सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एक महिनामै २६ हजारले घटे इन्टरनेटका ग्राहक, २० लाखले घटे मोबाइल प्रयोगकर्ता

एक महिनामै इन्टरनेट प्रयोगकर्ताको संख्या २६ हजारभन्दा धेरैले घटेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार गत चैतको तुलनामा वैशाखमा इन्टरनेट प्रयोगकर्ताको संख्या यो दरमा घटेको हो।

चैतमा विभिन्न सेवा प्रदायकका वायरलेस, केबल र फाइबर गरी कुल २६ लाख ७३ हजार ४ सय ७१ ग्राहक रहेका थिए।

वैशाखमा यो संख्या घटेर २६ लाख ४७ हजार ३ सय ७९ मा सीमित भएको छ।

सबैभन्दा धेरै वर्ल्डलिंकको ग्राहक संख्या घटेको छ। वर्ल्डलिंकको प्रयोगकर्ता ७ लाख ७१ हजार रहेकोमा वैशाखमा ७ लाख ५२ हजारमा सीमित भएका हुन्।

डिस होमका इन्टरनेट प्रयाेगकर्ता ११ हजार २२ ले घटेर २ लाख २९ हजारमा सीमित भएका छन्। त्यस्तै, नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ताको संख्या एक हजार ४ सय २४ ले घटेर २ लाख ८७ हजार एक सय ९० मा सीमित भएको छ।

मोबाइल प्रयोगकर्ताको संख्या पनि करिब ६ प्रतिशतले घटेको छ। चैतमा कुल ३ करोड ५८ लाख ९१ हजार ७ सय १९ मोबाइल प्रयोगकर्ता रहेकोमा वैशाखमा यस्तो प्रयोगकर्ताको संख्या २० लाख ५४ हजारले घटेको हो।

वैशाखमा मोबाइल प्रयोगकर्ताको संख्या ३ करोड ३८ लाख ३७ हजार ५ सय १३ रहेका छन्।

स्मार्ट टेलिकमको लाइसेन्स भने रद्द भएको कारण पनि यो संख्या धेरै देखिएको हो। यसअघि २४ लाख १९ हजारले यो सीम राखेर मोबाइल प्रयोग गर्दै आएका थिए।

तर, नेपाल टेलिकम (एनटिसी) र एनसेलको समेत कुल २ लाख १० हजारभन्दा बढी सीम प्रयोग घटेको छ।

वैशाखका टेलिकमको सीम प्रयोग गर्ने मोबाइल धारकको संख्या एक लाख ९२ हजार ८ सय ५३ ले घटेर २ करोड ३ लाख ६४ हजार ७१७ मा सीमित भएको हो। टेलिकमको सिडिएमए र जिएसएम सीम प्रयोगकर्ताको संख्या चैतमा २ करोड १ लाख ७१ हजार ८ सय ६४ थियो।

एनसेलको सीम प्रयोग गर्ने मोबाइल धारकको संख्या १७ हजार ३ सय ८२ बाट घटेर एक करोड ३४ लाख ७२ हजार ७९६ छ।

अर्थतन्त्रमा आएको सुस्तता, युवाहरूको बढ्दो विदेश पलायन लगायतको कारण एकै महिनामा मोबाइल र इन्टरनेट प्रयोगकर्ताको संख्या धेरैले घटेको हो।

सेताेपाटी पाेस्ट बाट

  • ६ भाद्र २०८०, बुधबार १०:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU