चितवनका गाईभैंसीमा ‘लम्पी स्किन’, मरे ८४ गाई
-उमीद बागचन्द

‘पैसा भए पनि वर्षमा दस लाखभन्दा बढी खर्च गर्ने अधिकार छैन, बरू मरे मरोस् भन्नुपर्ने अवस्था छ’ चितवनमा गाई भैंसीमा ‘लम्पी स्किन’ नामको रोग फैलिएको छ। जिल्लाका सातवटै पालिकामा यो रोगको संक्रमण फैलिएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले केही महिनादेखि चितवनका गाई, भैंसीमा यो रोगको संक्रमण बढेको बताए। केन्द्रकाअनुसार अहिलेसम्म ३१०० गाई, २७० भैंसीमा यो रोग देखिएको छ। लम्पी स्किनका कारण...

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने
-कुक्की सेन

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ। दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ। समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ। दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो। ‘उडानका...

आगामी बर्खामा नेपालले बेच्न सक्ला बंगलादेशलाई बिजुली?
-कुक्की सेन

बंगलादेशले नेपालको बिजुली किन्ने चर्चा धेरै पटक भइसक्यो। हालसम्म यो चर्चामै मात्र सीमित छ। नेपालले बंगलादेशलाई बिजुली बेच्न भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्छ। यसका लागि भारत सरकारको स्वीकृति चाहिन्छ। नेपालले भारतलाई यसका लागि पटकपटक आग्रह गरिरहेको छ। तर भारतले स्वीकृति नदिँदा बिजुली बेच्न सकिएको छैन। आगामी बर्खा यामबाट भने हाम्रो बिजुली बंगलादेश निर्यात गर्ने विषय सकारात्मक दिशातिर गएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटुवाल बताउँछन्। उनका अनुसार प्रसारण लाइन प्रयोगको विषयमा भारत...

सरकारले काम गर्न नसक्दा जनतालाई महँगो पर्दैछ विकास
-कुक्की सेन

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने सरकारले विकास निर्माणको काममा केन्द्रित हुने पुँजीगत खर्चका लागि छुट्याएको रकम औसत ५७ प्रतिशत मात्रै खर्च हुन्छ। अझ वर्षभरि हुने चालु (प्रशासनिक खर्चमा केन्द्रित) खर्चको १७ प्रतिशत मात्रै छ। प्रशासनिक खर्च भने हरेक वर्ष बढ्दै गएको छ। त्यसैले विकास खर्च नहुनुले सरकारबाट जनता विभेदमा परेका छन्। भएको विकास पनि अत्यधिक महँगो छ। गत आर्थिक वर्षकै तथ्यांक हेर्दा संघीय सरकारले १३ खर्ब एक अर्ब रूपैयाँको बजेट खर्चिएको छ। यसमध्ये पुँजीगत खर्च दुई खर्ब...

नेपाल राष्ट्र बैंकको सर्वेक्षणअनुसार एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुनेसक्ने अनुमान
-कुक्की सेन

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणअनुसार सर्वसाधारण उपभोक्ताले एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुनेसक्ने अनुमान गरेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणमा उपभोक्ताले आगामी दिनमा अहिलेको भन्दा पनि बढी मूल्यवृद्धि हुनसक्ने अनुमान गरेको हो । राष्ट्र बैंकले २४–३० पुस २०७९ मा ६० बजार क्षेत्रका दुई हजार १० जना व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरेको उक्त सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा १० प्रतिशत...

अनुमतिबिनाको सेवामा शुल्क लिए बैंकले ग्राहकलाई थप १० प्रतिशत दिनुपर्ने
-कुक्की सेन

ग्राहकको अनुमतिबिना दिइएको सेवामा शुल्क लिए बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। खातावालाहरूलाई पनि आफूले नमागेको यस्तो सुविधावापत बैंकहरूले शुल्क लिएका सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा उपलब्ध गुनासो अधिकारी समक्ष गुनासो दर्ता गर्न भनिएको छ। यसरी दर्ता गरिएको गुनासोमा सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन समेत भनिएको छ। दिनेश खबरबाट ...

भागेश्वर चिनी मिलको फोहोर व्यवस्थापन गर्न माग गर्दै पुनर्वासका स्थानीयले बुझाए ज्ञापनपत्र

धनबहादुर बिक पुनर्वास । भागेश्वर चिनी मिलको फोहोर व्यवस्थापन गर्न माग गर्दै पुनर्वासका स्थानीयले ज्ञापनपत्र बुझाएका छ्न । बुधबार भागेश्वर चिनी मिलका फोहोरका कारण प्रत्यक्ष मारमा परेका पुनर्वासका स्थानीय भेला भई नगरउपप्रमुख भुलिया रानालाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रमा पुनर्वासमा भागेश्वर चिनी मिल खुल्नु किसान र नगरवासीहरुका लागि खुशीको कुरा भएपनी हरेक उद्योगी व्यवसायीहरुले पुनर्वासी जनताहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै यस क्षेत्रको वातावरणलाई जोगाउन ध्यान दिनुपर्ने उल्लेख गरिएको छ चिनी मिलबाट...

बेलौरीमा पर्यटन महोत्सव शुरु बेलौरी भन्सार नाका विस्तार गर्न पहल गर्छु :- उद्योगमन्त्री भण्डारी
-उमीद बागचन्द

धनबहादुर बिक कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको छ । ‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धिको बेलौरी आधार’ भन्ने मुल नाराका साथ बिहीबारदेखि बेलौरी खुलामञ्चमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको हो । बेलौरी उद्योग वाणिज्य संघको आयोजना एव बेलौरी नगरपालिकाको सह आयोजनामा दोस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला संचालन भएको छ । पञ्चायतकालिन जिल्ला...

शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, व्यवसायीहरूले अपेक्षा गरे पनि तरलता नबढाइने
-कुक्की सेन

व्यवसायीहरूको अपेक्षा विपरीत राष्ट्र बैंकले बजारमा तरलता बढाउने गरी नीतिगत दर परिवर्तन नगर्ने भएको छ। शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले अहिले कायम नीतिगत दर नचलाउने संकेत गरेको हो। ‘अहिले आयात घटेको छ, रेमिटेन्स आप्रवाह बढेको छ,’ एक कार्यकारी निर्देशकले भने, ‘आयात पनि उच्च दरमा नहुने हो भने रेमिटेन्स बढ्दै जाँदा बजारमा आफैं तरलता बढ्न थाल्छ, ब्याजदर समेत घट्दै जान्छ।’ उनले यही कारण राष्ट्र बैंकले नीतिगत दर नचलाउने...