भोलिसम्म निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने, अर्थले गर्‍यो परिपत्र
-उमीद बागचन्द

लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको भुक्तानी दसैं अघि नै हुने भएको छ। आगामी आइतबारबाट दसैंको सार्वजनिक बिदा भएको कारण यस्तो भुक्तानी भोलि (शुक्रबार) सम्म हुने अर्थमन्त्रालयका अधिकारीहरूले बताएका छन्। गत आर्थिक वर्षमा नै काम सकेर बिल बुझाएको ६ अर्ब रूपैयाँ निर्माण व्यवसायीले पाएका थिएनन्। यसका लागि गर्नुपर्ने आवश्यक निर्णय अर्थमन्त्रालयले गरेर निकासी फुकुवाको लागि परिपत्र गरिएको छ। निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेको र निकासीको लागि परिपत्र जारी...

गाडी सुविधा पाउने कर्मचारीलाई तेल भत्ता, खर्च बढ्छ कि घट्छ?
"विद्युतीय सवारी साधन चढ्ने कर्मचारीलाई पनि पेट्रोल र डिजेलकै रकम "
-उमीद बागचन्द

सरकारले महँगी, पोसाक र चाडपर्व भत्ताकै शैलीमा पेट्रोल तथा डिजेल उपयोगका लागि पनि कर्मचारीहरूलाई नगद भत्ता दिने भएको छ। सरकारी सवारी साधनको सुविधा प्राप्त गर्ने कर्मचारीहरूका लागि उनीहरूले प्रयोग गर्ने इन्धनबापतको रकम भत्ता दिन लागिएको हो। यसका लागि अर्थ मन्त्रालयले ‘इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८०’ जारी गरेको छ। राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) का कर्मचारीलाई मासिक १२५ लिटर तथा प्रथम श्रेणी (सह-सचिव) का कर्मचारीलाई मासिक १०० लिटर इन्धन बराबरको रकम भत्ता दिइने निर्देशिकाको तेस्रो बुँदामा उल्लेख छ। उनीहरूले प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल...

आठ नाउर, चार झारल र आठ बँदेलको सिकार गर्न अनुमति
-उमीद बागचन्द

गलकोट (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार अनुमति दिएको छ । यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताए...

एक महिनामै २६ हजारले घटे इन्टरनेटका ग्राहक, २० लाखले घटे मोबाइल प्रयोगकर्ता
-उमीद बागचन्द

एक महिनामै इन्टरनेट प्रयोगकर्ताको संख्या २६ हजारभन्दा धेरैले घटेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार गत चैतको तुलनामा वैशाखमा इन्टरनेट प्रयोगकर्ताको संख्या यो दरमा घटेको हो। चैतमा विभिन्न सेवा प्रदायकका वायरलेस, केबल र फाइबर गरी कुल २६ लाख ७३ हजार ४ सय ७१ ग्राहक रहेका थिए। वैशाखमा यो संख्या घटेर २६ लाख ४७ हजार ३ सय ७९ मा सीमित भएको छ। सबैभन्दा धेरै वर्ल्डलिंकको ग्राहक संख्या घटेको छ। वर्ल्डलिंकको प्रयोगकर्ता ७ लाख ७१...

साउनमा एक खर्ब २९ अर्बको वस्तु आयात, गत वर्षकोभन्दा पनि घट्यो
-उमीद बागचन्द

साउन महिनामा आयात र निर्यात व्यापार घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनमा एक खर्ब २९ अर्ब २३ करोडको अन्तर्राष्ट्रिय व्यापार भएको छ। यो गत वर्षको साउनको तुलनामा १.५ प्रतिशतले कम हो। गत वर्ष यो समयमा एक खर्ब ३१ अर्ब २८ करोडको आयात व्यापार भएको थियो। तर, आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत वर्ष २२ प्रतिशतले आयात व्यापार घटेको थियो। आयात व्यापार डेढ प्रतिशतले घट्दा निर्यात व्यापार साढे ८ प्रतिशतले घटेको छ। भन्सार विभागको...

रेमिटेन्स ऐतिहासिक उच्च, विदेशी मुद्रा सञ्चिति दुई वर्षकै धेरै
-उमीद बागचन्द

गत आर्थिक वर्षमा रेमिटेन्स रकम २ खर्बभन्दा धेरैले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब सात अर्ब रेमिटेन्स भित्रिएकोमा गत आर्थिक वर्ष २०७९/८० मा यो रकम १२ खर्ब २० अर्ब रूपैयाँ भित्रिएको हो। उपलब्ध तथ्यांकअनुसार रेमिटेन्स हालसम्मकै धेरै भित्रिएको हो। नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेकोको संख्या ४० प्रतिशतले बढेपछि रेमिटेन्समा सुधार हुँदै गएको छ। गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृतिमा जानेको संख्या ३ लाख ५४ हजार रहेकोमा यसपटक...

तीन दिनमा सेयर लगानीकर्ताको सम्पत्ति ६२ अर्बले गुम्यो
-उमीद बागचन्द

लगातार तेस्रो दिनपनि नेप्से परिसूचक घटेको छ। सोमबारदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तरता पाएको हो। यस तीन दिनमा नेप्से परिसूचक ५५.७२ अंकले घटेको छ। यससँगै तीन दिनमा लगानीकर्ताको सम्पत्ति ६२ अर्बले ह्रास आएको छ। आइतबार ३० खर्ब ९३ अर्ब कुल बजार पुँजीकरण रहेकोमा बुधबार ३० खर्ब ३१ अर्बमा सीमित रहेको छ। बुधबार नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा पुगेको छ। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा...

नियम थाहा नहुँदा सुन तस्करीमा फस्छन् श्रमिक, भन्सार तिरी ल्याउन पाउने सुन पनि पर्छ जफतमा
-उमीद बागचन्द

भन्सार ऐनअनुसार विदेशबाट आउने यात्रुले १०० ग्रामसम्म सुन ल्याउन सक्ने व्यवस्था गरिएको छ। महिलाको हकमा ५० र पुरूषको हकमा २५ ग्रामसम्म सुन भन्सार महसुल नतिरी ल्याउन पाइन्छ भने त्योभन्दा बढी सय ग्रामसम्मको सुनमा भन्सार महसुल तिर्नुपर्ने हुन्छ। भन्सार महसुल तिरेर ल्याउन पाउने र नतिरी ल्याउन पाउने सुनको सवालमा जानकारी नै नपाउँदा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू समस्यामा पर्ने गरेका छन्। यदि कुनै पुरूषले विदेशबाट आउँदा २६ ग्राम सुन ल्याएको छ भने उसले पहिले...

२१ खर्ब ७३ अर्ब पुग्यो देशको ऋण, ११ महिनामा थपियो ३ खर्ब
-उमीद बागचन्द

मुलुकको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार यो वर्ष थपिएको तीन खर्ब ऋणसहित तिर्न बाँकी सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रूपैयाँभन्दा धेरै पुगेको हो। तिर्न बाँकी सार्वजनिक ऋणमध्ये दस खर्ब ९९ अर्ब ७२ करोड रूपैयाँ आन्तरिक ऋण (मुलुकभित्रका बैंक तथा वित्तीय संस्था तथा सर्वसाधारणबाट उठाइएको) छ। त्यस्तै दस खर्ब ७३ अर्ब ५२ करोड रूपैयाँ बाह्य ऋण (बहुपक्षीय तथा दुई पक्षीय...

राजस्व सचिवलाई प्रश्न- आगामी वर्ष १४ खर्ब राजस्व कसरी उठ्छ, इतिहासमै नभएको वृद्धि सम्भव छ?
-उमीद बागचन्द

चालु आर्थिक वर्षमा ११ खर्ब ७९ अर्ब रूपैयाँ राजस्व उठ्ने सरकारको संशोधित अनुमान छ। तर गत वर्षको तथ्यांकलाई आधार मान्दा यति राजस्व पुग्न सम्भव देखिँदैन। चालु आर्थिक वर्षको एघार महिना सकिनै लाग्दा पनि राजस्व गत वर्षभन्दा दुई खर्ब ४५ अर्ब रूपैयाँ कम छ। अनुमानअनुसार उठ्न अब असार मसान्तसम्म राजस्वमा २० प्रतिशत वृद्धि हुनुपर्छ। गत वर्ष जेठ २७ गतेपछि असार मसान्तसम्म एक खर्ब ३६ अर्ब रूपैयाँ उठेको थियो। यसपालि यही मात्रामा उठ्दा...