तीजको अवसरमा बजार र मन्दिर सरसफाई
अछाम २७ भाद्र । नेपाली हिन्दु महिलाहरूको महान चाड तीजको अवसरमा सदरमुकाम मंगलसेन बजार सहित मन्दिर, धारा र चौतारीहरु सरसफाई गरिएको छ ।

‘स्वास्थ्य नै धन हो’ भन्ने मुल नाराका साथ षोडशा, शिवालय, झारपुंmगा धारा सहित बजारमा सरसफाइ गरिएको हो ।
बजार क्षेत्रमा रहेका फोहोर टिपेर एकत्रित गरिएको र मन्दिर वरिपरी रहेका झारपातहरुको व्यवस्थापन गरेर सरसफाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिनुभयो ।
सरसफाइमा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी नागरिक समाजको सहभागिता थियो ।
महिलाहरुको प्रमुख उत्सवमा बजार क्षेत्र कुरुप नदेखिओस् र स्थानीयलाई प्रेरणा दिने उद्धेश्यले सरसफाइ गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ । अछाम जिल्लामा तीजको दर खाने दिनमा खीर, ढकने र सेलरोटी, फाडो (बाक्लो दाल) भात, केरा लगायतका खाना र फलफुल खाने गरिन्छ । तीजको विस्तार हरेक गाउँसम्म पुगिसकेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया