सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

२८ खर्ब नाघ्यो सार्वजनिक ऋण, ६ महिनामा थपियो १ खर्ब ३२ अर्ब

काठमाडौँ  ७ माघ । ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्मको प्रतिवेदनले यस्तो देखाएको हो ।

असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको थियो । यो ऋण अहिले २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ रहेको पुगेको छ ।   यस अनुसार ६ महिनाको अवधिमा मात्रै सरकारको ऋण दायित्वमा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थपिएको छ । यसरी हेर्दा ६ महिनाको अवधिमा कुल ऋण ४.९५ प्रतिशतले वृद्धि भएको छ ।

पुसको एक महिनामै ३६ अर्ब ४३ करोड रुपैयाँ ऋण उठाइएको छ । यसमध्ये ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ भने ६ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बाह्य ऋण प्राप्त भएको छ ।

अर्कोतिर यही अवधिमा सरकारले २० अर्ब ११ अर्ब १५ करोड रुपैयाँ ऋणको साँवा र ब्याज भुक्तानीमा खर्च गरेको छ । जसमा आन्तरिक ऋणतर्फ १७ अर्ब ४५ करोड ५४ लाख र बाह्य ऋणतर्फ २६ करोड ५६ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसरी पुस महिनामा मात्रै सरकारले भुक्तानी गरेको भन्दा १६ अर्ब ३१ करोड रुपैयाँ बढी ऋण थप गरेको देखिन्छ । नेपालको कुल ऋणमा बाह्य ऋणको हिस्सा अझै पनि बढी छ । तर आन्तरिक ऋणको भार पनि बढ्दै गएको देखिन्छ ।

पुस मसान्तसम्म रहेको कुल २८ खर्ब ६ अर्ब ३९ करोड ऋणमध्ये १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख अर्थात् ५३ प्रतिशत बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड १० लाख अर्थात् ४७ प्रतिशत आन्तरिक ऋण रहेको कार्यालयको विवरण छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४५.९५ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋणको अनुपात २१.६० प्रतिशत र बाह्य ऋणको अनुपात २४.३५ प्रतिशत रहेको छ ।

नेपालको पछिल्लो जनसङ्ख्यालाई आधार मान्दा प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ रहेको देखिन्छ ।  सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । यसमध्ये पुस मसान्तसम्ममा २ खर्ब १४ अर्ब ५५ करोड प्राप्ति भएको छ । यो वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो ।

यसमध्ये आन्तरिक ऋणतर्फ ३ खर्ब ६२ अर्बको वार्षिक लक्ष्य रहेकोमा १ खर्ब ७७ अर्ब ६६ करोड अर्थात् ४९.०८ प्रतिशत प्राप्त भएको छ । २ खर्ब ३३ अर्ब ६६ करोडको लक्ष्यमा जम्मा ३६ अर्ब ८९ करोड अर्थात् १५.७९ प्रतिशत मात्र प्राप्ति भएको छ ।

  • ७ माघ २०८२, बुधबार १७:०३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    एकै दिन साढे २० हजारले बढ्यो सुनको भाउ
    पेट्रोलमा मिसाउन योग्य इथानोल उत्पादनका लागि उत्पादकलाई आह्वान ।
    ५ हजारभन्दा बढी सरकारी कार्यालयको लेखापरीक्षण, एकै बर्षमा थपियो ८८ अर्ब बेरुजु ।

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU