जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

भवानी भट्ट / टोकियो ३० साउन । जापान आएको मेरो तीन वर्ष मात्र भयो। जापानी भाषा राम्रोसँग नजाने पनि यहाँको भाषा, संस्कृति र परम्परा बुझ्ने चासो भने निरन्तर छ। हरेक वर्ष अगस्टको मध्यतिर आउने ‘ओबन’ ले पनि मेरो ध्यान खिच्दै आएको थियो। जापानीहरू यो समयमा आफ्नो जन्मथलो फर्कने, दिवंगत आफन्तका चिहान सफा गर्ने, फूल चढाउने, मन्दिर जाने र परिवारसँग भेला हुने गरेको देख्दा मेरो मनमा स्वाभाविक प्रश्न उठ्यो, यो त...

आशा भोसलेको निधनप्रति भारतको दूतावासद्वारा समवेदना, नेपाल–भारत सांस्कृतिक सम्बन्धको स्मरण

काठमाडौं २९ चैत्र । दिग्गज गायिका आशा भोसलेको निधनप्रति नेपालस्थित भारतीय दूतावासले गहिरो दुःख व्यक्त गरेको छ। दूतावासले आइतबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको असाधारण सांगीतिक यात्राले विश्वभरका करोडौं श्रोताको मन छोएको उल्लेख गरेको छ। दूतावासले जारी सन्देशमा आशा भोसलेको कालजयी स्वरले दक्षिण एसियाली सांगीतिक परम्परालाई समृद्ध बनाएको र नेपालसहित विश्वका विभिन्न मुलुकका श्रोतामाझ उनी उत्तिकै प्रिय रहेको उल्लेख गरिएको छ। “उनको अमर स्वर र उत्कृष्ट सांगीतिक योगदानले हाम्रो...

श्रीधर बिष्णु मन्दिको प्राण प्रतिष्ठा सम्पन्न

कीर्तिपुर १२ फागुन । कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित चारघरेमा रहेको जालन्धर पीठमा जालपादेवी मन्दिर पुर्ननिर्माण क्रममा श्रीधर विष्णुको मूर्ति भेटिएपछि नयाँ मन्दिर निर्माण गरी मिति २०८२ फागुण १० गते प्राण प्रतिष्ठा गर्ने कार्यक्रम सम्पन्न गरिएको छ । २०७२ सालको भूकम्पबाट शक्तिपीठलाई क्षति पुर्याएपछि, २०७५ फागुण बाट पुर्ननिर्माण कार्य सुरु गरिएको थियो । सोही क्रममा २०७५ चैत्र १६ गतेका दिन जलहरी सहितको श्रीधर विष्णुको मूर्ति फेला परेको थियो ।...

गौरा पर्वको मुख्य दिन आज, सुदूरपश्चिममा २ दिन सार्वजनिक बिदा
-उमीद बागचन्द

  काठमाडौ १५ भाद्र ।सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व यस वर्ष  सुदुरपश्चिम लगायत काठमाडौको टुडिखेलमा गौरा महोत्सवआयोजना गरेर हर्षोउल्लासका साथ मनाइयो । काठमा गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्दछन् । व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । शनिबार गौरादेवीमा चढाएको दुबधागो )मन्त्रिएको एक किसिमको...

समिप आचार्यको शब्द तथा सङ्गीतमा “भो यो माया” सार्वजनिक
-उमीद बागचन्द

काठमाडौं, साउन २५  — नेपाली आधुनिक संगीतको क्षेत्रले एक नयाँ भावनात्मक प्रेम समेटिएको मौलिक सिर्जना सार्वजनिक गरिएको छ । समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार पारिएको गीत “भो यो माया”  सार्वजनिक गरिएको छ। गीतमा गायक नारायण सुवेदी ‘आभास’ को सुमधुर स्वर सुन्न पाइन्छ, जसले गीतलाई भावनात्मक र मन छुने बनाएको छ । गीत “भो यो माया” ले नेपाली संगीतमा आधुनिकता र परम्पराको समायोजन गर्दै नयाँ स्वाद ल्याएको छ। सर्जक...

गर्भा दरबार पुरातात्त्विक महत्वको दरबारमा ठेकेदारको मनोमानी, वास्तविक सिमाना एकातिर,पर्खाल अर्कोतिर
-उमीद बागचन्द

धनगढी,२४ जेष्ठ ।  कैलालीको चुरो गाउँपालिका प्राकृतिक मात्र होइन ऐतिहासिक महत्त्व बोकेको पालिका हो। कृषि, पर्यटन, फलफूल जातका खेती र बाख्रा उत्पादनका हिसाबले यो सुदूरपश्चिमकै लोभलाग्दो क्षेत्रका रूपमा प्रमाणित हुँदै गएको यस क्षेत्रमा रहेका सरकारी निकायले नै ठहर गरिसकेको क्षेत्र हो। त्योभन्दा कैलालीको चुरे गाउँपालिका–४ मा रहेको १९८४मा निमार्ण भएको पुरानो राणाकालीन दरबार यस क्षेत्रका लागि मात्र होइन सुदूरपश्चिम प्रदेशकै लागि पुरातात्त्विक महत्वको गहनाका रूपमा रहेको छ। साविक खैराला ४ मा...

 पोखरा कोटीहोमःशंकराचार्य आगमन,भक्तजनको उपस्थिति उल्लेख्य, दर्जनौं संचारकर्मी सम्मानित
-उमीद बागचन्द

पोखरा,  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको प्रचार प्रसार एबम प्रबर्द्दनमा सहयोग पुर्याएको भन्दै शनिवार विभिन्न संचार माध्यममा कार्यरत दर्जनौं संचारकर्मी तथा पत्रकारहरुलाई सम्मान गरिएको छ। विभिन्न संचार संस्थामा कार्यरत पत्रकार एबम संचारकर्मीहरुलाई सम्मानपत्र प्रदान गरि दोषल्ला ओढाउनुको साथै माला लगाएर सम्मान गरिएको थियो।  सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर जस्ता संस्थाको विभिन्न जिम्मेवारीमा रहेकाहरु सहित विभिन्न अनलाइन, रेडियो, टेलीभिजन...

जिबन ज्योति माविमा सरस्वती पुजा संगै बिशिस्ट व्यक्ति नवराज अधिकालाई सम्मान
-उमीद बागचन्द

धनबहादुर बिक – पुनर्वास – कञ्चनपुर को पुनर्वास मा रहेको श्री जीवन ज्योति माविले सरस्वती माताको पुजा संगै यसै बिद्यालय बाट अध्ययन गरि प्रहरी को उच्च पदमा बढुवा हुने नवराज अधिकारी लाई सम्मान गरेको छ । जीवन ज्योति बिधालय मा प्राथमिक स्तर अध्ययन गरेका पुनर्वास ६ निवासी नवराज अधिकारीलाई शुक्रबार सरस्वती पुजा को अवसरमा सम्मान गरिएको हो । पुनर्वास नगरपालिका ६ निवासी अग्रज समाजसेवी तथा जीवन ज्योति माविका पुर्व शिक्षक...

पुनर्वासको जगतमाताकालिका मन्दिरमा धर्मशाला निर्माण हुँदै उपमेयरद्वारा शिलन्यास
-उमीद बागचन्द

धनबहादुर बिक पुनर्वा । कञ्चनपुर को पुनर्वास नगरपालिका–६ स्थित जगतमाताकालिका मन्दिर परिसरमा धर्मशाला भवन निर्माण हुनेभएको छ । आईतवार मन्दिर समितिले आयोजना गरेको एक कार्यक्रम बिच पुनर्वास नगरपालिका उपमेयर भुलिया कुमारी रानाले उक्त भवनको सिलन्यास गर्नुभएको हो । ५७ फिट लम्बाइ तथा २१ फिट चौडाइको उक्त भवनको पहिलो तलामा भर्याङ सहित बैठक हल , भान्सा घर , स्टोर कोठा गरि तीन कोठा निर्माण गरिने मन्दिर समिति का सचिव कृष्णबहादुर पौडेलले...

अछामको वरदादेवि मन्दिरमा महायज्ञ सञ्चालन हुने
-कुक्की सेन

अछामः अछामको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रामा रहेको वरदादेवि मन्दिर प्राण प्रतिष्ठा महोत्सव एवं नवाह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ। चैत ४ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा र नवाह महायज्ञ सञ्चालन हुने भएको हो। वरदादेविको नवनिर्मित मन्दिरको चैत ४ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा र नवाह महायज्ञ गरि नवनिर्मित मन्दिरमा देविलाई सार्ने वडा अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए। बि.स १८५० देखि अनवरत रूपमा देवीको पूजा आराधना सहित हरेक बर्ष...