काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडान दोहोर्याएका छन्। बुधबार बिहान बालकोट पुगेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँगको भेटमा ओलीले पूर्वसहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्ने धारणा राखेका हुन्। भेटमा पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पाउनुपर्ने ओलीले अडान राखे। ओलीले प्रचण्डसँग गरेको कुराकानीलाई उदृत गर्दै एमालेका एक नेताले अन्नपूर्णसँग भने, ‘तपाईँलाई प्रधानमन्त्री बनाउने सहमति भएको बेला नै राष्ट्रपतिको विषय टुंगिसकेको छ।...
जहाज दुर्घटना हुनुअघि जहाज कस्तो अवस्थामा उडिरहेको थियो र कसरी खसेको देख्नुभयो ? पश्चिम तर्फबाट नयाँ विमानस्थलमा अवतरण गर्ने जहाज (काठमाडौंबाट आउने जहाज लेखनाथबाट सोझै पूर्वतर्फबाट अवतरण गर्न सहज भए पनि पूर्व र पश्चिम दुवैतर्फबाट उडान र अवतरण गर्न मिल्ने गरी नयाँ विमानस्थलमा सुविधा छ।) पहिले पनि हाम्रो घर बस्तीमाथिको आकाश हुँदै उड्थ्यो। माघ १ गते बिहान पौने ११ को हुँदो हो (दुर्घटना भएपछि घडी नहेरी उद्धारमा खटिनुपरेकोले समय ख्याल...
कर्णाली प्रदेशमा सभामुख चयन भइन् नन्दा गुरुङ। उनलाई सभामुखभन्दा पनि उनलाई मन्त्री बन्ने आश रहेछ। सभामुखमा पार्टीले छानेपछि सहर्स स्वीकार गरेको नन्दाले बताइन्। यो जिम्मेवारीले थपले थप जिम्मेवार भएको महसुस भएको बताउँदै उनले अन्य बैठकमा बोल्दा मनमा लागेको कुरा बोल्न पाइए पनि अब नापेर मात्र बोल्नुपर्ने उनले बताए। कर्णाली प्रदेशकी सभामुख गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश: कर्णाली प्रदेशसभाको सभामुख निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? यो अवसर पाउँदा कर्णालीले नेपालमै नयाँ इतिहास रचेको...
डा. साब बधाई छ। तपाईंले इसा अवार्ड पाएको कसरी थाहा पाउनुभयो ? अवार्ड आयोजक तपाईं छनोट हुनुभएको छ, बधाई छ भन्ने सन्देश मोबाइलमा पठाउनुभयो। मैले राजदूताबासबाट पनि यो खबर पाएँ। यो कस्तो अवार्ड हो ? यो वर्षैपिच्छे विभिन्न विधामा दिने अन्य अवार्ड जस्तो होइन। दुई वर्षमा एउटा विधामा मात्र दिइन्छ। प्रतिष्ठित यो अवार्ड पाउनेमा कत्तिको आशावादी हुनुहुन्थ्यो ? विश्व स्वास्थ्य संघ (डब्लूएचओ)को फाउन्डेसनसहित अन्य प्रतिष्ठित संस्था पनि सर्ट लिस्टमा थिए। डब्लूएचओ फाउन्डेसनले कोभिड–१९ को...
सत्तामा जानुभएन प्रतिपक्षमा नै बस्नुभयो किन ? हामीले निर्वाचन घोषणापत्रमै प्रखर प्रतिपक्षमा बस्छौं भनेर जनतासँग वाचा गरेका थियौं। प्रतिपक्ष भनेर सत्तामा जाने पुंँजीवादी पार्टीहरूको देश र जनता विरोधी कामको तत्काल ‘सटिक’ ढंगले खण्डन गर्ने र त्यसबारे जनतालाई बताउने हो। त्यो भूमिका हामी निर्वाह गर्छाैं। हामीले जनतालाई जे वचन दिन्छौं। त्यहीअनुसार काम गरिरहेका छौं र गर्नेछौं। हामीले अहिलेसम्म सरकारमा गएका पनि छैनौं। सबै दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा हजुरको पार्टीले किन दिएन...
चुरे विनाश भयो। सकिनै लाग्यो। बर्बादै भयो भनिरहनुहुन्छ। किन सधैं चुरे–चुरे भनिरहनुभएको हो ? मैले जीवनको आठ दशक बिताइसकेँ। सात दशकमा देखेका सारा कुरा मलाई याद छ। बचपनमा मैले देखेकोे तराई स्वर्ग थियो। चुरियाको फेदमा चारकोसेझाँडी फैलिएको थियो। जल, जमिन र जंगलले तराई भरिपूर्ण थियो। तर, अहिले चुरे दोहनले तराई ध्वस्त भइरहेको छ। तराई अरबको मुरुभूमिजस्तो भयो भने त्यसको गर्मी (राप) ले हाम्रो हिमालको सारा बरफ (हिँउ) पग्लिएर जान्छ। अनि,...
धनबहादुर बिक पुनर्वास .कञ्चनपुर को पुनर्वास नगरपालिका १० भिमबस्तिमा रहेको मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी संस्था ले आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको छ । संस्था को नवनिर्मित भवन को उद्घाटन हालै सम्पन्न प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय सहकारी संघ सञ्चालक सदस्य तारालामा तामाङले गरेका थिए । विगत १७ बर्ष भाडाको घरमा रहि संस्थागत कारोबार सञ्चालन गर्दै आएको सहकारीले गत दुई साता देखि आफ्नै नवनिर्मित भवनबाट सेवा...
मोहन मैनालीका बहुपरिचय छन्। उनी पत्रकार हुन्। ‘जोगीमाराका ज्युँदाहरू’ जस्ता थुप्रै स्मरणीय खोज रिपोर्ट लेखेका छन्। लेखक हुन्। ‘उपल्लो थलो’, ‘मान्ठा डराएको जुग’, ‘देखेको देश’ जस्ता पुस्तक प्रकाशित छन्। सम्पादक हुन्। ‘समावेशी लोकतन्त्रका आधारहरू’, ‘मधेशः समस्या र समाधान’ लगायतका उनको सम्पादनमा निस्केका पुस्तक चर्चामा छन्। वृत्तचित्र निर्देशक/लेखक हुन्। ‘लिभिङ अफ् जोगीमारा’, ‘पुनेको प्यान्ट’ लगायतका वृत्तचित्र बनाएका छन्। अनुवादक हुन्। ‘जनता जागेको बेला’, ‘नेपालमा क्षेत्रियता र राष्ट्रिय एकात्मकता’ लगायतका पुस्तक...
भारतले हालै जारी गरेको नक्साको प्रसंगमा विवाद उत्पन्न भइरहेको बेलमा नेपालको सीमा सम्बन्धी विज्ञ तथा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ यसपालि कतै देखिएनन्–सुनिएनन् भन्ने बारेमा चर्चा भइरहेको छ । कालापानी नेपालको हो भनेर प्रमाण जुटाउन पनि उनको भूमिका महत्वपूर्ण मानिन्छ । खासमा उनी केही समयदेखि अमेरिकामा बस्दै आइरहेका छन् । सीमा र नक्साकै विषयमा खोजबिन र तालिममा लागिपरेका उनी अमेरिकापछि ब्राजील गएर आउँदो जनवरी २१ मा मात्रै नेपाल...
रमित बि.क., बाजुरा । गौमुल गाउँपालिकाले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्ने विद्यालय समायोजन प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाका तेस्रो गाउँ सभाबाट विद्यालय समायोजन गर्ने निति यस अघि नै पास भईसकेको छ । गाउँपालिकाको २९ औँ कार्यपालिकाको बैँठकबाट यसै शैक्षिक शत्रमा तत्काल पाईलटिङ्गको रुपमा गौमुल गाउँपालिका–१ दुर्गालीमा रहेको सिम आधारभुत बिद्यालय र महादेब आधारभुत विद्यालयलाई अम्लिस मावि अम्लिसमा गाँभिएका छन् । महादेब आधारभुत बिद्यालयलाई आंशिक रुपमा कक्षा–३ सम्म...

