सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

रेमिटेन्स ऐतिहासिक उच्च, विदेशी मुद्रा सञ्चिति दुई वर्षकै धेरै

गत आर्थिक वर्षमा रेमिटेन्स रकम २ खर्बभन्दा धेरैले बढेको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब सात अर्ब रेमिटेन्स भित्रिएकोमा गत आर्थिक वर्ष २०७९/८० मा यो रकम १२ खर्ब २० अर्ब रूपैयाँ भित्रिएको हो। उपलब्ध तथ्यांकअनुसार रेमिटेन्स हालसम्मकै धेरै भित्रिएको हो।

नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेकोको संख्या ४० प्रतिशतले बढेपछि रेमिटेन्समा सुधार हुँदै गएको छ। गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृतिमा जानेको संख्या ३ लाख ५४ हजार रहेकोमा यसपटक ४ लाख ९७ हजार पुगेको छ।

पुनः श्रम स्वीकृतिमा जानेको संख्या भने १.८ प्रतिशतले घटेर २ लाख ७७ हजारमा सीमित भएको छ।

मासिक रुपमा रेमिटेन्समा वृद्धि देखिने प्रवृत्तिले निरन्तरता पाएको छ। जेठमा एक खर्ब सात अर्ब रूपैयाँ भित्रिएकोमा असारमा एक खर्ब ८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।

रेमिटेन्स रकममा वृद्धि भएपछि मुलुकको विदेशी मुद्रा सञ्चिति (डलरमा) २४ महिना यताकै उच्च भएको छ। नेपाली मुद्रा आधारमा भने यो हालसम्मकै उच्च हो।

विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब रूपैयाँ (११ अर्ब ७३ करोड डलर) पुगेको छ। यस्तो सञ्चितिले अहिलेकै दरका आयात भएमा १० महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ।

रेमिटेन्समा उच्च वृद्धि भएसँगै मुलुकबाट बाहिरिने रकमको तुलनामा मुलुक भित्रिने रकम (भुक्तानी सन्तुलन) पनि बढ्दै गएको छ। मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ९० अर्ब रूपैयाँले धनात्मक छ। गत वर्ष शोधानान्तर २ खर्ब ५५ अर्बले नकारात्मक थियो।

गत आर्थिक वर्षको सुरूदेखि नै ऋणात्मक देखिएको भुक्तानी सन्तुलनमा चालु आर्थिक वर्षको तेस्रो महिना (असोज)देखि सुधार देखिन थालेको हो।

यो अवधिमा सरकारले केही वस्तुको आयातमा पूर्ण प्रतिबन्ध र आयातको क्रममा अनिवार्य नगद मार्जिनको व्यवस्था गरेपछि पनि यसमा सुधार हुँदै गएको थियो।

सरकारले आयात बढेर विदेशी मुद्रा सञ्चिति ह्रास भएसँगै प्रतिबन्ध र कडाइ गरेको थियो। तर, पछिल्लो समय बजार मागमा कमी आएको कारण आयात घटेको छ।

आयातमा देखिएको कमी र रेमिटेन्समा उच्च दरमा भइरहेको वृद्धिको कारण मुलुकको भुक्तानी सन्तुलनमा छ अर्थात् शोधानान्तर बचतमा छ।

पछिल्लो समय रेमिटेन्ससँगै अन्य विदेशी मुद्रा आम्दानीका स्रोतहरूमा पनि सुधार भइरहेको छ। नेपालले गत वर्ष १० अर्ब रूपैयाँको विद्युत बिक्री गरेको छ।

हुनत, यही अवधिमा भारतबाट नेपालले १९ अर्ब ९ करोड रूपैयाँ बराबरको विद्युत पनि आयात गरेको छ। भारतबाट यसअघिका वर्षहरूमा २५ देखि ३० अर्बभन्दा बढीको विद्युत आइरहेको थियो।

पर्यटकबाट हुने आम्दानीमा ८९ प्रतिशतले वृद्धि भएको छ। यस्तो आम्दानी ६१ अर्ब ५२ करोड रूपैयाँ पुगेको छ।

नेपालबाट विदेश भ्रमणमा जान हुने खर्चमा २८ प्रतिशतले वृद्धि भएर एक खर्ब ४४ अर्ब पुगेको छ। यसैमध्ये अध्ययनको लागि जानेले लग्ने रकममा ४५.६ प्रतिशत वृद्धि भएर एक खर्ब ४ अर्ब पुगेको छ।

त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी ५९.६ प्रतिशतले घटेर सात अर्ब ७६ करोड रूपैयाँमा सीमित भएको छ। आयात १६.१ प्रतिशतले कमी आएर १६ खर्ब ११ अर्बमा सीमित भएको छ। निर्यातमा पनि २१.४ प्रतिशतले कमी आएर एक खर्ब ६६ अर्ब रूपैयाँमा सीमित भएको छ।

स्थिर पुँजी निर्माणका वस्तुहरूको आयात अहिले पनि निकै कम छ। गत वर्षसम्म कुल आयातमा यस्तो वस्तुको हिस्सा १० प्रतिशत रहेकोमा हाल यो घटेर ८.४ प्रतिशत छ।

मूल्य अभिवृद्धि गर्न सक्ने वस्तुको हिस्सा ५३.२ प्रतिशत हाराहारीमै छ। उपभोक्ताले सोझै उपभोग गर्न सक्ने वस्तुहरूको आयात हिस्सा ३६.८ प्रतिशतबाट बढेर ३८.३ प्रतिशत पुगेको छ।

यसले न त यहाँ मूल्य अभिवृद्धि गराउँछ न त पुँजी निर्माण नै। यो हिस्सा बढ्दै जानु चिन्ताको विषय हो।

सेताेपाटी पाेस्ट बाट

  • १ भाद्र २०८०, शुक्रबार ०९:२० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU