काठमाडौं ३१ असार । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ...
भक्तपुर ९ असार । भक्तपुर उद्योग वाणिज्य सङ्घले किर्ते काम गरेर बजेट पचाउने काम गरेको छ । जसको साक्षी नेपाल मजदुर किसान पार्टीका सांसद बस्न गएका छन् । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना एवं उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर नगरपालिका वडा नम्बर १० स्थित स्टार बैकिटमा कमलविनायकमा असार ६ देखि ८ सम्म भक्तपुर औद्योगिक प्रवर्धन व्यापार मेला आयोजना गरिएको थियो । असार ६ गते देखि ८ गते सम्म...
कञ्चनपुर ४ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित श्री ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आज बुधबार मौरी पालन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम डिभिजन वन कार्यालय कञ्चनपुर तथा सव डिभिजन वन कार्यालय वाणीको संयुक्त आयोजनामा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणको उद्देश्यसहित सञ्चालन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिनारी ठाकुर रहेका थिए। विशिष्ट अतिथिका रूपमा प्रदेशसभा पूर्वसदस्य, ग्वालावारी सामुदायिक वनका संस्थापक अध्यक्ष...
काठमाडौं २ असार । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ। त्यसैगरी डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ। वृद्धि भएको मूल्य राति १२ बजेबाट लागू भएको निगमले जनाएको छ । ...
हिम स्टार ऊर्जा कम्पनीको आईपीओ शुक्रबारदेखि आवेदन खुल्यो। पहिलो चरणमा प्रभावित र वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूका लागि खुल्नेछ। कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्ने योजना बनाएको छ। काठमाडौं ३० जेष्ठ । आज शुक्रबारदेखि हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन खुलेको छ ।पहिलो चरणमा कम्पनीको आईपीओ वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि खुलेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट भएपछि मात्रै सर्वसाधारणका लागि खुल्ने छ...
काठमाडौं २७ जेष्ठ । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चुनौतिलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताए । मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दवावमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै उनले जिम्मेवार निकायमा बसेकाहरूले समस्याको वर्णन नभइ समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने धारणा राखे। अर्थमन्त्री पौडेलले...
काठमाडौं २२ जेष्ठ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला दुई...
काठमाडौं १५ जेष्ठ। सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको छैन । तर महंगी भत्ताका रुपमा सबै कर्मचारीलाई मासिक ५ हजारका दरले दिने व्यवस्था गरेको छ । उक्त भत्ता यही साउनदेखि लागू हुने पनि जनाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यो व्यवस्था मिलाएको घोषणा गरेका हुन् । ...
काठमाडाैं १३ जेष्ठ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको इप्पान डेप्लपर्स मिट २०२५ सम्पन्न भएको छ । ऊर्जा मन्त्रालय र यससँग सम्वद्ध निकायका अधिकारीहर तथा ऊर्जा उत्पादन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनीधिहरुलाई एकै थलोमा भेला गरेर अवसर र समाधानबारे प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यले एमए डब्लू समूहको सहयोगमा आयोजित मिट सोमबार साँझ सम्पन्न भएको हो । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री दीपक खड्का, ऊर्जा सचिव शुरेस आचार्य,...
नेपाल हाल गम्भीर आर्थिक संकटको चपेटामा परेको छ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि सार्वजनिक गरेको बजेटले प्रारम्भमा केही आशा देखाए पनि वर्षको मध्यसम्म आइपुग्दा बजेट कटौतीको घोषणा हुनु स्वयं मुलुकको वित्तीय अनुशासन, नीतिगत स्पष्टता र संरचनागत क्षमतामाथि गम्भीर प्रश्न खडा भएको हो । सरकारी खर्चको चरम असन्तुलन, राजस्व सङ्कलनमा कमजोरी, पुँजीगत खर्चको न्यून उपयोग र राजनीतिक हस्तक्षेपका कारण नेपालले स्थायित्वतर्फको यात्रा अझै प्रारम्भ गर्न सकेको छैन । सरकारले...

