भक्तपुर २९ चैत्र । भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा तीनदिनमै करिव २० हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले सो जानकारी दिएका हुन् । उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने उदेश्यले १२ बर्षअधिदेखि मेला आयोजना हुँदै आएको अध्यक्ष महतको भनाई छ । मेलामा स्थानीय उत्पादनदेखि, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्दै आएको अध्यक्ष महतले जानकारी...
ग्वाटेमाला सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौँ आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन्। मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन् ।वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गरेका छन् । मेक्सिको सरकारले उडानहरूको आगमन कुनै सम्झौताको पुष्टि गरेको छैन तर, मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना नागरिकको...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताएका छन् । सरकारी निकायमा वेबसाइट प्रणाली, मोबाइल एप्लिकेसनको जिम्मेवारीका साथै फोरजी–एफटिए मोबाइल कभरेज यस अवधिमा दुई प्रतिशत थप गरी छ लाख जनता माझ पुर्याइएको जानकारी दिए । सञ्चारमन्त्री गुरुङले भने, “मोबाइल सेवालाई ९७.२ प्रतिशत जनतामा पुर्याइएको छ, अप्टिकल फाइबर १६ हजार किलोमिटर, फिक्स्ड ब्रोडब्याण्ड सेवा...
जाजरकोट, कार्तिक १८ । भेरी नगरपालिका–१ कोलचौर जाजरकोटका ४० वर्षीय उदय कामी भन्छन्, ‘जिन्दगीदेखि नै निराश छु।’ उनको शरीर थकित देखिन्छ। न भोक छ, न निन्द्रा नै। गत कात्तिक १७ गते मध्यरातमा आएको भूकम्पले उनको परिवार तहसनहस बनाइदियो। तीन छोराछोरी र श्रीमती गुमाउन पुगे। वैदेशिक रोजगारीमा आफू मलेसिला रहेकाले भूकम्पको झट्कामा परेनन्। तर, भूकम्पमा परी मृत्यु भएकी प्राणप्यारी श्रीमती र छोराछोरीको मुख हेर्न पनि तीन दिनपछि मात्र पाएँ। उनकै आग्रहअनुसार बचेका...
खार्पाखोला, नप्पुटोल दक्षिणकाली । दक्षिणकाली नगरपालिका वडा नम्बर ९ खार्पाखोला, नप्पुटोल निवासी ८० वर्षिय कृष्णबहादुर गुरूङले आफ्नो बुवाको नाममा रहेको जग्गा मध्ये ३ रोपनी जग्गा ओशोधारा संघ नेपाललाई ५४ वर्षका लागि दिएपछि हल, भवन र विविध संरचनाको निर्माण कार्य शुरू भएको छ । शाही रक्षकका रूपमा पुर्वराजा महेन्दसंगै हिडेका कृष्णबहादुर गुरूङ्गले पुर्वराज बिरेन्द्रलाई घोडा चढ्न सिकाएका थिए भने पुर्वराज ज्ञानेन्द्रलाई फुटबल खेल्न सिकाएका थिए । तिनै कृष्णबहादुर गुरूङ्गसंग गरिएको कुराकानी...
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले विकासप्रेमी मेयरको छवि बनाएका छन् । पूर्वाधार विकास गरेकै कारण उनलाई महानगरवासीले दोस्रो पटक ललितपुर महानगरको दोस्रो पटक नेतृत्व सुम्पेका छन् । महानगरमा बाइसाइकल लेन, स्मार्ट स्ट्रिट लाइट, सिसिटिभी जडान, हाइमास्ड लाइटलगायत पूर्वाधार विकास गर्न लागिरहेका उनी सम्पदा संरक्षणमा पनि उत्तिकै क्रियाशील छन् । यिनै विषयमा उनीसँग प्रशासन डट कमले गरेको कुराकानी । ललितपुर महानगरका चर्चित मेयर सा’बको दोस्रो कार्यकाल के–कसरी बित्दै छ ? दोस्रो कार्यकालको...
काठमाडौँ । राज्यको निर्माण, नेपालको विकास, दुई ठूला मुलुकबीच रहेका कारण यहााको भूराजनीतिबारे लामो समयदेखि बहस हुँदै आइरहेको छ । राणाकाल, पञ्चायत र बहुदल हुँदै लोकतान्त्रिक प्रणालीसम्म आइपुग्दा नेपाल र यसको विदेश सम्बन्धमा पनि धेरै उतार–चढाव आइसकेको छ । यी विषयहरूलाई लिएर नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीसँग कान्तिपुरका लागि दुर्गा खनाल, सुरेशराज न्यौपाने र जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश : संसारभरका मान्छेलाई सबैभन्दा उद्वेलित र जोसिलो बनाउने विषय राष्ट्रियता वा राष्ट्रवाद...
काठमाडौँ । लामो कद, लामै कपाल भएका एक अभिनेता छन् जसले नेपाली सिनेमा सबैभन्दा लामो व्यस्त समय व्यतित गरे । २०४६ सालको राजनीतिक परिवर्तनको सेरोफेरोमा बनेको उनको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ अत्यधिक सफल मात्र भएन, त्यसपछि प्रदर्शनमा आएका ‘कसम’, ‘देउता’ लगायत सफल भएपछि त उनले तीन दशक पछाडि फर्कनुपरेन । कुनै बेला वर्षमा तीन दर्जनसम्म फिल्म खेलेका उनी अर्थात् अभिनेता राजेश हमालका कुल २२५ भन्दा बढी फिल्म प्रदर्शनमा आएका छन् । यति लामो...
नयाँ दिल्ली । भारतको चार दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा आउनु भएका प्रधानमन्त्री प्रचण्डलाई आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभयो । सो क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र साँस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा भब्य...
काठमाण्डौ । जीवनलाई सार्थक बनाउन आध्यात्मिक बाटो सुनिश्चित गर्न ओशो धारा संघ नेपालको अहम भुमिका रहेको ओशोका अनुयाययीहरूले बताएका छन । नेपाल सन्दर्भ डटकम अनलाइनको विशेष कार्यक्रम “चिन्तन चौतारी”मा ओशो धारा संघ नेपालका संरक्षक आचार्य श्री ओशो अखण्डसँग वरिष्ठ पत्रकार उमीद बागचन्दले गर्नु भएको विशेष कुराकानी प्रस्तुत गर्दैछु । ओशो धारा संघ नेपाल औपचारिक रूपमा दर्ता भई आफ्ना गतिविधि अघि बढाएपछि पुर्व झापा देखि सुदुरपश्चिमको कैलाली र कञ्चनपुरसम्मका साधक साधिकाहरूले जीवन...

