने प्रश्नको उत्तर भने बोहरासँग छैन।

संरक्षणको जिम्मेवारी पुरातत्त्व विभागको भए पनि प्रदेशले अनुमति नलिएर काम गरिरहेको गाउँपालिका अध्यक्ष चक्र बोगटीको आक्रोश छ। यस विषयमा पर्खाल निर्माणको जिम्मेवारी लिएका प्रकाश सापकोटा सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ गरिएको छ।

दरबारमा निर्माण भइरहेको पर्खालमा अनियमितता भइरहेको बारे स्थानी जनता मात्र होइन नेपाली काँग्रेसका स्थानीय नेताले समेत असन्तुष्टि जनाएका छन्। काँग्रेसका स्थानीय नेता हेम विष्टले दरबारको वास्तविक क्षेत्रफल छोडेर निर्माणकर्ताले स्थानीय निकाय, प्रदेश सरकार र अमिनको नाप जोखलाई समेत बेवास्ता गरेर पर्खाल लगाइरहेकोबारे सामाजिक सञ्जालमा आपत्ति जनाएका छन्।

  • २४ जेष्ठ २०८२, शनिबार १४:३२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU