सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बेईमान संचालकबाटै प्रभु बैंकमा विवादित पात्र नियुक्तिको प्रयास

काठमाडौँ २० माघ । अख्तियारको दुरुपयोग गरी सार्वजनिक संस्थाको साधन स्रोतको दुरुपयोग गर्दै आएकी प्रभु बैंक लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेले पुनः विवादित पृष्ठभुमिका पात्र सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न दबाब दिएको विषयले बैंक व्यवस्थापनदेखि समग्र बैंकिङ क्षेत्रमा चर्चा र बहस सुरु भएको छ।

महिला कर्मचारीमाथि दुर्व्यवहार तथा आफूले नेतृत्व गरेका वित्तीय संस्था र लगानीकर्ता समेतलाई  क्षति पुर्‍याएको आरोप खेपिरहेका शर्मालाई सीईओ नियुक्त गर्न लामिछानेले गरेको पहलले बैंकभित्र विभिन्न आशंका उत्पन्न भएको छ।

विश्वस्त स्रोतका अनुसार लामिछाने र शर्मा लामो समयदेखि व्यावसायिक रूपमा नजिक रहेका व्यक्ति हुन्। शर्मा तत्कालीन सनराइज बैंकको सीईओ हुँदा लामिछानेलाई कर्जा प्रदान गरिएको थियो, जुन अझै पूर्ण रूपमा चुक्ता गरिएको छैन। सोहि समयदेखि कै निकटतम सम्बन्धका कारण लामिछानेले उनलाई सीईओ नियुक्त गर्न जोडबल गरिरहेको आशंका गरिएको छ।

यसैक्रममा लामिछानेले बैंकका बोर्ड सदस्यहरु तथा अध्यक्ष किशोरजंग कार्कीलाई पनि सहमत गराउने प्रयास गरेको स्रोतको दाबी छ। साथै, राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पनि यस प्रक्रियामा सकारात्मक भूमिका खेलेको चर्चा छ। शर्मा र पौडेलबीच व्यक्तिगत सम्बन्ध रहेको र उनैलाई सीईओ नियुक्तिका लागि गभर्नरबाटै निर्देशन आएको भन्ने दाबी समेत गरिएको छ।

बैंकभित्र उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा आन्तरिक रूपमा समाधान खोज्नुपर्ने माग चौतर्फी रुपमा उठिरहेका बेला विवादित व्यक्तिलाई व्यवस्थापकीय नेतृत्वमा ल्याउने प्रयास भएपछि बैंकका अन्य कर्मचारीहरुले समेत आपत्ति जनाएका छन्।

विवादित संचालक लामिछानेले किन शर्मालाई नियुक्त गर्न जबर्जस्ति गर्दैछिन् भन्ने प्रश्नमा बैंकका एक अधिकारीले भने, “आफ्नो नाममा कर्जा लिन नमिल्ने भएकाले लामिछानेले विभिन्न व्यक्ति तथा कम्पनीमार्फत कर्जा लिएकी छन्। केही कर्जाको ब्याज समेत नियमित रूपमा भुक्तानी नभएको र कर्जा खराब भएको अवस्था छ। ती कर्जा व्यवस्थापन सहज बनाउन पनि लामिछाने आफू अनुकूलका व्यक्तिलाई सिईओ बनाई ल्याउन खोजिएको हुनसक्छ।”

यता लामिछानेले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेकी छन् ।

लामिछानेले बैंकको संचालक हुँदा र नहुँदा समेत आफ्नै छोरा सुवास शर्माका नाममा सरस्वती इभेन्ट्स नामको कम्पनी खोली सन् २०१९ देखि नियमित रुपमा मासिक ५ लाख रुपैयाँ लिँदै आएकी छन्।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका नम्बर (६) मा भएको सँस्थागत सुशासन सम्बधि व्यवस्थाको (५) मा पदको दुरुपयोग गर्न नहुने व्यवस्थाअनुसार-‘ सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन । इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक र निजका परिवारले समेत निज बहाल रहेको इजाजतपत्रप्राप्त संस्थासँग कारोबार गर्दा पारिवारिक सम्बन्धलाई जोड्न पाइने छैन । परिवारको विवरण खुलाई त्यस्ता परिवारले इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा लिने भएमा सो सम्बन्धी छलफल र निर्णयमा भाग लिन पाइने छैन । साथै, सामानहरुको खरिद बिक्री गर्दा सेयर लगायत अन्य प्रत्याभूतिहरुको कारोवारमा प्राथमिकता पाउन वा दिनका लागि पदको उपयोग गर्न पाइने छैन । यसैगरी सुन, चाँदी, विदेशी विनिमय र विदेशी सुरक्षणपत्रहरुको सट्टापट्टा गर्दा पदीय प्रभाव पार्न पाइने छैन।’

यस सम्बन्धमा राष्ट्र बैंकले अविलम्ब छानबिन गरि आर्थिक अपचलन गर्ने संचालक या व्यवस्थापक जो कोहि भएपनि त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याईने र दोषी भेटिए संचालक समितिबाटै हटाईने बताएको भए पनि राजनीतिक साँठगाँठ मिल्दा उनीमाथी अझैसम्म कारबाही भएको छैन।

अघिल्लो पटक संचालक हुँदा पनि नियामकिय निर्देशन उलंघन गर्दै आएकी लामिछाने पटक- पटक नेपाल राष्ट्र बैंकको कारबाहीमा परिसकेकी छन्।

अख्तियारको दुरुपयोग र आर्थिक अनियमिताको बिषय सार्वजनिक भएपछि लामिछानेले उक्त अनलाइन पोर्टल आफ्नो नभई छोरा सुवास शर्माको भएको र छोरासँग डिभोर्स भएको बताउँदै आएकी छन्।

  • २० माघ २०८२, मंगलवार ०९:२१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    एकै दिन साढे २० हजारले बढ्यो सुनको भाउ
    पेट्रोलमा मिसाउन योग्य इथानोल उत्पादनका लागि उत्पादकलाई आह्वान ।
    ५ हजारभन्दा बढी सरकारी कार्यालयको लेखापरीक्षण, एकै बर्षमा थपियो ८८ अर्ब बेरुजु ।

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU