सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

माघ २२ गतेदेखि फागुन ३ गतेसम्म पुनर्वास मा बृहत सांस्कृतिक महोत्सव हुने

धनबहादुर बिक, पुनर्वास ५ माघ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म दोस्रो बृहत सांस्कृतिक महोत्सव हुने भएको छ ।


हाम्रो पुनर्वास राम्रो पुनर्वास भन्ने मुल नारा सहित पुनर्वास उधोग वाणिज्य संघको आयोजनामा पुनर्वासको ६५ बिगाहा क्षेत्रमा महोत्सव को आयोजना हुन लागेको हो ।
सोमबार पुनर्वास उधोग वाणिज्य संघ को कार्यालय मा पत्रकार सम्मेलन को आयोजना गरि आयोजकले महोत्सव को बिषयमा विस्तृत जानकारी गराएको छ ।


पुनर्वासको पर्यटन विकास , धार्मिक तथा आर्थिक समृद्धि का निम्ति तथा पुर्वाधार विकास लागि पुनर्वास मा सांस्कृतिक महोत्सव को आयोजना गर्न लागेको पुनर्वास उधोग वाणिाज्य संघका अध्यक्ष राजकुमार रायमाझीले जानकारी दिए ।
यस क्षेत्र को प्रमुख पर्यटकीय क्षेत्र पुनर्वास ९ को प्याराताल , पुनर्वास ४ मा रहेको धार्मिक मन्दिर कोटिहोम , पुनर्वास ८ मा रहेको श्रीनिवास दिव्यधाम , पुनर्वास १ मा रहेको थारू संघ्रालय , विभिन्न धार्मिक मठ मन्दिर , चर्च , गुम्बा लगायत पुनर्वासको पहिचान झल्काउने तथा विभिन्न भेषभुषा सहितको बिषय हरू महोत्सवमा प्रस्तुत गरिने अध्यक्ष रायमाझीले बताए ।

४० देखि ४५ लाख रकम खर्च लाग्ने अनुमान गरिएको महोत्सवको मुख्य आएश्रोत टिकट बिक्री , स्टल बाट उठ्ने रकम र व्यापारीक बिज्ञापन रहनेछ भने महोत्सव सञ्चालन का निमित्त मुख्य प्रबर्द्धन का लागि पुनर्वास नगरपालिकाले समेत आर्थिक व्यवस्थापन गर्ने अध्यक्ष रायमाझीले बताए ।
१२० देखि १५० वटा सम्म स्टल को व्यवस्थापन गरिने पनि आयोजकले जनाएको छ ।
महोत्सव सञ्चालनका लागि पुर्व अनुभव नभएपनि अन्य शहरहरूमा महोत्सव सञ्चालन गर्दै आएका विभिन्न व्यक्ति तथा संघसंस्था संग समन्वय गरि पुनर्वासमा आयोजना हुन लागेको महोत्सव लाई सभ्य र भब्य संग सफल गराईने संघका निवर्तमान अध्यक्ष कृष्णबहादुर तामाङले बताए ।
यद्यपि स्टल बिक्री दर मा अन्य क्षेत्र को महोत्सव भन्दा केही कम शुल्क लगाईने तथा स्थानीय कृषि प्रबर्द्धन लाई टेवा दिने उदेश्य ले स्थानीय कृषकले उत्पादन गरेको उत्पादक लाई प्रोत्साहन गर्ने उदेश्य ले निशुल्क स्टलको व्यवस्था समेत मिलाईने तामाङले बताए ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष भरतबहादुर बिष्टले पुनर्वास मा उधोग वाणिाज्य संघको भुमिका को बिषयमा चर्चा गर्दै , विगतमा संघले पुनर्वासको हरेक गतिविधिमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको थियो तर पछिल्लो समय स्थानीय सरकार स्थापना पश्च्यात संघलाई भुमिकाविहिन बनाईयो , सोही बिषयलाई मध्येनजर गरि पुनर्वासको पहिचान र पुनर्वासको समग्र विकासका निमित्त महोत्सवको आयोजना गर्न लागेको बिष्टले बताए ।
यो महोत्सव ले पुनर्वास लाई राष्ट्रियअन्तर्राष्ट्रियस्तर सम्म परिचित गराउने बिस्वास लिएको पनि बिष्टले जोड दिए ।
करिब ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कलाकार संगै चर्चित राष्ट्रिय कलाकार हरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन ।
२०६७ सालमा पुनर्वास मा पहिलो महोत्सव भएको थियो भने करिब १५ बर्षपछि दोस्रो पटक महोत्सव हुने खबरले पुनर्वासी हरू हर्षित भएका छन ।

  • ५ माघ २०८२, सोमबार २०:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU