सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

 पोखरा कोटीहोमःशंकराचार्य आगमन,भक्तजनको उपस्थिति उल्लेख्य, दर्जनौं संचारकर्मी सम्मानित

पोखरा,  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको प्रचार प्रसार एबम प्रबर्द्दनमा सहयोग पुर्याएको भन्दै शनिवार विभिन्न संचार माध्यममा कार्यरत दर्जनौं संचारकर्मी तथा पत्रकारहरुलाई सम्मान गरिएको छ। विभिन्न संचार संस्थामा कार्यरत पत्रकार एबम संचारकर्मीहरुलाई सम्मानपत्र प्रदान गरि दोषल्ला ओढाउनुको साथै माला लगाएर सम्मान गरिएको थियो।  सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर जस्ता संस्थाको विभिन्न जिम्मेवारीमा रहेकाहरु सहित विभिन्न अनलाइन, रेडियो, टेलीभिजन र पत्रपत्रिकामा कार्यरत रहेको छन ।

शनिबार सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वतीजी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वालसन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वतीजी महाराज सहित विन्ध्यवासिनी मन्दिरका पिठाधिस वालसन्त निषेशानन्द गुरु महाराज पनि कोटीहो महायज्ञमा सहभागी भएर प्रवचन सहित शुभकामना प्रकट गरेका थिए ।

कोटीहोम बिराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्ती, श्रीमद्भागवत कथा प्रबक्ता एबम बरिष्ठ ज्योतिषविद हरिशरण शास्त्री,  कोटीहोम महायज्ञ आयोजक मूल समितिका सहसंयोजक एबम नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपसभापति गंगाधर पराजुली लगायतले सम्मानित संचारकर्मी एबम पत्रकारहरुलाई सम्मानपत्र प्रदान गर्नुको साथै दोषल्ला र टिका माला लगाएर सम्मान गरेको कोटीहोम आयोजक मानब सेवा फाउन्डेसनका प्रचार संयोजक लेखराज ढकालले गुरुकुल खबरलाई जानकारी दिए ।

 

शनिबार महायज्ञ स्थलमा उपस्थित भएर सम्मान लिनेहरुमा हुनेहरुमा काठमाडौँबाट आएका पत्रकार ऋषि धमला सहित निजि रेडियोको संस्था बानका केन्द्रीय उपाध्यक्ष दुर्गा अधिकारी, नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य सरिता पगेनी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टंकराज अधिकारी, प्रेस चौतारीका नेता एकराज गिरि, प्रेस सेन्टरका पोखरा महानगर समितिका पुर्ब अध्यक्ष शिबराज बस्ताकोटी रहेका छन।

यसैगरि सम्मानित हुने अन्यमा एभेरेस्ट एफएमको तर्फबाट भोला श्रेष्ठ, पब्लिक फोर के टिभीका रघु वाग्ले, दृश्यम मिडियाका बिनोद लामिछाने, पोखरा हटलाइनका उत्तम पौडेल, समाचारपाटी डट कमका रोबर्ट घिमिरे, रेडियो लेखनाथकी रन्जना जिसी,रेडियो सरांगकोटका शुशील श्रेष्ठ, रेडियो अकलाका बिराज शर्मा लगायतका रहेका छन।

यस अगाडी पनि कोतिहोममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पुर्ब कार्यबाहक अध्यक्ष बाला अधिकारी, महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष उमीद बागचन्द, केन्द्रिय सचिब रमेश खतिवडा, नेपाल प्रेस युनियन कास्कीका पुर्ब अध्यक्ष शिरोमणि बराल, प्रेस युनियनका नेता राजबहादुर गुरुङ, झपेन्द्र गैरे पनि सम्मानित भएका थिए  ।

यसै गरि प्रेस युनियनका नेता पदम श्रेष्ठ, शंकर राज नहर्की, रिमा शाही ठकुरी, नगेनसिंह ठकुरी, नेपाल पत्रकार महासंघ स्यांग्जाका अध्यक्ष प्रदिप कोइराला, नेपाल प्रेस युनियन लुम्बिनीका अध्यक्ष सुदिप गौतम पनि महायज्ञमा पुगेर सम्मानित भएका छन। विभिन्न अनलाइन टेलीभिजनमा कार्यरत अर्जुन सापकोटा, भोजराज थापा, सन्तोष देउजा लगायतका संचारकर्मीहरुलाई पनि कोटीहोम महायज्ञमा सम्मानित गरिसकिएको छ ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीले विभिन्न संचार माध्यम र त्यहाँ कार्यरत संचारकर्मीहरुलाई महायज्ञमा सम्मान गर्न पाउँदा खुसि लागेको बताए। कतिपय संचारकर्मी समय नमिलेर आउन नसकेको जानकारीमा आएकोले पोखरा र छिमेकी जिल्लाका अन्य संचारकर्मी  तथा संचारसंस्थाहरुलाई महायज्ञ अबधिमा सम्मान गरिने स्पष्ट पारे ।

सम्मान कार्यक्रमा बोल्दै रिपोर्टर्स क्लबका अध्यक्ष समेत रहेका पत्रकार ऋषि धमलाले पोखराको कोटिहोममा दान गरी सेवामा समर्पित हुन सबैलाई आग्रह गरे । ‘पोखरामा के छैन ? सबै छ, यहाँका उद्योगपति व्यापारी मनकारी छन, त्यसैले आउनुहोस् तपाईँहरूले यहाँ दान गरेको नाम सुन्न म आतुर छु’– उनले भने ।

शनिवार सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वतीजी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वालसन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वतीजी महाराजले कोटीहोममा प्रवचन दिएका थिए। जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ५ गते सम्म पोखरामा नै रहने कार्यक्रम रहेको महायज्ञका निर्देशक शंकर खरालले गुरुकुल खबरलाई जानकारी दिए । यसै गरी शनिवार नै विन्ध्यवासिनी पिठाधिस वालसन्त निषेशानन्द गुरु महाराजले पनि प्रवचन दिएको र नेपाल र भारतबाट आएर प्रवचन दिने धर्म गुरुहरुले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने कुरामा जोड दिने गरेको बताइएको छ।

महायज्ञका सहसंयोजक  गंगाधर पराजुलीले पोखरामा आयोजित कोटीहोम महायज्ञ धार्मिक अनि एतिहासिक दृष्टिकोणले मात्र नभएर पोखरामा आन्तरिक एबम बाह्य पर्यटकहरु भित्र्याउन र पोखराको आर्थिक गतिबिधि चलायमान गराउन पनि महत्वपुर्ण साबित भएको बताए।  विभिन्न ठाउंबाट आएका धार्मिक गुरुहरु, शंकराचार्यहरु र अन्य क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको आगमनले महायज्ञको गरिमा बढेको उनले उल्लेख गरे ।

यसबाहेक महायज्ञमा विभिन्न विधाका कलाकारहरु पनि आउने क्रम जारी छ शनिबार लोकप्रिय देउडा गायक नन्दकृष्ण जोशी, लोकदोहोरी गायिका पूर्णकला बिसी र राधिका हमाल लागायतले पनि आआफ्नो प्रस्तुति दिएका थिए। उनीहरुलाई पनि महायज्ञमा सम्मान गरिएको थियो यस अगाडी पनि गीत संगीतको विभिन्न विधामा चर्चित कलाकारहरुले महायज्ञमा आएर सम्मान लिनुको साथै आआफ्नो प्रस्तुती दिने गरेका छन।

भक्तजन तथा दर्शकको संख्या उल्लेखनीय 

कोटीहोमस्थलमा प्रवचन सुन्न अनि बिभिन्न धार्मिक अनुष्ठान गर्नको लागि पुग्नेहरुको संख्या उल्लेखनीय रहेको छ। शनिबार मात्र विभिन्न ३५ वटा जिल्लाबाट भक्तजनहरु आएको र त्यो संख्या १ लाखको हाराहारीमा रहेको महायज्ञ आयोजकको दाबि छ। शनिबार महायज्ञ स्थलमा मानिसहरु खचाखच भरिएका थिए महायज्ञको मुख्य पन्डाल सहित अन्य पन्डाल र हवनकुन्ड अनि भजन प्रतियोगिता भैरहेको स्थलमा ठुलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । भक्तजनको उपस्थितिले पोखरामा जारी कोटिहोम ऐतिहासिक र अविस्मरणीय वनेको संयोजक जगन्नाथ कोइरालाले गुरुकुल खबरसंग बताए ।

हिन्दु धर्म जागरण अभियानका लागि यो भन्दा ठुलो अनुष्ठान नेपालमा अहिले सम्म हुन नसकेको कारण पनि भक्तजनहरुको आकर्षण बढ्दै गएको महायज्ञका सहनिर्देशक युबक लामिछानेले बताए । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम यहि जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

बाल योगेश्वर विजय कृष्णमूर्तिले कथा वाचन गर्ने

कोटीहोम महायज्ञमा आइतबार देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले कथा वाचन गर्ने कार्यक्रम रहेको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी यहि जेष्ठ १३ गतेसम्म दिउँसो २ बजेपछि कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। त्यसै गरी जेठ ४ गते देखि नै ११ बजे देखि २ बजे सम्म युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराजले कथा वाचन गर्ने छन् ।

यस अगाडी एक सातासम्म कथाबाचन गरेका वाचन प्रवीण पं. दिनबन्धु पोखरेललाई शनिबार महायज्ञबाट बिदाई गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता, बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज समेतले विशेष कार्यक्रमका बिच पोखरेललाई बिदाइ गरेका हुन्। पोखरेल भन्दा अगाडी महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, सुप्रिया किशोरी, अनुराधा पाण्डे, शीतलकृष्ण महाराज लगायतका प्रख्यात कथाबाचकहरुले कथा बाचन गर्नुको साथै प्रवचन दिईसकेका छन यसका साथै राधिका दाशी र इश्वरकृष्ण महाराज,  देवी चन्द्रकला सखी लगायतले पनि महायज्ञमा प्रवचन दिने कार्यक्रम रहेको छ।

 

कोटिहोममा पितृअर्चना सेवा, चौरासी पुजा, ब्रतबन्ध, बिबाह, गुन्यु चोली,दुख निवारण, भूमिदान सेवा, शालिग्राम भगवानको अर्चना सेवा, बच्चाहरुको लागि अन्नदान, महारुद्राभिषेक महाअनुष्ठान, अति रुद्री, लुघुरुद्री, नवग्रह शान्ति, दुर्गा सप्तमी, हवनकुन्डमा चरु सेवा, पिउने पानि सेवा, भागवत कर्ता, भुमिपुजन सेवा, आरति सेवा, तुलादान, १८ पुराण वा कुनै एक पुराण, महायज्ञको सदस्यता, साधारण कर्ता, बिशेष कर्ता, विशिष्ट कर्ता लगायतका धार्मिक अनुष्ठान तथा सेवाका कार्यहरु निरन्तर संचालन भैरहेका छन।

यसका साथै महायज्ञमा नियमित रुपमा रक्तदान कार्यक्रम चलिरहेको छ भने राष्ट्रब्यापी भजन प्रतियोगिता र बक्त्रीत्वकला प्रतियोगिता लगायतका अन्य रचनात्मक क्रियाकलापहरुपनि संचालन भैरहेका छन। कोटिहोममा ४ सय बढी ब्राह्मणले दैनिक रुपमा भगवानको नाममा आहुति अर्पण गरिरहेका छन। १ सय वटा हवन कुण्डमा कोटिहोम गर्नको लागि लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था समेत रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

कोटिहोममा यहि जेष्ठ ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहनेछ ।

यसैबिच आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहभागि हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।

त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने भएका छन।

कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ । प्रतियोगितामा बाँके, बर्दिया, जुम्ला, पर्वत, स्याङ्जा, कास्की, नवलपुर, वाग्लुङ, लमजुङ, चितवन, काठमाण्डौं, तनहुँ, धादिङ, म्याग्दी लगायतका जिल्लाबाट नाम दर्ता भइसकेको उनले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायतको प्रस्तुती भैरहेको उप संयोजक दुर्गा केसीले बताइन।

 

  • ५ जेष्ठ २०८२, सोमबार १५:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU