सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

श्रीधर बिष्णु मन्दिको प्राण प्रतिष्ठा सम्पन्न

कीर्तिपुर १२ फागुन । कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित चारघरेमा रहेको जालन्धर पीठमा जालपादेवी मन्दिर पुर्ननिर्माण क्रममा श्रीधर विष्णुको मूर्ति भेटिएपछि नयाँ मन्दिर निर्माण गरी मिति २०८२ फागुण १० गते प्राण प्रतिष्ठा गर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।

२०७२ सालको भूकम्पबाट शक्तिपीठलाई क्षति पुर्याएपछि, २०७५ फागुण बाट पुर्ननिर्माण कार्य सुरु गरिएको थियो । सोही क्रममा २०७५ चैत्र १६ गतेका दिन जलहरी सहितको श्रीधर विष्णुको मूर्ति फेला परेको थियो । मूर्ति फेला परेपछि बृहत चारघरे धार्मिक समितिले स्थानीय सरकार, प्रहरी हुँदै पुरातत्व विभागलाई जानकारी गराएको थियो ।

२०७६ बैशाख २७ गते देखि पुरातत्व विभागले उत्खनन् कार्य संचालन गरेको थियो । बिभागले उत्खनन क्रममा मन्दिर तथा सतलको भग्नाबशेष समेत प्राप्त भएको थियो । प्राप्त मूर्ति आठौं/नवौं शताब्दीको कलाका बिशेषता युक्त श्रीधर बिष्णुको रहेको जनाएको छ । केही भाग टुटेको मूर्ति श्रीधर विष्णुको मूर्तिसँग मिल्दोजुल्दो भएपनि विष्णुको २ तिर नाग राखिएकोले यो मूर्ति तत्कालिन समयकै विश्व स्वरुपको मूर्ति हुन सक्छ भनि बरिष्ठ पुरातत्वविद उद्दब आचार्यले पेश गर्नु भएको उत्खननको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भेटिएको मूर्ति बृहत चारघरे धार्मिक समितिको संरक्षणमा राखिएको छ । शक्ति पीठ नजिकै मन्दिरको भग्नावशेष सहित श्रीधर बिष्णुको मूर्ति भेटिए पछि, बिष्णु मन्दिर निर्माण गरी पूजाआजा चलाउन स्थानीयले माग गरेका थिए ।

यसैक्रममा पुरातत्व विभागले भग्नावशेष भएको स्थानमा मन्दिर बनाउन अनुमती नदिएतापनि बृहत चारघरे धार्मिक समितिको पहलमा कीर्तिपुर नगरपालिकाले १२ लाखको बजेट बिनियोजन गरी पुरातात्विक स्थाललाई असर नपर्ने गरी जालपादेवी मन्दिर प्राङ्गणमा नै बिष्णु मन्दिर निर्माण गरिएको छ । मन्दिरको डिजाइन की.न.पा. ६ नं.वडाका प्राविधिक प्रभाष महर्जनले गरेका हुन ।

विष्णु मन्दिरको संरचना नगरपालिकाको आर्थिक सहयोगमा बनेतापनि मूर्ति निर्माण तथा अन्य ब्यवस्थापन गर्न स्थानीयले चन्दा संकलन गरेर थिए । पाँच हजार भन्दा बढी रकम चन्दा दाताको नामावली मन्दिर प्राङ्गणमा राखिने शिलालेखमा लेखिनेछ ।

हालसम्म देखिएका श्रीधर विष्णुको मूर्तिमा दायाँ बायाँ लक्ष्मी र गरुडको आकृती भएपनि चारघरेमा भेटिएको मूर्तिमा दूई नाग कन्यासमेत भएकोले यो मूर्ति र मन्दिर बिशेष रहेको छ ।बृहत चारघरे धार्मिक समितिका सचिल बिनोद बस्नेतले जानकारी दिए ।

  • १२ फाल्गुन २०८२, मंगलवार १८:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU