तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
-उमीद बागचन्द

काठमाडौं २ कार्तिक । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १०...

मध्यरातदेखि घट्यो पेट्रोलको मूल्य, अब कति ?
-उमीद बागचन्द

काठमाडौं ३० असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। बुधवार मध्यरातदेखि लागु हुने गरी पेट्रोलको मूल्य दुई रुपैयाँले घटाइएको निगमले जनाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् रहेको छ। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८:५० रुपैयाँ, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५८:५० रुपैयाँ‚ सुर्खेत र दाङमा १६० रुपैयाँ र काठमाडौँ,...

हजार र पाँचसयका नोट प्रतिबन्ध गर्ने कुनै छलफल भएको छैनः अर्थमन्त्री खनाल
-उमीद बागचन्द

मोरङ ८ असोज । अर्थमन्त्री रामेश्वर खनालले एक हजार र ५ सय रुपैयाँ नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै अर्थमन्त्री खनालले तत्कालका लागि हजार र पाँच सय रुपैयाँका नोटबारे कुनै छलफल नभएको बताएका हुन् । साथै एक प्रश्नको जवाफमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको...

जलविद्युतलाई बत्ती बालेपछि मात्रै आइपीओमा जानदिने सुझाव मात्र हो, कानुन नबन्दै रोक्न मिल्दैन : अर्थमन्त्री खनाल
-उमीद बागचन्द

काठमाडौं ७ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जलविद्युत कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओ अनुमति दिन उचित हुने सुझाव दिइएको भएपनि कानुन नबन्दै अनुमति रोक्न नमिल्ने बताएका छन् । सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री खनालले जलविद्युत कम्पनीको आईपीओ जारी गर्ने सम्बन्धमा थप कानुन नबन्दै निवेदन दिइसकेका कम्पनीको आईपीओ नमिल्ने बताएका हुन् । उक्त भेटमा जलविद्युत कम्पनीहरुको धितोपत्रको निष्काशन तथा बिक्रीका सम्बन्धमा कुरा गर्दै इप्पानका अध्यक्ष गणेश...

काउली बोकेको पिकअपमा ३३४ किलो गाँजा बरामद
-उमीद बागचन्द

रौतहट ५ असोज । रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका–८ मोतीपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३–०१–०२२ च १८६१  बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा...

नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’
-उमीद बागचन्द

भोजपुर २० भाद्र । हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुर्ख्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ । होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वका...

भिजिट भिसा वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयको सरोकारको विषय होइन’: महानिर्देशक भट्टराई
-उमीद बागचन्द

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भ्रमण भिसामा विदेश जाने विषय श्रम मन्त्रालय र यसअन्तर्गतका निकायहरूको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका छन्। शुक्रबार विभागमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भ्रमण भिसा लिएर विदेश जाने व्यक्तिहरूसँग मन्त्रालय वा मातहतका निकायको कुनै सम्बन्ध नरहने बताए। उनले भने, “भ्रमण भिसा अध्यागमन विभागको क्षेत्राधिकारभित्र पर्छ। हाम्रो मन्त्रालय र विभागको सरोकार केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने...

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन
-उमीद बागचन्द

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्। दुबै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए। सो अवसरमा आयोजना अन्तर्गतको ‘युनिट–२’को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षरोपण पनि गरेका थिए । उर्जामन्त्री खड्काले नेपालका...

अर्थतन्त्रमा देखिएका समस्या खोज्न सरकारले थाल्यो संवाद, कहाँ मिलेन तालमेल?
-उमीद बागचन्द

अर्थतन्त्रमा देखिएका समस्या र तिनको समाधानको बाटो खोज्न सरकारले छलफल सुरू गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न सोमबार अन्तरनिकाय छलफल डाकेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबारको छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने छ। बैठक दिउँसो साढे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ। विगतमा सरकारले गरेको प्रतिबद्धता, त्यसको...

‘खल्लो हुन्छ दसैं, राम्ररी नमनाएको त १५ वर्षै भयो’
-उमीद बागचन्द

दिलबहादुर सुनार (राजु) लाई यसपालि दसैं मनाउने बिदा मिलेन। उनले राम्ररी दसैं मनाउन नपाएको १५ वर्ष भयो। उनी परदेशी भएको पनि त्यति नै वर्ष बिते। दसैं हिन्दु नेपालीहरूका लागि परिवारको मिलन हुने पर्व हो। जति नै टाढा भए पनि दसैंमा पारिवारिक जमघटका लागि घर फर्किने र रमाइलो गर्ने चलन छ। तर परदेशी भएयता राजुका धेरै दसैं खल्लो भएका छन्। सन् २००९ मा कतार गएका उनले यसबीच दुईपटक मात्रै घरपरिवारसँगै दसैं मनाउन पाए। ‘परिवार र आफन्तको सम्झना...