हजार र पाँचसयका नोट प्रतिबन्ध गर्ने कुनै छलफल भएको छैनः अर्थमन्त्री खनाल
मोरङ ८ असोज । अर्थमन्त्री रामेश्वर खनालले एक हजार र ५ सय रुपैयाँ नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै अर्थमन्त्री खनालले तत्कालका लागि हजार र पाँच सय रुपैयाँका नोटबारे कुनै छलफल नभएको बताएका हुन् ।
साथै एक प्रश्नको जवाफमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको पनि स्पष्ट पारे ।
भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया