राहत शिक्षकको शैक्षिक हड्तालले जिल्लाभर पठनपाठन प्रभावित
अछाम २६ भदौ । अछाम जिल्लामा नेपाल राहत शिक्षक संघर्ष समितिको तीन दिने शैक्षिक हड्तालका कारण पहिलो दिन अछाम जिल्लाको पठनपाठन पहिलो दिन प्रभावित भएको छ । शैक्षिक हड्तालका कारण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विद्यालय पढाइ नभएपछि घर फर्केका छन् ।

केही शिक्षक र विद्यार्थीहरु विद्यालयमा पुगेपनि कक्षा सञ्चालन नभएपछि फर्किएका छन् । ‘स्कुल लागेन, घर आइहाल्यौ, पर्सिसम्म बिदा छ रे’ सदरमुकाम मंगलसेनमा रहेको षोडशा माविमा अध्ययनरत काजल सुनारले बताइन् । नेपाल राहत शिक्षकहरुले एकमुष्ट स्थायी, शिक्षक आयोगका लागि उमेर हदबन्दी राख्न नहुने, अन्य शिक्षक र राहत शिक्षक विचको विभेद अन्त्य गर्न माग गरिएको छ ।
२०६८ मा नेपाल सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरी विद्यालय शान्ति क्षेत्र कार्यढाँचा र कार्यान्यन निर्देशिकामा विद्यालयलाई कुनै बाहनामा विद्यालयको पठनपाठन बन्द गर्न नहुने प्रावधान छ । पछिल्लो समय राजनीतिक दलका कारण अछाम जिल्लामा विद्यालय बन्द भएको पाइदैन । पहिलो दिनको शैक्षिक हड्तालमा जिल्लाका सबै विद्यालय बन्द रहेको राहत शिक्षक संघर्ष समिति संघर्ष समिति अछामका अध्यक्ष तपेन्द्र स्वारले जानकारी दिए ।
अछाम जिल्लामा करिब ५ सय विद्यालयमा ९६ हजार बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया