धनबहादुर बिक, पुनर्वास – २९ मंसिर । कञ्चनपुरको पुनर्वास मा रहेको भागेश्वर सुगर एण्ड केमिकल ईन्डस्ट्रिज ले उखु क्रसिङ गर्नु सुरु गरेको छ । मंसिर १८ गते पुनर्वास का सयौंको सङ्ख्या मा रहेका उखु किसानहरूको उपस्थितिमा डोंगा पुजा गरि यस बर्षको क्रसिङ सुरु भएको हो । मिलका प्रबन्धक डम्बरबहादुर खड्का का अनुसार सिजनभरि करिब २५ लाख कुन्टल उखु क्रसिङ गर्ने लक्ष्य रहेको बताएका छन । पुजा पश्च्यात सयौंको सङ्ख्या मा...
काठमाडौँ २४ कार्तिक । हिमालयन बैंक लिमिटेडमा झण्डै २२ दिनदेखि मोबाइल बैंकिङ बन्द छ । केही दिनअघि मात्रै चेकबुकलगायतका केही सेवा सुचारु गरिए पनि नयाँ सिस्टम अपग्रेड गर्ने नाममा ग्राहकलाई दुःख दिने काम गरिएको छ । हजारौं ग्राहकहरु मोबाइल बैंकमै आफ्नो सम्पूर्ण ब्यवसायिक काम गरिरहको अवस्थामा सेवा ठप्प हुँदा आक्रोशित छन् । बैंकले सुरुमा एक हप्ताका लागि सेवा रोकिने बताए पनि पछि २२ दिनभन्दा पहिले देखि मोबाइल बैंकिङ ठप्प छ...
काठमाडौं २ कार्तिक । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १०...
काठमाडौं ३० असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। बुधवार मध्यरातदेखि लागु हुने गरी पेट्रोलको मूल्य दुई रुपैयाँले घटाइएको निगमले जनाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् रहेको छ। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८:५० रुपैयाँ, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५८:५० रुपैयाँ‚ सुर्खेत र दाङमा १६० रुपैयाँ र काठमाडौँ,...
मोरङ ८ असोज । अर्थमन्त्री रामेश्वर खनालले एक हजार र ५ सय रुपैयाँ नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै अर्थमन्त्री खनालले तत्कालका लागि हजार र पाँच सय रुपैयाँका नोटबारे कुनै छलफल नभएको बताएका हुन् । साथै एक प्रश्नको जवाफमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको...
एएफपी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ-उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन्। दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राजधानीको मुटुमै आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाएपछि दुवै नेताले दियाओयुताई राज्य अतिथि गृहमा औपचारिक भेट गरेका हुन् । क्रेमलिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुटिन र किम एउटै कारमा औपचारिक स्वागतदेखि वार्ता स्थलसम्म सँगै पुगेको उल्लेख गरेको छ । उत्तर कोरियाली सैनिकको प्रशंसा बैठक सुरु हुँदा पत्रकारहरूलाई...
नेपालको संवैधानिक व्यवस्था अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको सङ्घीय बजेट सार्वजनिक गर्नुभयो । गत जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत यो बजेट संसद्बाट पारित पनि भइसकेको छ । यसै गरी मुलुकभरिका सात वटा प्रदेश सरकारले पनि आआफ्नो बजेट असार १ गते जारी गरिसकेका छन् र तत् प्रदेशसभाबाट पारित पनि भइसकेको छ । यस अतिरिक्त, केही अपवादलाई छोडेर ७५३ वटा...
काठमाडौं । नेपाल आयल निगमले छ अर्ब ५० करोड लागतमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तर्राष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण तयारी अघि बढाएको हो । त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, पूल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बिहीबार...
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको शैक्षिक योग्यताका विषयमा गम्भीर प्रश्न उठेको छ । राष्ट्र बैंक ऐनमा निश्चित विषय नै तोकेर कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने प्रस्ट उल्लेख भएपनि पौडेलले ती कुनै पनि विषयमा स्नातकोत्तर गरेका छैनन् । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको शैक्षिक योग्यताका विषयमा गम्भीर प्रश्न उठेको छ । राष्ट्र बैंक ऐनमा निश्चित विषय नै तोकेर कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने प्रस्ट उल्लेख भएपनि पौडेलले...
धनगढी ८ श्रावण । धनगढी उपमहानगरपालिका-८ बस्ने रामचन्द्र गिरी कागती खेतीमा जमेका छन् । आजभोलि गिरीको दिनचर्या कागतीका बोट स्याहार्न, हुर्काउनमै जाने गर्दछ । ‘परिश्रमको फल मीठो हुन्छ जति मेहनत गर्यो त्यतीनै फल दिन्छ’ उनले भने ‘मेरो दिनचर्या यसैमा बितेको छ । ७ बर्ष जति भयो,म यसै खेतीमा रमेको छु ।’ उनले भने ‘बर्षभरी नै उत्पादन भइराख्ने कागती खेतीबाट खर्च कटाएर वार्षिक ४ लाख ८० हजार बचत गर्दछु ।’ धनगढी-९ मा...

