सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ओलीले प्रचण्डलाई भने – राष्ट्रपतिमा तलमाथि हुने कुरै छैन
"पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पाउनुपर्ने ओलीले अडान "

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडान दोहोर्‍याएका छन्। बुधबार बिहान बालकोट पुगेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँगको भेटमा ओलीले पूर्वसहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्ने धारणा राखेका हुन्।

भेटमा पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पाउनुपर्ने ओलीले अडान राखे। ओलीले प्रचण्डसँग गरेको कुराकानीलाई उदृत गर्दै एमालेका एक नेताले अन्नपूर्णसँग भने, ‘तपाईँलाई प्रधानमन्त्री बनाउने सहमति भएको बेला नै राष्ट्रपतिको विषय टुंगिसकेको छ। अब फेरि त्यो विषयमा छलफल गर्नुपर्दैन। एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्छ।’

जवाफमा अध्यक्ष प्रचण्डले सकेसम्म कांग्रेसको समेत सहमति लिएर राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने बताएका थिए। कांग्रेसले समेत राष्ट्रपतिमा दावी गरेकाले राष्ट्रिय सहमतिका लागि  छलफल गर्नुपर्ने धारणा राखेका छन्। राष्ट्रपतिको विषयमा साझा धारणा बनाउन सत्ता साझेदार दलको उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल गरेर अगाडि बढ्नुको विकल्प नभएको प्रचण्डले जनाएका छन्। उनीहरुबीच उच्चस्तरीय संयन्त्रको बैठक चाडै बोलाउने सहमति भएको छ।

प्रधानमन्त्री प्रचण्डले ओलीसँगको भेटमा गृह मन्त्रालय आफ्नो पार्टीको दाबी रहेको बताए। उपप्रधान तथा गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा समेत उनीहरुबीच छलफल भएको छ। मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति निर्वाचन लगायत समसामयिक विषयका बारेमा उनीरुबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

मंगलबार पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच बालुवाटारमा सघन छलफल भएको थियो। पछिल्लो समय उनीहरुबीचको छलफल र भेटघाट बाक्लिएको छ। अन्नपुर्णबाट

  • २५ माघ २०७९, बुधबार ०९:२६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU