काठमाडौँ १७ जेठ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ १५ गते सुन...
खेम राज खनाल, काठमाडौँ ५ जेठ । सरकारले पेट्रोलमा मिसाउन योग्य इथानोल उत्पादनका लागि उत्पादकलाई आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गरी नेपाल आयल निगमले उल्लेख गरेअनुसारको गुणस्तर र विधिअनुसारको इथानोल खरिद गर्ने भएकाले सोही बमोजिम उत्पादन र आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकहरूले निगममा निवेदन दिन भनेको छ। निगमले इथानोल उत्पादनका लागि आवश्यक कच्चा पदार्थबारे स्पष्ट जानकारी गराएको छ। उत्पादकले इथानोल बनाउन चिनी उद्योगबाट प्राप्त हुने खुदो...
ताराबहादुर भण्डारी २ जेठ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय तहमा बेरुजु रकम उच्च रहेको तथा राजस्व प्रशासन प्रभावकारी बन्न नसकेको उल्लेख गरिएको छ। नेपालको संविधानको धारा २४१ अनुसार संघीय र प्रदेश सरकारका कार्यालय, स्थानीय तह तथा संघीय कानुनद्वारा तोकिएका संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा लेखापरीक्षण गर्ने संवैधानिक व्यवस्था रहेको छ। महालेखा परीक्षकको कार्यालयले चालु वर्ष ५ हजार ५२६...
चालु आवको पहिलो नौ महिनाको राजस्व असुलीलाई नियाल्दा मूल्य अभिवृद्धि करतर्फ दुई खर्ब ६१ अर्ब ४२ करोड रुपियाँ असुली भएको छ । यसै गरी आयकरतर्फ दुई खर्ब १५ अर्ब ९१ करोड रुपियाँ असुली भएको छ । यस अतिरिक्त भन्सार महसुलतर्फ एक खर्ब ७८ अर्ब ५७ करोड रुपियाँ असुली भएको छ । साथै अन्तःशुल्कतर्फ एक खर्ब २३ अर्ब ९८ करोड रुपियाँ मात्रै असुली भएको छ । यहाँ प्रश्न उठ्छ, के...
काठमाडौं २३ वैशाख । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्यमा प्रतितोला पाँच हजार ८०० बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८०० कायम भएको छ । मंगलबार उक्त परिणामको सुन दुई लाख ९१ हजारमा कारोबार भएको थियो । यस्तै मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला चार हजार ८८०...
रन्जना बिसी, कैलाली २२ बैसाख । कैलालीको दक्षिण पूर्वी भेगका किसानका लागि वर्खा सधौं त्रास बनेर आउँथ्यो । असारमा पसिना बगाएर रोपेको धान भदौ र असोजको बाढीले एकै रातमा सखाप पारिदिन्थ्यो । मेहनत मोहना, कान्द्रा, काँढा र पथरैया नदीको भेलमा मिसिएपछि यहाँका किसानको चुलो बल्न धौ धौ हुन्थ्यो । तर अहिले परिस्थिति बदलिएको छ । बाढीसँग लड्न नसके पनि कैलालीका किसानले समयसँग सम्झौता गरेका छन् । अर्थात् बाढी आउनुअघि नै...
काठमाडौं ३ बैसाख । नेपाल आयल निगमले आजबाट लागू हुने गरि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको छ भने पेट्रोलको मूल्य यथावत राखेको छ । ...
काठमाडौं २ बैसाख । नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । सो वृद्धिपछि सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बुधबार २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार...
भक्तपुर २९ चैत्र । भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा तीनदिनमै करिव २० हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले सो जानकारी दिएका हुन् । उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने उदेश्यले १२ बर्षअधिदेखि मेला आयोजना हुँदै आएको अध्यक्ष महतको भनाई छ । मेलामा स्थानीय उत्पादनदेखि, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्दै आएको अध्यक्ष महतले जानकारी...
काठमाडौं २५ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएटतर्फको चुनावमा नयाँ नयाँ समिकरण देखिन थालेको छ। चैत २९ र ३० गते हुने निर्वाचनमा एसोसिएटतर्फबाट उम्मेदवारी दिएका प्रवलजंग पाण्डेको टिममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालका छोरा सचिन ढकालको इन्ट्री भएको छ। आइतबार पाण्डे नेतृत्वको टिमले उम्मेदवारी दर्ता गरेको हो। उक्त टिममा अभिज्ञा मल्ल, अम्बिकाप्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, इश्वर जिसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रियाराज रेग्मी,...

