भक्तपुर औद्योगिक मेलामा तीन दिनमै २० हजार दर्शक
भक्तपुर २९ चैत्र । भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा तीनदिनमै करिव २० हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले सो जानकारी दिएका हुन् ।
उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने उदेश्यले १२ बर्षअधिदेखि मेला आयोजना हुँदै आएको अध्यक्ष महतको भनाई छ । मेलामा स्थानीय उत्पादनदेखि, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्दै आएको अध्यक्ष महतले जानकारी दिए ।
महोत्सव आयोजक समितिका संयोजक दीपक थापाका अनुसार, दैनिक रुपमा नाम चलेका कलाकारको सांगीतीक प्रस्तुतीले महोत्सवको रौनक बढाएको छ । महोत्सवमा बालबालिका र बिधार्थिका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधन राखिएको छ ।
नयाँ बर्षका अवसरमा आयोजना हुँदै आएको महोत्सवले मनोञ्जन र किनमेल एकैथलोमा गर्ने अवसर प्रदान गरेको दधिकोटका डिल्लीराम काफ्लेले बताए । नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर सल्लाघारीस्थित चौरमा आयोजना गरिएको महोत्सव बैशाख ६ गतेसम्म संचालन हुने संयोजक थापाले जानकारी दिए ।
महोत्सवका निर्देशक सुनिल बज्राचार्यका अनुसार, महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू रहेका छन् । महोत्सव अवलोकन गर्ने सर्वसाधारणले एक सय रूपैयाँको टिकट काट्नु पर्छ ।
विद्यार्थीले प्रवेशका लागि ५० रूपैयाँ तिर्नुपर्छ भने जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको निर्देशक बज्राचार्यले जानकारी दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक









तपाइँको प्रतिक्रिया