५ हजारभन्दा बढी सरकारी कार्यालयको लेखापरीक्षण, एकै बर्षमा थपियो ८८ अर्ब बेरुजु ।

ताराबहादुर भण्डारी २ जेठ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय तहमा बेरुजु रकम उच्च रहेको तथा राजस्व प्रशासन प्रभावकारी बन्न नसकेको उल्लेख गरिएको छ। नेपालको संविधानको धारा २४१ अनुसार संघीय र प्रदेश सरकारका कार्यालय, स्थानीय तह तथा संघीय कानुनद्वारा तोकिएका संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा लेखापरीक्षण गर्ने संवैधानिक व्यवस्था रहेको छ। महालेखा परीक्षकको कार्यालयले चालु वर्ष ५ हजार ५२६...

बाढीको त्रासलाई समृद्धिको अवसरमा बदल्दै कैलालीका किसान

रन्जना बिसी, कैलाली २२ बैसाख । कैलालीको दक्षिण पूर्वी भेगका किसानका लागि वर्खा सधौं त्रास बनेर आउँथ्यो । असारमा पसिना बगाएर रोपेको धान भदौ र असोजको बाढीले एकै रातमा सखाप पारिदिन्थ्यो । मेहनत मोहना, कान्द्रा, काँढा र पथरैया नदीको भेलमा मिसिएपछि यहाँका किसानको चुलो बल्न धौ धौ हुन्थ्यो । तर अहिले परिस्थिति बदलिएको छ । बाढीसँग लड्न नसके पनि कैलालीका किसानले समयसँग सम्झौता गरेका छन् । अर्थात् बाढी आउनुअघि नै...

सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघ्यो

काठमाडौं २ बैसाख । नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । सो वृद्धिपछि सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बुधबार २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार...

भक्तपुर औद्योगिक मेलामा तीन दिनमै २० हजार दर्शक

भक्तपुर २९ चैत्र । भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा तीनदिनमै करिव २० हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले सो जानकारी दिएका हुन् । उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने उदेश्यले १२ बर्षअधिदेखि मेला आयोजना हुँदै आएको अध्यक्ष महतको भनाई छ । मेलामा स्थानीय उत्पादनदेखि, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्दै आएको अध्यक्ष महतले जानकारी...

अर्थमन्त्रीको पहिलो निर्णयः राजश्व अनुसन्धान विभाग खारेजदेखि १५ ऐन खारेजी प्रकृयामा

काठमाडौ १३ चैत्र । अर्थमन्त्रीको सपथ खाएलगतै अर्थ मन्त्रालयको पदभारग्रहण गरेका डा.स्वर्णीम वाग्लले राजश्व अनुसन्धान विभाग खारेजीदेखि १५ वटा ऐन खारेज गर्ने प्रकृया अघि बढाउने निर्णय गरेका छन्। पदभार ग्रहण गर्दै अर्थमन्त्री डा.वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले आयोगको सिफारिस बमोजिम राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको...

पाथिभरा मन्दिर र आसपासको क्षेत्रमा हिमपात

ताप्लेजुङ ७ चैत्र । ताप्लेजुङ स्थित शक्तिकी देवी पाथिभरा मन्दिर र आसपासको क्षेत्रमा हिमपात भएको छ । बाक्लो हिउँका कारण दर्शनार्थीलाई यात्रा असहज भएको छ । सेताम्मे हिलले त्यहाँ पुग्ने हरूलाई फरक खुसीको अनुभूति पनि प्रदान गरेको छ । पाथीभरा क्षेत्रमा जब हिउँ पर्छ सो क्षेत्रमा जाने धार्मिक पर्यटकहरूको घुइँचो नै लाग्ने गरेको छ । ...

बेईमान संचालकबाटै प्रभु बैंकमा विवादित पात्र नियुक्तिको प्रयास

काठमाडौँ २० माघ । अख्तियारको दुरुपयोग गरी सार्वजनिक संस्थाको साधन स्रोतको दुरुपयोग गर्दै आएकी प्रभु बैंक लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेले पुनः विवादित पृष्ठभुमिका पात्र सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न दबाब दिएको विषयले बैंक व्यवस्थापनदेखि समग्र बैंकिङ क्षेत्रमा चर्चा र बहस सुरु भएको छ। महिला कर्मचारीमाथि दुर्व्यवहार तथा आफूले नेतृत्व गरेका वित्तीय संस्था र लगानीकर्ता समेतलाई  क्षति पुर्‍याएको आरोप खेपिरहेका शर्मालाई सीईओ नियुक्त गर्न लामिछानेले गरेको पहलले...

२८ खर्ब नाघ्यो सार्वजनिक ऋण, ६ महिनामा थपियो १ खर्ब ३२ अर्ब
-उमीद बागचन्द

काठमाडौँ  ७ माघ । ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्मको प्रतिवेदनले यस्तो देखाएको हो । असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको थियो । यो ऋण अहिले २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ रहेको पुगेको छ ।   यस अनुसार ६ महिनाको अवधिमा मात्रै सरकारको ऋण दायित्वमा १...

माघ २२ गतेदेखि फागुन ३ गतेसम्म पुनर्वास मा बृहत सांस्कृतिक महोत्सव हुने
-उमीद बागचन्द

धनबहादुर बिक, पुनर्वास ५ माघ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म दोस्रो बृहत सांस्कृतिक महोत्सव हुने भएको छ । हाम्रो पुनर्वास राम्रो पुनर्वास भन्ने मुल नारा सहित पुनर्वास उधोग वाणिज्य संघको आयोजनामा पुनर्वासको ६५ बिगाहा क्षेत्रमा महोत्सव को आयोजना हुन लागेको हो । सोमबार पुनर्वास उधोग वाणिज्य संघ को कार्यालय मा पत्रकार सम्मेलन को आयोजना गरि आयोजकले महोत्सव को बिषयमा विस्तृत जानकारी गराएको छ । पुनर्वासको...

जडीबुटी र अन्नवाली उत्पादनका लागि महत्वपुर्ण स्थान “जोरायल गाउँ”
-उमीद बागचन्द

जोरायल ५ माघ । डोटी जिल्लाको पहाडी भूभागमा रहेको जोरायल गाउँपालिका जैविक विविधता, जडीबुटी र अन्नवाली उत्पादनका लागि निक्कै महत्वपुर्ण मानिन्छ । जोरायल गाउँको महत्व झल्काउँदैछन, जोरायल गाउँका एक किसान बमबहादुर साउद उनले जोरायलमा उत्पादन भएको जैविक अन्नवाली संरक्षण, संकलन र विक्रि बितरणको वातावरण श्रृजना गरेर । महत्वपुर्ण हुँदा हुँदै पनि वसगतमा बेवास्ता गरिएका अन्नवालीहरूको गाउँमा पहिचान र संरक्षण गरी बिक्रि बितरण गर्ने वातावरण बमबहादुरले श्रृजना गरेका  थिए...