नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरुद्वारा कोशी प्रदेश प्रहरी प्रमुखलाई स्वागत
विराटनगर २४ साउन । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती सरिता खनालज्यू, सचिव श्रीमती सृजना नेपाल दाहाल सहितका पदाधिकारीहरुले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालज्यूलाई स्वागत गर्नु भएको छ । साउन २४ गते नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा प्रदेश प्रहरी प्रमुख शेखर खनालले संघका पदाधिकारीहरुसंग परिचयात्मक कार्यक्रम तथा अन्तरक्रिया गर्नु भएको थियो भने संघकी अध्यक्ष सरिता खनालले नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको सम्पूर्ण गतिविधि तथा श्रीमती संघद्वारा आगामी दिनहरुमा संचालन हुने कार्यक्रमहरुको वारेमा अवगत गराउनु भएको थियो ।
केही तस्विर

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया