विद्यालय मिलानमा सहयोग गर्नुहोसः नगरप्रमुख वड
धनगढी,७ भदौं
धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले विद्यालय मिलान तथा समायोजनमा सहयोग गर्न शिक्षक र सरोकारवालाहरु संग आग्रह गरेका छन् । बिहीबार धनगढीमा आयोजिक स्थानीय सरकारका प्रतिनिधीहरु संगको शिक्षा सम्वन्धी अन्र्तक्रीया कार्यक्रममा बोल्दै स्थानीय सरकारका लागि सबै भन्दा ठूलो चुनौती विद्यालय मिलान भएको बताए । कतिपय विद्यालयमा विद्यार्थी भन्दा शिक्षक धेरै छन् स्थानीय सरकारले यस्ता विद्यालयहरुलाई मिलान गर्ने योजना बनाएको छ नगरप्रमुख वडले भने,‘आवश्यकतामा आधारीत भन्दा पनि कसैलाई जागिर खुवाउनकै लागि पनि खोलिएका छन् ।
सरकारको ठूलो लगानी शिक्षा क्षेत्रमा भएको छ नगरप्रमुख वडले भने,‘सिकाई उपलब्धी हेर्ने हो भने सानो लगानीले संचालन गरिएका निजी विद्यालयका भन्दा कमजोर छ । जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले शिक्षा क्षेत्रको अबस्था सुधार गर्नमा सबैको सकारात्मक सहयोग चाहिने बताए । उनले भने,‘विद्यालयमा छोराछोरी पठाएर मात्रै हुदैन उसले के गर्दै छ भन्ने कुराको रेखदेख पनि अभिभावकले गर्नुपर्छ । संयोजक थापाले आफ्नो सेवा सुविधाबाट अक्षय निर्माण गर्ने र त्यो विद्यालय बाहिर रहेका बालबालिकाहरुको पठनपाठनमा खर्च गर्ने बताए ।
धनगढी उप–महानगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले बिद्यालयको सिकाई उपलब्धीमा ध्यान दिनुपर्ने बताए । उनले भने,‘स्थानीयतहले सामुदायीक विद्यालयको गुणस्तर सुधार गर्ने गरि कानुन ल्याउनुपर्ने बताए । कार्यक्रम शिक्षा बिभागको आयोजनामा भएको थियो । कार्यक्रममा कैलालीका १३ वटै स्थानीयतहका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नगर तथा गाउँ शिक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया